• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

२

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

३

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

४

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

५

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

६

वन उद्यममा जोडिँदै नवलपुरका महिला

७

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

८

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

९

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

१०

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

११

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

१२

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको यातायात कार्यालयमा अब टोकन सिस्टम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ मंसिर १३, बिहिबार (१ साल अघि)
    mantri-

    Advertisement

    नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को यातायात व्यवस्था कार्यालयले सेवा प्रवाह गर्न टोकन प्रणाली लागु गर्ने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बुधबार निर्देशन दिएपछि कार्यालयले सेवा सुधारको योजना बनाएको हो । यातायात मन्त्री केसी बुधबार यातायात व्यवस्था कार्यालयको निरीक्षणमा आउनुभएको थियो । यहाँ सेवाग्राहीले हरेक कामलाई लाइन बस्नुपर्ने झन्झट भएको गुनासो गरे । त्यसपछि उहाँले कार्यालयका निमित्त प्रमुख सुरेश जैसवाललाई दुई दिन तयारी गरेर टोकन प्रणालीको सुरुवात गर्न निर्देशन दिनुभयो । निमित्त प्रमुख जैसवालले आवश्यक तयारी गरेर निर्देशनअनुसार काम गर्ने बताउनुभयो ।

    मन्त्री केसीले यातायात कार्यालयका सेवा प्रवाहको अवस्था, कार्यालयको समस्याको विषयमा कार्यालयका कर्मचारीसँग जानकारी लिनुभएको थियो । निमित्त प्रमुख जैसवालले लाइसेन्ससम्बन्धी सम्पूर्ण सिस्टम यातायात व्यवस्था विभागमा रहेको र गल्ती सच्याउने अधिकार पनि नभएको गुनासो गर्नुभयो । ‘कहिलेकाहीँ केही विवरण बिग्रियो भने सच्याउन पर्छ । तर हामीले विवरण अपडेट गरेपछि हाम्रो हातमा केही हुँदैन । त्यो सच्याउने अधिकार पनि हामीलाई छैन’ उहाँले भन्नुभयो । कहिलेकाहीँ विभागको सिस्टम नचल्दा सेवाग्राहीले गुनासो पोख्ने र चाप बढ्ने गरेको निमित्त प्रमुख जैसवालले बताउनुभयो ।

    उहाँले लिखित र ट्रायल परीक्षा सकिएको एक हप्ताभित्र नतिजा सार्वजनिक गरिँदै आएको जानकारी गराउनुभयो । निमित्त प्रमुख जैसवालले गत आर्थिक वर्षमा रु. ३३ करोड र चालु आर्थिक वर्षको चार महिनामा कार्यालयले रु. ८ करोड पचास लाख राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो ।
    कार्यालयको अवस्था जानकारी लिएपछि मन्त्री केसीले सर्भरको समस्या देशव्यापी भएको तर विभागीय मन्त्रीको हैसियतले यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराउने बताउनुभयो ।

    लाइसेन्समा दायाँबायाँ सुन्न नपरोस्
    कार्यालयको ब्रिफिङपछि मन्त्री केसीले आफ्ना कुरा राख्न थाल्नुभयो । लाइसेन्सको विषय निस्किएपछि उहाँले नवलपुरको यातायात कार्यालयको बारेमा आफूले सकारात्मक कुरा नसुनेको भन्दै सचेत गराउनुभयो । ‘लाइसेन्सको बारेमा मैले कार्यालयको बारेमा राम्रो सुनेको छैन । दायाँबायाँ गरेको अब सुन्न नपरोस्’ मन्त्री केसीले चेतावनी दिँदै भन्नुभयो ‘भोलि प्रमाणसहित फेला प¥यो भने बहानाबाजी चल्दैन । अख्तियारले समात्यो भने तपाईंहरु लाई पनि नराम्रो हुन्छ । मन्त्रालय र प्रदेश सरकारलाई पनि नराम्रो हुन्छ ।’ जवाफमा कार्यालयका कर्मचारीले बाहिर भनिएजस्तो अनियमित काम नहुने गरेको बताए ।
    लाइसेन्स र ट्रायलमा गडबडी नगर्न, सेवाग्राहीलाई दुःख नदिन र सेवा लिँदा सहज वातावरण बनाउन, आफूले मन्त्री भएपछि हेल्प डेस्क राख्ने भनेर गरेको पहिलो निर्णयलाई निरन्तरता दिन मन्त्री केसीले कर्मचारीलाई निर्देशन दिनुभयो ।
    भौतिक मन्त्री केसीले बुधबार नै पूर्वाधार विकास कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को पनि निरीक्षण गर्नुयभो । त्यहाँ मन्त्री केसीलाई कार्यालय प्रमुख कृष्ण आचार्यसँग चालु आर्थिक वर्षको योजना कार्यान्वयनको अवस्थाबारे जानकारी गराए । उहाँले चालु आर्थिक वर्षका योजनामध्ये १०३ वटा योजना कार्यान्वयनको अवस्थामा रहेको बताउनुभयो ।
    मन्त्री केसीले चालु आर्थिक वर्षको ठेक्का लगाउन बाँकी योजनाको काम पनि मंसिरभित्रै सक्न निर्देशन दिनुभयो । निरीक्षणमा मन्त्री केसीसँगै मन्त्रालयका सचिव कमलकुमार अधिकारी, मन्त्रालयको योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानिया पनि सहभागी थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’


  • Advertisement

    समाचार
  • १

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • २

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ३

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ४

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ५

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ६

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ७

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ८

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ९

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • १०

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution