• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ चैत्र १९, मंगलबार (१ साल अघि)
    202504010841-2b862e2d-f562-4d83-9688-ff2eb53fbf38_medium

    Advertisement

    रामपुर (पाल्पा) । आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्नुहुन्थ्यो । रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन । उत्पादित आलु बिग्रन नदिन ढुवानी खर्चेर सुरक्षितसाथ राख्न भैरहवास्थित शीतभण्डारणमा लैजाने गरेको उहाँले सुनाउनुभयो । हिजोआज भने उहाँलाई आलु शीतभण्डारमा राख्न भैरहवा पुर्याउनुपरेको छैन । रामपुर नगरपालिका–२ भलायटार बस्ने रानाले गाउँमै शीतभण्डार केन्द्र प्रयोगमा आएपछि धेरै सजिलो भएको बताउनुभयो । यहाँ निर्माण भएको रामपुरशित भण्डारमा उहाँले माथिल्लो कृषक तरकारी समूहबाट ५० बोरा आलु ल्याएर राख्नुभएको छ । सोमबारदेखि रामपुर नगरपालिकाले सूचना जारी गरेर शीतभण्डारमा किसानलाई आलु भण्डारण गर्न आह्वान गरी सुरु गरिएको हो । गत वर्ष पनि रानाले समूहमार्फत ५० बोरा आलु राख्नुभएको थियो ।

    “अघिल्लो वर्ष रामपुर शीतभण्डारमा राखेको राखेको आलु राम्रो भएपछि यो वर्ष पनि ल्याएर राखेका छौँ, गाउँघरमा नै चिस्यान केन्द्रमा राख्ने सुविधा भएपछि धेरै सजिलो भयो, यहाँ शीतभण्डार नबन्दासम्म भैरहवामा आलु राख्दै आइरहेका थियौँ, अब भैरहवा लैजान दौडधुप गर्नुपरेन”, उहाँले भन्नुभयो । अहिले भण्डारण गरेर राख्ने र पछि बेमौसमी याममा निकालेर बिक्री गर्दा किसानले उचित मूल्य पाउने उहाँ बताउनुहुन्छ ।

    आफ्नै ठाउँमा शीतभण्डार हुँदा आलु सुरक्षितसाथ राख्न ढुक्क हुने गरेको रामपुर–६ का ७४ वर्षीय लेखनाथ पोखरेल बताउनुहुन्छ । शीतभण्डारको सुविधाले पछिल्ला वर्ष उत्पादन बढाउँदै गएको उहाँले जनाउनुभयो । यस वर्ष उहाँले खायन र बीउ आलु गरेर १५ बोरा राख्ने तयारी गर्नुभएको छ ।

    “शीत भण्डारले किसानलाई धेरै सजिलो भएको छ, थोरै उत्पादन गर्ने तथा घरायसी प्रयोजनका लागि मात्र उत्पादन गर्ने किसानलाई भैरहवा, पोखरालगायत शीतभण्डारमा १०–१५ बोरा आलु बोकेर लैजाने र ल्याउने गर्न समस्या हुन्छ, रामपुरमै सुविधा भएपछि भण्डारण गर्न सजिलो, आफूलाई आवश्यक परेका बेला निकाल्न सकियो”, उहाँले भन्नुभयो ।

    रामपुरको मात्र नभई स्याङ्जा चापाकोट नगरपालिकाबाट पनि एक हजार पाँच सय बोरा आलु राखिने तयारी भइरहेको रामपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख दोवराज तिवारीले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले आलुको रेखदेखका लागि एक जना दैनिक हेरालु व्यवस्थापन गरिने बताउनुभयो । अहिले कृषि शाखाका कर्मचारी परिचालन गरेर आलु राख्ने कार्य भइरहेको उहाँको भनाइ छ ।

    “यसपटक तीन हजार पाँच सयदेखि चार हजार बोरा राख्ने अनुमान गरिएको छ, आलु राख्न धेरै ठाउँबाट सम्पर्क गरिरहनुभएको छ, स्थानीयलाई पहिला प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “यहाँ राखिएको आलु नगरपालिकाले सुरक्षित साथ व्यवस्थापन गर्ने छ, सुरक्षितसाथ राख्न पाउँदा किसान उत्साहित हुनुहुन्छ ।”

    यहाँ राख्न ल्याइएका आलु राख्ने र निकाल्ने व्यवस्था पनि नगरपालिका आफैँले गरिरहेको छ । प्रतिकिलो रु छ का दरले किसानसँग भण्डारण शुल्क लिएर राख्ने गरिएको रामपुर नगरपालिका कृषि शाखाका कर्मचारी युवराज नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ गत वर्ष तीन हजार ३७० बोरा बीउ तथा खायन आलु भण्डारण गरिएको थियो ।

    यहाँ शीतभण्डार निर्माण भएपछि यसभन्दाअघि तीनपटक आलु भण्डारण सुविधा किसानले लिइसकेका छन् । पहिलो वर्ष परीक्षणका रूपमा राखिएका केही आलुमा उम्रने समस्या आएपछि पुनः मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइयो । दोस्रो र तेस्रो वर्ष राम्रो भण्डारण भएपछि किसानले बाहिरका शीतभण्डारमा आलु लैजान छाडेका छन् । अहिले राखिएको खायन आलु भदौ र असोजमा निकालिने छभने बीउ प्रयोजनका लागि राखिएको आलु कात्तिकमा सार्वजनिक सूचना प्रकाशन गरेर निकालिने जनाइएको छ ।

    किसानले उत्पादन गरेका कृषि उपजलाई सुरक्षित तरिकाले भण्डार गरेर राख्नका लागि तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी प्रयोगमा ल्याएको नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । रामपुर क्षेत्रमा आलु धेरै उत्पादन हुने गरेकाले आलुबाली सुरक्षितसाथ राख्न किसानलाई धेरै सजिलो भएको नगरप्रमुख थापाले बताउनुभयो ।

    नगरपालिकाले पहिलो वर्ष बोलपत्रमार्फत रम्भा गाउँपालिका–१ हुँगीका भगवती अधिकारी न्यौपानेलाई, दोस्रो र तेस्रो वर्ष सूर्योदय कृषि सहकारीसँग सम्झौता गरेर सञ्चालन गरेको थियोभने चौथो वर्ष नगरपालिका आफँैले व्यवस्थापन गरेर सञ्चालन गर्ने जनाइएको छ ।

    विसं २०७८ वैशाखमा निर्माण सम्पन्न गरी शीतभण्डार प्रयोगमा ल्याइएको हो । यो पाल्पाको सबैभन्दा ठूलो क्षमताको शीतभण्डार रहेको छ । लुम्बिनी प्रदेश सरकारको सर्शत अनुदानमा रबिना र अभिसा जेभी कन्ट्रक्सन प्रालिले संयुक्त रूपमा रु तीन करोड २६ लाख ७६ हजार ५६६ मा ठेक्का सम्झौता गरी निर्माण गरिएको हो । फरकफरक क्षमताका पाँच कोठामा नै भण्डारण गर्न मिल्नेछ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution