
जाजरकोट।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई भेट्न जाँदैछन् । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका(१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर आफन्त गुमाए र घरबार गुमाएका पीडितहरूलाई भेट्न एमाले अध्यक्ष ओली आज यसतर्फ गएका हुन् ।यही मंसिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को छैटौँ दिन एमाले अध्यक्ष ओली नेतृत्वको टोली आज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूसँग भेट्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले दिए ।
आचार्यका अनुसार जाजरकोट पुगेर अध्यक्ष ओलीले भूकम्प पीडितहरूसँग अन्तरक्रिया गर्ने, भूकम्प प्रभावित क्षेत्रमा एमालेले खटाएको स्वयम् सेवक टोलीको कामका बारेमा जानकारी लिने र पुनः निर्माणका बारेमा सरोकारवालासँग अध्यक्ष ओलीले छलफल गर्ने कार्यक्रम अपराह्न भेरी नगरपालिका १ रिम्नामा तय गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१