कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका दुई ज्यामिरे चेकपोष्टले गएराति अवैध रुपमा ल्याउँदै गरेको रकेट पटाका बरामद गरेको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ च ७९१८ नम्बरको बोलेरोलाई चेकजाँच गर्दा सिटमा लुकाइछिपाइ राखिएको अवस्थामा चार थान रकेट पटाका बरामद गरेको हो ।
बोलेरो र चालकलाई समेत नियन्त्रणमा लिएर कारवाहीको प्रकृया अगाडि बढाएको इलाका प्रहरी कार्यालय दुम्किवासले जानकारी दिएको छ ।