• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दोस्रो पटक थपिएको म्यादमा पनि सकिएन बुटवल–नारायणगढ सडक विस्तार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ अषाढ २९, शनिबार (२ साल अघि)
    17823335355684132537

    Advertisement

    परासी । बुटवल–नारायणगढ सडक खण्ड विस्तारको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ मा सकिँदै छ । बिस्तारको काम भने ५२ प्रतिशत मात्र भएको छ । ठेकेदार कम्पनी चाइना स्टेट कर्पोरेसनले समयमै काम नगर्दा यो सडकको यात्रा निकै कष्टकर छ ।  सामान्य वर्षामा पनि सडक हिलाम्य हुने र यातायात अवरुद्ध भएर पूर्वी र पश्चिम नवलपरासी खण्डमा घण्टौं जाम हुने समस्याले यात्रु आजित छन् । पश्चिम नवलपरासीको मध्यबिन्दु नगरपालिका चोरमारामा शुक्रबार रातिदेखि बिग्रिएको सडकमा सहज रूपमा यातायात सञ्चालन गर्न शनिबार दिउँसोसम्म लाग्यो । अहिले पनि सामान्य वर्षामा सडक बन्द हुने अवस्था छ । पानी रोकिएको समयमा पनि बिग्रिएको सडक मर्मत नहुँदा समस्या बढ्दो छ । स्थानीय प्रशासन, स्थानीय तह र सडक विभागले ठेकेदार कम्पनीलाई पटक–पटक कामलाई तीव्रता दिन आग्रह गरे पनि ठेकेदार कम्पनीले टेरेको छैन । स्थानीय प्रशासन र सडक विभागका कर्मचारीसँग सहमति गर्ने तर त्यसअनुसार काम नगर्दा पटक–पटक समस्या दोहोरिरहेको मध्यबिन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले बताए । ‘ठेकेदारले काममा किन ढिलाइ गरेको हो भन्ने विषयमा केही बताउँदैन, रकम अभाव भएर हो वा अन्य कारणले हो स्पष्ट नहुँदासम्म कामले तीव्रता पाउने देखिएन,’ उनले भने, ‘काम गर्ने वातावरण बनाउने र नदीजन्य पदार्थ उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्दा पनि ठेकेदारले काम गरेको छैन ।’

    सडकको दूरवस्थाबारे स्थानीय र यात्रुले स्थानीय तहका प्रमुख र जिल्ला प्रशासनमा ताकेता गर्दै आएका छन् । गर्मीमा धूलो र वर्षामा हिलोले गर्दा यो सडक खण्डको यात्रा अति कष्टकर हुँदासमेत ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै आएको छ । जिल्ला समन्वय समितिको पहलमा सोमबार ठेकेदार, स्थानीय तह र प्रशासनबीच छलफलसमेत भएको थियो । छलफलमा ठेकेदारले सरकारी पक्षलाई र सरकारी पक्षले ठेकेदार कम्पनीलाई आरोप लगाउने मात्र काम भएकाले एक साताभित्र खाल्टाखुल्टी पुर्न र यातायात सहज बनाउन निर्देशन दिएको जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्माले बताए । ‘यात्रुले सास्ती पाएका छन् । तर ठेकेदारले सरकारी पक्षको आग्रहलाई पनि नटेरेको देखिन्छ,’ विश्वकर्माले भने, ‘पर्याप्त जनशक्ति परिचालन नगर्ने र विभिन्न बहाना बनाएर काममा ढिलासुस्ती भएको छ । अब केन्द्रीय तवरबाट नै समाधान खोज्नुपर्ने समय आयो ।’

    ठेकेदार कम्पनीले सरकारले ठेक्का सुरु भएपछि रुख कटानको आदेश ढिलो दिएको, कोरोना महामारीका कारण तीन वर्ष खेर गएकाले काम ढिलो भएको र आफ्नो ६ अर्ब रुपैयाँ घाटा लागेको दाबी गर्दै आएको छ । अहिले वर्षात्ले बिगारेको सडक मर्मतका लागि समेत रकम अभाव भएको देखाउँदै सडक विभागले मर्मत गरेर पछि आफूले पाउनुपर्ने रकममा घटाउन भन्दै आएको छ । वर्षायाममा सडक निर्माणमा समस्या आएको र मर्मतका लागि समेत पर्याप्त स्रोत नहुँदा केही ढिलाइ भएको चाइना स्टेट कम्पनीका इन्जिनियर राकेश झाले स्विकारे । ‘ठेक्का लागेको तीन वर्षसम्म रुख कटानलगायत विभिन्न कारणले काम गर्न पाइएन,’ झाले भने, ‘वर्षामा विभिन्न समस्या झेलेर भए पनि काम गरिरहेका छौं ।’ एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख लागतमा बुटवलदेखि नारायणगढसम्मको १ सय १५ किलोमिटर सडकलाई २ खण्डमा विभाजन गरेर राजमार्ग विस्तारको काम भइरहेको हो । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर खण्डलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर लाई खण्ड ‘ख’ अन्तर्गत दुई क्षेत्रमा काम भइरहेको छ ।

    ठेक्का सम्झौताअनुसार ०७५ चैतमा काम सुरु गरेर ०७९ साउनमा निर्माण सकिनुपर्ने थियो । कोरोना, निर्माण सामग्री अभावको कारण देखाएर पूर्वी खण्डको म्याद ०८० भदौ ११ र पश्चिम खण्डको साउन ११ सम्मका लागि म्याद थपिएको थियो । पहिलो पटक थपिएको म्यादमा पनि कामले गति नलिएपछि दोस्रो पटकका लागि ०८१ साउन ८ सम्म म्याद थपिएको थियो । ठेकेदार कम्पनीले सम्झौताअनुसार काम नगरेकाले समस्या बढेको आयोजनाको पूर्वी खण्डका प्रमुख आशिष थापा मगरले बताए । ‘साउन ८ मा म्याद सकिँदै छ । ठेकेदारले सम्झौताअनुसार काम गरेको छैन,’ थापाले भने, ‘म्याद थप गर्ने नगर्नेबारे निर्णय भइसकेको छैन । थपिएको म्यादमा काम सक्ने पर्याप्त प्रमाण ठेकेदार पक्षले पेस गर्नुपर्छ ।’यो समाचार ekantipur.com बाट साभार गरिएको हो । 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution