• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सिभिल इञ्जिनीयरिङमा विद्यार्थीको आकर्षण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १५, मंगलबार (७ साल अघि)
    civil

    Advertisement

    रासस

    परासी ।पश्चिम नवलपरासीको सुनवल–६ विसाशयस्थित जनसेवा माध्यमिक विद्यालयले सिभिल इञ्जिनीयरिङ विषयको अध्यापन गर्न थालेपछि यस क्षेत्रका विद्यार्थीको आकर्षण बढेको छ । घर नजिकको सामुदायिक विद्यालयमै प्राविधिक शिक्षा पढ्न पाएपछि स्थानीय मात्र होइन, छिमेकी जिल्लाबाट पनि यहाँ पढ्न आउने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।
    सुनवल–१० का रविन बस्याललाई प्राविधिक शिक्षा पढ्ने ठूलो रहर थियो, नजिकमा यो सुविधा नभएकाले उनी गाउँको एक सामुदायिक विद्यालयमा पढ्दै थिए । कक्षा ९ मा भर्ना हुँदै गर्दा जनसेवा माविले प्राविधिक शिक्षाअन्तर्गत सिभिल इञ्जिनीयरिङ विषयको पढाइ सुरु गरेको जानकारी पाएपछि उनी पुरानो विद्यालय छाडेर यहाँ आए । उनी भन्छन्, “मैले खोजेकै विषय पढ्न पाउने भएपछि पहिला पढिरहेको विद्यालय छाडेर यहाँ कक्षा ९ मा भर्ना भएँ । अहिले कक्षा ११ मा पढ्दै छु, कक्षा १० उत्तीर्ण भएलगत्तै जागिरको अवसर पनि आयो । तर, पढाइलाई नै निरन्तरता दिने सोच बनाएर मैले जागिरलाई अस्वीकार गरेँ ।”

    सोही कक्षामा अध्ययनरत सुनवलकै डोल्मा लामा साथीसँग विद्यालयको प्राङ्गणमा प्रयोगात्मक अभ्यास गर्दैगर्दा भेटिइन् । “यो विषय पढेपछि व्यावहारिक जीवनमा प्रयोग पनि हुने, भविष्य उज्ज्वल हुने अनि प्रविधिसँग पनि खेल्न पाइन्छ, यो मेरो रुचिको विषय पनि हो”, उनले भनिन् ।

    भैरहवाबाट आएका इसहाक खान पनि सोही कक्षामा पढ्छन् । डेरा गरेर यो विषय पढिरहेका इसहाक पनि विद्यालयको प्रयोगात्मक कक्षमा अभ्यास गरिरहेका अवस्थामा भेटिए । उनी भन्छन्, “सामान्य विषयको पढाइले बेरोजगार बस्नुपर्ने अवस्था छ, यो विषय पढ्दा अरु विद्यार्थीभन्दा अब्बल पनि भइने, देशविदेशमा जागिरको अवसर पनि हुने दक्ष प्राविधिक जनशक्ति बन्नका लागि यो विषय रोजेको हूँ ।” सुनवलकै एक निजी विद्यालय छाडेर यसै वर्ष कक्षा ९ मा भर्ना भएकी अनिता गौतम भन्छन्, ‘इञ्जिनीयर भएर देशलाई योगदान गर्ने इच्छा छ, विसं २०७२ मा गएको भूकम्पले धेरै घर क्षति हुन पुगे, फेरि त्यस्तो क्षतिबाट बच्न हामीले भूकम्प प्रतिरोधी घर बनाउन योगदान दिन सक्छौँ । विद्यालयको पढाइ पनि राम्रो छ, रमाएर पढिरहेका छौँ ।”

    गाउँकै सामुदायिक विद्यालयमा सिभिल इञ्जिनीयरिङ विषयको पढाइ हुन थालेपछि यसतर्फ विद्यार्थीको आकर्षण बढ्दो छ । प्राविधिक शिक्षा आर्जन गर्ने रहर भएर पनि आर्थिक अभावका कारण बाहिर गएर पढ्न नसकेका विशेषगरी विपन्न समुदायका जेहेन्दार विद्यार्थी यसतर्फ बढीमात्रामा आकर्षित भएको पाइएको छ । नेपाल सरकारले विसं २०६९ देखि विद्यालय तहदेखि नै प्राविधिक शिक्षा पढाउने नीति ल्याएपछि पश्चिम नवलपरासीमा जनसेवा माध्यमिक विद्यालयले तीन वर्षदेखि सिभिल इञ्जिनीयरिङ विषयको कक्षा सञ्चालन गरिरहेको छ । जिल्लामै एक मात्र र कक्षा ९ देखि नै यो विषय पढ्न पाइने भएपछि विद्यालयमा सिभिल इञ्जिनीयरिङ विषयमा विद्यार्थीको चाप बढेको छ ।

    सरकारले तोकेको सीमित सङ्ख्यामा मात्रै भर्ना लिन पाउने भएकाले अभिभावकबाट आफ्ना छोराछोरीलाई भर्नाका लागि विद्यालयलाई दबाब पनि आउने गरेको छ । विद्यालयले ४८ विद्यार्थी मात्र एकपटकमा भर्ना लिन पाउँछ । चार विषयमा प्रवेश परीक्षा लिएर धेरै अङ्क ल्याई ‘मेरिट लिस्ट’मा पर्न सफल विद्यार्थीलाई मात्र भर्ना लिने भएकाले भनसुनका आधारमा भर्ना गर्न नसकिने विद्यालयका प्रधानाध्यापक रमेश पौडेल बताउँछन् ।

    उनी भन्छन् , “कक्षा ९ मा भर्ना भएका विद्यार्थी कक्षा १२ उत्तीर्ण हुँदासम्म ओभरसियर भइसकेका हुन्छन्, यो विषय पढेका विद्यार्थी बेरोजगार पनि बस्नु पर्दैन, देश विदेशमा इञ्जिनीयरको माग बढ्दो रहेकाले भविष्य उज्ज्वल हुन्छ ।” उनका अनुसार विद्यालयमा न्यूनतम शुल्कमा प्राविधिक शिक्षा पढ्न पाइन्छ । सरकारले विद्यालयलाई वार्षिक रु ५० लाखको दरले अनुदान दिने गरेको छ । सोही अनुदानबाट अध्यापन गर्ने शिक्षक, कम्प्युटर, ल्याबका सामग्री खरीदमा विद्यालयले खर्च गर्दछ । यस विद्यालयमा पश्चिम नवलपरासीबाहेक छिमेकी जिल्ला रुपन्देही, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मीलगायत कोठा भाडा लिएर विद्यार्थीले सिभिल इञ्जिनीयर विषय पढिरहेका छन् । अहिले यस विद्यालयमा यो विषय पढ्नेमात्रै १०० बढी विद्यार्थी छन् । विद्यालयका सिभिल इञ्जिनीयर सङ्कायका संयोजक सागर भुसालले ‘करियर’को हिसाबले आकर्षक, आर्थिकरूपमा राम्रो आम्दानी हुने र सामाजिक प्रतिष्ठा कमाउने क्षेत्र भएकाले विद्यार्थीको यसतर्फ चाप बढेको बताउँछन् ।

    उनी भन्छन्, “विद्यालयले यो विषयको पढाई सुरु गर्दा सुरुमा अभिभावकले नै बुुझेका थिएनन्, अहिले अभिभावकले नै आफ्ना सन्तानलाई यही विषय पढाउने प्रतिस्पर्धा गरिरहेका छन् । स्वदेश तथा विदेश सबै ठाउँमा सिभिल इञ्जिनीयरिङ गरेका जनशक्तिको निकै माग पनि छ ।”

    यो विषयको अध्ययनले सडक, भवन, पुललगायतको सुरक्षित निर्माणबारे विज्ञता हासिल गर्न सकिन्छ । नेपालमा अहिले सबैभन्दा बढी माग भएको र उत्पादित जनशक्ति पनि यही भएकाले यस क्षेत्रमा रोजगारीका अवसर अत्यधिक रहेको भुसालको भनाइ छ । विद्यालयले प्राविधिक शिक्षा सुरु गरेसँगै यसबाट उत्कृष्ट नतिजा ल्याउन र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, समुदाय सबैको उत्तिकै चासो र सहयोग रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम तिमिल्सिना बताउँछन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution