• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र ५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

२

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

३

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

४

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

५

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

६

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

७

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

८

दाउन्ने क्षेत्रको सडकमा ढलान

९

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

१०

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

११

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

१२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    साढे तीन वर्षमा बुटवल -नारायणगढ सडक ४ लेनको

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र ९, शनिबार (६ साल अघि)
    55698746_2168214493214066_8990727428095606784_o

    Advertisement

    बुटवल -पूर्व-पश्चिम राजमार्गको बुटवल -नारायणगढ खण्डको स्वरुप अब फेरिने भएको छ । सन् १९७२ मा बनेको ११३ किलोमिटर दुरीको यो सडक हाल दुई लेन मात्र छ ।
    सडक साढे तीन वर्षमा ४ लेनमा बिस्तार भइसक्नेछ । यो सडकको स्तरोन्नतीका लागि चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सरकारले सम्झौता गरिसकेको छ ।
    गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ मा छुट्टाएर सँगसँगै दुबैतर्फ काम हुनेछ ।
    एशियाली विकास बैंकको ऋण सहयोगमा सडक विस्तार हुन थालेको सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ ।
    गैंडाकोट दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
    कूल लागतमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ । एडीबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।
    पहिलो चरणको विस्तारको काम २०८० साउन २२ मा सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको बुटवल नारायणगढ सडक सुधार आयोजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए ।
    साढे तीन वर्षमा सडक निर्माणको काम सकेपनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएको छ ।
    यसअघिका आयोजनाहरु एकवर्ष मात्र मर्मत गर्ने नियम रहेपनि यसमा भने थप चार वर्ष पनि ठेकेदार कम्पनीले नै मर्मत गर्नुपर्ने सम्झौता छ ।
    विस्तार हुने सडकको गैंडाकोट९दाउन्ने खण्डको शहरी क्षेत्र १७.७ कि.मि. मा ६ मिटरको सर्भिस लेनसहित ४ लेन,ग्रामीण क्षेत्र ४२.७ कि.मि. सर्भिस रोड विना ४ लेनकै हुने छ ।
    दाउन्ने पहाडको ४.१ किलोमिटर क्षेत्र भने ३ लेनको हुने छ । यो खण्डमा १२ वटा ठूला पुल र ६ वटा वन क्षेत्र पर्छ । यस्तै दाउन्ने बुटवल खण्डको शहरी क्षेत्र ४५.५ किलोमिटरमा ६ मिटरको सर्भिस लेनसहित ४ लेन, ग्रामीण क्षेत्र २७ किलोटिरमा सर्भिस रोड विना ४ लेन तथा ९.९ किलोमिटर दूरीको दाउन्ने पहाड खण्डमा ३ लेनको सडक बन्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिए ।
    सडकलाई सुन्दर बनाउन मुख्य सडकको दुई लेनको बीचमा तीन मिटरको हरियाली भाग ग्रिनरी रहने छ । जहाँ बाह्रैमास हरियाली बनाइने छ ।
    विस्तारित सडकको दुई तर्फको लेनको चौडाई ७-७ मिटर हुनेछ भने एक लेन साढे ३ मिटरको हुनेछ । दाउन्ने उकालोमा गुड्ने सवारीसाधनले २ लेन र ओरालोमा गुड्नेले १ लेन प्रयोग गर्ने छन् ।
    बुटवलदेखि गैंडाकोटसम्म सडकको दुवै किनारामा रहेका झण्डै ११ हजार रुख काट्नु पर्ने भएकाले त्यसको प्रकृयासमेत अघि बढेको आयोजना प्रमुख न्यौपानेले बताए ।
    सडक निर्माण पूरा भएपछि बुटवलबाट नारायणगढ डडेढ घण्टादेखि पौने दुई घण्टामा पुग्न सकिने इन्जिनियर न्यौपानेले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने


  • Advertisement

    समाचार
  • १

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • २

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ३

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ४

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ५

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ६

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ७

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • ८

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ९

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • १०

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution