• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पर्यटकीयस्थल बन्दै नवलपरासीको बाबा बर्दगोरिया

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र ९, शनिबार (७ साल अघि)
    1-04091-1-baba-dham-photo-0592018033711-600x0

    Advertisement

    पुरुषोत्तम सुवेदी

    नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ केरावानी स्थित बाबा बर्दगोरिया क्षेत्र धार्मिक पर्यटकीयस्थल बनेको छ । भारतको हरिद्वारको झल्को दिने गरी सो क्षेत्रलाई धार्मिकस्थलका रुपमा विकास गर्न योजना अघि बढाइएको छ ।उक्त क्षेत्रमा धार्मिक संरचनासहित आचार्यकुलम, जडीबुटी प्रशोधन, गौशाला निर्माण, योगको प्रयोगशाला र प्राकृतिक चिकित्सालय स्थापनालगायत कामका लागि योजना अघि बढाइएको हो । शिवभक्त नन्दीकेश्वरको तपोभूमिका नामले परिचित सो धामको दाहिनेतर्फ पानभार नदी र बायाँतर्फ भूमही नदी बग्छन् । उक्त क्षेत्रमा मामीसती सवरिया मन्दिर र अमरपोखरी ताल छ । यही मन्दिरसँग जोडिएको अर्को मन्दिर हो मामीसती सबरिया मन्दिर । यो मन्दिर सुनवल–११ भँडरीमा पर्दछ ।

    बाबा बर्दगोरिया र मामीसती सवरिया, दुवै नाम सुन्दा फरक भए पनि यी दुवै मन्दिरको इतिहास एउटै रहेको पाइन्छ । सो क्षेत्रको धार्मिक पर्यटकीय विकासका लागि सुनवल नगरपालिका, पतञ्जलि योगपीठ नेपाल, पतञ्जलि योग समिति नेपाल र बाबा बर्दगोरिया धाम विकास समितिको सहकार्यमा योजना अघि बढाइएको नगर प्रमुख भीमबहादुर थापा ‘भरत’ले जानकारी दिनुभयो ।

    धार्मिक किंवदन्तीका अनुसार यही भडँरीमा हाल दोभान भनेर चिनिने भलुही र पानभार खोलाको नजिकै राजाको दरबार थियो । प्राचीन समयमा हालको भडँरीमा राजाराम नामका राजा बस्दथे । उनका रानी मामीसती र एउटा भाञ्जा पर्शुराम पनि थिए । यहाँ अहिले ठूलो सिमलको रुख छ । दरबार अगाडि तुल्सीको मन्दिर थियो । राजाको नौलाख गाई र ती गाई हेर्ने चरुवा पनि थिए । चरुवा गाईलाई चराउँदै नेपालका विभिन्न ठाउँ र भारतको हस्तिनापुरसम्म पुग्ने गर्दथे । चर्न गएका गाई कहिले छिट्टै त कहिले महीना दिनसम्म पनि फर्किंदैन्थे । चर्न गएका गाई फर्कंदा दरबार आउनुभन्दा पहिले पानी पिउन हालको केरवानीमा अवस्थित अमर पोखरी पुग्थे । अमर पोखरीको पानी खाएपछि अमर भइन्छ भन्ने विश्वास थियो ।

    पतञ्जलि योग समिति नेपालका संरक्षक ज्ञानेन्द्रविक्रम महतले उक्त क्षेत्रलाई स्थानीय तहको सहकार्यमार्फत् पूर्णरुपमा धार्मिकस्थलका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । पतञ्जलि योग समिति नेपालका केन्द्रीय प्रभारी एवं वरिष्ठ योग गुरु लवदेव मिश्रले सो क्षेत्रलाई योगको प्रयोगशाला र प्राकृतिक चिकित्सालयका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । बाबा बर्दगोरिया क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा पूर्ण रुपमा विकास गर्न करीब १० वर्ष लाग्ने अपेक्षा गरिएको छ । लामो समय लाग्ने योजना भए पनि भविष्यमा धार्मिक हिसाबले उक्त क्षेत्रको विकास गर्नसके महत्वपूर्ण धार्मिकस्थल बन्ने अपेक्षा गरिएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउन यहाँ लामो समयदेखि प्रयास गरिँदै आएको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution