
नवलपुर । पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । निस्दी गाउँपालिका ४ को मतियारडाँडा स्थित भित्री कच्ची सडकमा लु १ ज ३३२४ नम्बरको जीप बुधबार बेलुका दुर्घटनमा परेको हो । पूर्वी नवलपरासीको अरुणखोलाबाट निस्दीको खादर तर्फ जाँदै गरेको डबल क्याप जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।जीपमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाईते सबैलाई उपचारको लागि पूर्वी नवलपरासी तर्फ पठाईएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१