
गैँडाकोट । सर्पले डसले नवलपुरमा एक बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नं. १२ ज्वईथर बस्ने ७ वर्षका प्रीजन कुमालको सर्पको टोकाइबाट ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बैशाख २८ गते बालकलाई आफ्नै घरको आगनमा खेल्ने क्रममा विषालु सर्पले टोकेको थियो । बालकलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले बचाउन नसकिने भनेपश्चात घरमै ल्याएर राखिएको र आज विहान बालकको ज्यान गएको हो ।
गर्मी सिजन सुरु भएसँगै नवलपुरमा सर्पदंशका घटनाहरु बढ्न थालेका छन् ।