• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ मंसिर १३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

२

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

३

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

४

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

५

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

६

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

७

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

८

तोलामा ४ हजार ८ सय घट्यो सुन

९

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१०

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

११

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

१२

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ फागुन २२, सोमबार (२ साल अघि)
    Baglung-kalika-mandir

    Advertisement

    गलकोट । गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ । बागलुङमा यसअघि बागलुङ नगरपालिका–४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधकापछि योजना अघि बढेको थिएन । अहिले बागलुङ पर्यटन विकास समिति तथा पर्यटन अभियान्ताको पहलमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । केबलकार सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार पार्नका लागि प्रारम्भिक अध्ययन थालिएको छ ।

    कालिका मन्दिर आउने भकुण्डेसम्म लैजाने र नजिकै रहेको भैरवस्थान मन्दिरको समेत दर्शन गराउने उद्देश्यले केबलकारको अवधारण ल्याइएको बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले जानकारी दिए ।

    “हामी प्रारम्भिक अध्ययनमै छौँ, अहिले प्राविधिकले पहिलो पटक यस स्थानको सर्वे गर्नुभएको छ, धेरै हिसाबले कालिका मन्दिर नजिकैबाट भकुण्डेसम्म केबलकार निर्माण गर्न सहज देखिएको छ, जुन अध्ययनले देखाएको प्राविधिकले जनाउनुभएको छ”, चोखालले भने ।

    लामो पुल हेर्ने, कालिका मन्दिर दर्शन गर्ने र बागलुङ बजार घुम्न आएका पर्यटकलाई भकुण्डे पु¥याउने र भकुण्डेलाई एउटा सांस्कृतिक गाउँका रुपमा विकास गर्न सके केबलकार चल्ने सक्ने उनको भनाइ छ । यसका लागि बागलुङ नगरपालिकाले पहल तथा स्थानीय उद्यमीले साझेदारीमा गर्नुपर्ने उनले बताए ।

    केबलकार निर्माणका लागि भकुण्डेका स्थानीय, बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति, बागलुङ नगरपालिका तथा पर्यटन व्यवसायीसँग पहिलो चरणमा छलफल सकारात्मक भएको कृष्ण केसीले जानकारी दिए ।

    उनले स्थानीय पालिकाको समन्वयमा केबलकार निर्माण गर्नसके बागलुङको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । भकुण्डे गाउँ घरबासका दृष्टिले चर्चित गाउँ हो जहाँ जिल्लाकै पहिलो घरबास अतिथि सत्कार घरबास स्थापना गरिएको थियो ।

    भकुण्डे गाउँको बराह ताल, हीरा ताल, मुलाबारी भ्यू टावर, सास्कृतिक सङ्ग्रहालय र यहाँको घरबासमा पाइने स्थानीय परिकारको स्वादका कारण यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दो भएकाले केबलकारको अवधारणा ल्याइएको छ ।

    “हामीले हालै प्रारम्भिक अध्ययन गरेका छौँ, कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार सञ्चालन गर्न सकिने देखियो, लगानीसमेत निजी क्षेत्रले उठाउँछ, सुरुमा स्थानीय पालिकाले समझदारी गर्न प¥यो”, उनले भने ।

    केबलकार निर्माणमा तत्काल डिपिआर बनाएर प्रक्रिया अगाडि बढाउन बागलुङ नगरपालिकाले तगारुकता देखाएको भन्दै उनले भकुण्डेमा पर्यटकीय विकास गर्न चालु आर्थिक वर्षमा रू २० लाख बजेट विनियोजन भएको बताए।

    कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार सञ्चालनका लागि प्राविधिक हिसाबले सफल देखिएको केबलकार नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले बताए । ढकालले एक हप्ता लगाएर गरेको प्राविधिक अध्ययनमा केबलकार सञ्चालन प्राविधिक र व्यावसायिकरुपमा दुवै रुपमा उचित देखिएको बताए । अध्ययनले केबलकार निर्माणका लागि झण्डै रु एक अर्ब ५८ करोड लाग्ने देखाएको उनको भनाइ छ ।

    केबलकारको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउनका लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

    रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन


  • Advertisement

    समाचार
  • १

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • २

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ३

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ४

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ५

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ६

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ७

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ९

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • १०

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution