• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ २५, बिहिबार (३ साल अघि)
    Youwa-bidesh-palayan

    Advertisement

    चितवन। वैदेशिक रोजगारमा जाँदा सीप सिकेर जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।भरतपुरमा बुधबार भएको वैदेशिक रोजगार र वर्तमान अवस्थाको विषयमा आयोजित अन्तरक्रियामा सीप सिकेर विदेश जाँदा काम गर्न सहज हुने बताइएको हो ।सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका चितवन संयोजक सूर्यप्रसाद पौडेलले नेपालबाट दुई प्रतिशत भन्दा कम दक्ष जनशक्तिमात्रै वैदेशिक रोजगारमा जाने गरेको बताए । उनकाअनुसार करिब ७४ प्रतिशत अदक्ष र बाँकी अर्धदक्ष कामदार वैदेशिक रोजगारमा जाने गरेका छन् । वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनका लागि भरतपुरसहित चितवनका चार पालिकामा सामी परियोजना लागू भएको उनले बताए ।वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जानुपर्ने उल्लेख गर्दै पौडेलले पछिल्लो समयमा वैदेशिक रोजगारमा जानेहरुको संख्या बढ्दै जाँदा सचेत हुनुपर्नेमा पौडेलले जोड दिए । उनले वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले आफूले जानेको काममा मात्रै जाने, सीप परीक्षण तथा स्वास्थ्य परीक्षण गरेर मात्रै जाने, स्वदेशी विमानस्थल प्रयोग गरेर जानुपर्ने, सम्झौतापत्र राम्रोसँग पढेर मात्रै हस्ताक्षर गर्नुपर्ने तथा सूचिकृत वैदेशिक रोजगार कम्पनीबाटमात्रै जानुपर्नेमा पौडेलले जोड दिए ।

    सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्रले विदेशमा समस्या परेका व्यक्ति र परिवारको न्यायका लागि पैरवी गर्दै आएको उनको भनाइ छ । गन्तव्य मुलुकमा बेपत्ता भएका वा जेलमा परेका नेपाली कामदारहरूको स्थिति पत्ता लगाउन र उद्धार गर्नका लागि सम्बन्धित निकायहरु, राजदूतावास तथा सम्बद्ध संघ संस्थामा पत्राचार र अनुरोध गर्ने, वैदेशिक रोजगार सम्बन्धी ठगी मुद्दाहरूको निःशुल्क कानुनी उपचारका लागि सम्बन्धित निकायमा पहुँच बढाउन सहयोग, मृत्यु भएका र अङ्गभङ्ग भएका कामदारको हकमा सम्बन्धित निकायबाट क्षतिपूर्ति उपलब्ध गराउन आवश्यकता अनुसार सहजीकरण गर्ने जस्ता काम गर्दै आएको उनले बताए ।

    कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले वैदेशिक रोजगारीमा सबैभन्दा बढी मानिस बागमती प्रदेशबाट गएका बताए । उनले बागमती प्रदेशका जिल्लामध्ये पनि चितवनबाट र चितवनको भरतपुरबाट सबैभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि गएका अधिकारीले बताए । वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि हुँदै गर्दा यसलाई नियन्त्रण भन्दा पनि व्यवस्थित र सुरक्षित बनाउनुपर्नेमा सबैको सहयोग आवश्यक रहेको अधिकारीको भनाइ थियो ।

    मानिसहरु बाध्यता र परिस्थितिका कारण वैदेशिक रोजगारमा जाने गरेका उल्लेख गर्दै अधिकारीले वैदेशिक रोजगारीको कारण समाजमा सकारात्मक तथा नकारात्मक दुवै प्रभाव परेको बताए । वैदेशिक रोजगारीले रेमिट्यान्स भित्र्याएको भए पनि मानसिक तनाव, पारीवारिक कलहसहितका धेरै सामाजिक समस्याहरु निम्त्याएको उनको भनाइ थियो । कार्यक्रममा भरतपुर महानगरपालिका सामाजिक विकास महाशाखाकी शान्ता कुमारी पौडेलले अहिलेको परिवेश, समाजको बाध्यता र परिवार पाल्नकै लागि मानिसहरु वैदेशिक रोजगारमा जाने गरेको बताए ।भरतपुरबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको तथ्यांक संकलन गर्ने काम महानगरपालिकाले अगाडि बढाएको उनको भनाइ छ । अहिलेसम्म भरतपुरबाट १९ हजार घरधुरीका मानिसहरु वैदेशिक रोजगारीमा गएका तथ्यांक संकलन भइसकेको भन्दै तथ्यांक संकलनको काम बाँकी रहेकाले यो संख्या अझै बढ्ने पौडेलको भनाइ छ । चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा स्थानीय तहको सहकार्यमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनमा छ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution