• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

३

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

४

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

५

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

६

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

७

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

८

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

९

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

१०

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

११

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

१२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा २५ करोड बढी लागतको हुलाकी सडक अलपत्र

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र १०, आईतबार (७ साल अघि)
    hulaki-sadak-photo

    Advertisement

    परासी । पश्चिम नवलपरासीस्थित परासी–नारायण चोक (गोपीगञ्ज) हुलाकी सडक निर्माण गर्ने सम्झौता गत फागुन १४ गते सकियो । २०७३ फागुनमा सम्झौता भई निर्माण सुरु भएको राष्ट्रिय गौरवको यो आयोजना म्याद सकिँदासम्म जम्मा ३० प्रतिशत मात्र काम भएको छ ।

    दुई वर्षको म्याद सकिँदासमेत सडक अधुरै रहेपछि निर्माण अलपत्र पर्ने हो कि भन्ने चिन्ताले स्थानीयवासीलाई सताउन थालेको छ । नदीजन्य पदार्थको अभाव देखाउँदै निर्माण कम्पनीले शुरुआतदेखि नै काममा ढिलासुस्ती गर्दै आएको छ । करिब १३ किलोमिटरको सो हुलाकी मार्गलाई दुई लेनको कालोपत्र बनाउने गरी थालनी गरेको कामले पूर्णता पाएको भए अहिले सडक कालोपत्र भइसकेको हुन्थ्यो । तर, ठेकेदारको आलटाल र सम्बन्धित निकाय तथा जनप्रतिनिधिले चासो नलिँदा सडक अधुरै हुन पुगेको बर्दघाट–१३ का बासिन्दा दीपक बरालले बताए । यो हुलाकी सडकले पश्चिम नवलपरासीका दुई निर्वाचन क्षेत्र र चार स्थानीय तहलाई छोएको छ । त्यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हृदेयश त्रिपाठी र देवेन्द्रराज कँडेल, सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारी र वैजनाथ कलवार, प्रदेश नं ५ सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी र हुलाकी सडकले छोएका रामग्राम, बर्दघाट नगरपालिका र सरावल, प्रतापपुर गाउँपालिकाका प्रमुखहरुले पनि चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

    जनप्रतिनिधिले चासो नलिए अब स्थानीय नागरिक सङ्घर्षमा उत्रने सरावलका सुशान्त घिमिरेले चेतावनी दिए । निर्माण कम्पनी द कञ्चनगङगा बिरुवा शिवशक्ति कन्सट्रक्सनका हुलाकी सडक इन्चार्ज मेघराज खनालले भने नदीजन्य पदार्थ अभावकै कारण समयमा सडक निर्माण सम्पन्न गर्न नसकिएको बताए ।

    ‘सडकको निर्माणका लागि ७० हजार घनमिटर नदीजन्य पदार्थको आवश्यकता पर्दछ, तर हाललाई ४३ हजार घनमिटर पदार्थ उपलब्ध भएमा पनि कामलाई अगाडि बढाउन सकिन्छ, अहिलेसम्म हामीले ६ किलोमिटर सडक ग्रावेल गरी कालोपत्रका लागि तयारी अवस्थामा राखेका छौँ, अन्य काम अगाडि बढाउन सकिएको छैन’, उनले भने ।

    नदीजन्य पदार्थको उपलब्धताका लागि आफूले जिल्ला समन्वय समिति तथा स्थानीय तहहरुसँग मौखिक तथा लिखित पत्राचार गरे पनि आश्वासन दिने तर उपलब्ध नगराउने गरेको उनको भनाइ छ । नदीजन्य पदार्थ स्थानीय तहले ठेक्का प्रक्रियाबाट गर्दा आयोजनाले पाउन नसकेको खनालले बताए ।

    निर्माण कम्पनीले थप दुई वर्षको म्याद मागेको छ । सडक डिभिजन कार्यालय बुटवलका हुलाकी सडक आयोजनाका इञ्जिनीयर देवेन्द्र शर्माले ढिलाइ भए पनि ठेकेदारले काम सक्नैपर्ने बताए । जनता पनि जागरुक हुनुपर्ने भन्दै उनले कच्चा पदार्थ उपलब्धताका लागि स्थानीय तहलाई आग्रह गरिएको जानकारी दिए ।

    जिल्ला समन्वय समिति प्रमुख शिवशङ्कर रायले आयोजनालाई नदीजन्य पदार्थ उपलब्ध गराउन आफूले पहल गरिरहेको बताए । सोमबार जिससको पदाधिकारी बैठक बसी सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर नदीजन्य पदार्थ उपलब्ध गराउन पहल गरिरहेको उनको भनाइ छ ।

    स्थानीयवासीले तत्काल आयोजनालाई नदीजन्य पदार्थ उपलब्ध गराएर सडक निर्माणकार्य सम्पन्न गराउन पहल गर्न सरोकार भएका निकायसँग माग गरेका छन् । २५ करोड १९ लाख ७० हजार रुपैयाँको लागतमा निर्माणाधीन सो सडक २०७५ को फागुनसम्म निर्माण गरिनुसक्नुपर्ने अवधि थियो । सडकमा खाल्डाखुल्डी र धुलोले स्थानीयवासी हैरान छन् भने यात्रुहरु जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’


  • Advertisement

    समाचार
  • १

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • २

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ३

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ४

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ५

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ६

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ७

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ८

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ९

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • १०

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution