• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ कार्तिक ९, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

२

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

३

तोलामा ४ हजार ८ सय घट्यो सुन

४

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

५

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

६

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

७

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

८

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

९

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

१०

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

११

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

१२

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ भाद्र १७, मंगलबार (१ महिना अघि)
    smart-card

    Advertisement

    मकवानपुर । बागमती प्रदेश सरकारले आगामी दसैँ लगत्तै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ स्थानबाट लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको हो ।प्रदेशबाटै ‘क्यूआर कोड’ सहितको लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको मन्त्रालयले जनाएको छ । लाइसेन्सका लागि वर्षौँ कुर्नुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य गर्ने उद्देश्यले प्रदेशका ५ स्थानबाट सेवा दिने तयारी भइरहेको मन्त्रालयकी प्रवक्ता सुनिता गजुरेलले बताइन् ।यसअघि चालक अनुमतिपत्र यातायात व्यवस्था विभागमार्फत मात्र छापिँदै आएको थियो । उक्त सिस्टम प्रदेशमै ल्याएर लाइसेन्स छपाइ गरिने प्रवक्ता गजुरेलको भनाइ छ । उनका अनुसार लाइसेन्स छपाइ सेवा विभागमा मात्र सीमित हुँदा चाप बढेसँगै सेवाग्राहीले समयमै लाइसेन्स पाउन कठिन भएको थियो ।

    यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार करिब ३० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी छ । त्यसमध्ये बागमती प्रदेश अन्तर्गतमात्र १८ लाख लाइसेन्स छाप्न बाँकी रहेको मन्त्रालयको अनुमान छ ।

    विगत तीन वर्षअघि ट्रायल पास गरेका र नवीकरणका लागि निवेदन दिएका सेवाग्राहीले पनि लाइसेन्स पाउन सकेका छैनन् । केन्द्र सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०८० माघ ७ गते प्रदेशहरूले पनि लाइसेन्स छाप्न सक्ने निर्णय गरेअनुसार बागमती प्रदेशले सेवा सञ्चालन गर्न लागेको हो ।

    मन्त्रालयले इटालियन कम्पनीको मेसिन खरिद गरेको सूचना अधिकारी विनोद कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार ५ करोड ४० लाख रुपैयाँमा ५ वटा मेसिन खरिद गरेर जडानको क्रममा छन् । गत चैतमा मन्त्रालयले टेण्डर आह्वान गरेपछि मालिका कर्पोरेसन काठमाडौँले सम्झौता गरेर मेसिन सप्लाइ गरेको उनको भनाइ छ ।

    प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार प्रदेशबाट लाइसेन्स छपाइ र वितरण कार्य सुरु भएपछि सेवाग्राहीले सहज सुविधा पाउने छन् ।

    ५ वटा मेसिनबाट प्रतिघण्टा ७५० लाइसेन्स छाप्नसक्ने मन्त्री थापाले जनाए । प्रत्येक प्रिन्टरबाट प्रतिघण्टा १५० वटा लाइसेन्स छापिने जानकारी उनले दिए । लाइसेन्स छपाइ र वितरणका लागि मन्त्रालयले पूर्वाधारको व्यवस्थापन गरिरहेको उनको भनाइ छ । मेसिन सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति मन्त्रालयसँगै तयारी अवस्थामा राखेको उनले बताए ।

    ‘दसैँ–तिहारलगत्तै नागरिकले सहज रूपमा लाइसेन्स सेवा पाउनेछन् । हाम्रो एकमात्र लक्ष्य जनतालाई यो झन्झटबाट मुक्त गर्नु हो,’ मन्त्री थापाले भने ।

    हालसम्म छपाइ गर्न बाँकी १८ लाख लाइसेन्स यातायात विभागले व्यस्थापन गर्ने र चालु आर्थिक वर्षदेखिका विवरणमा प्रदेशले काम गर्ने मन्त्री थापाले बताए । खरिद गरिएका ५ मेसिन लाइसेन्स सेवा सञ्चालन भइरहेका यातायात कार्यालयहरू काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौंडामा जडान गरिने उनको भनाइ छ ।

    • स्मार्ट कार्ड खरिद गर्न ६ करोड बजेट

    मन्त्रालयले ‘क्यूआर कोड’सहितको स्मार्ट कार्ड खरिदका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको छ । तत्काल छपाइ सुरु गर्न कोटेसनमार्फत केही कार्ड खरिद गरिने मन्त्री थापाले बताए ।

    सो पश्चात लाइसेन्स छपाइलाई निरन्तरता दिन स्मार्ट कार्ड खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ । टेण्डरको प्रक्रियामा केही समय लाग्ने भएकाले तत्काल काम थाल्न केही कार्ड कोटेशन मार्फत खरिदको प्रक्रिया अघि बढाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

    लाइसेन्स छपाइका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८२/०८३) मा ६ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटले आवश्यक कार्ड खरिद गर्ने र अपुग भएका थप बजेट व्यवस्थापन गर्ने मन्त्री थापाको भनाइ छ ।

    यसअघि पनि २०८१ चैतमा स्मार्ट कार्ड खरिद गर्न टेण्डर आह्वान गरिएको थियो । प्राविधिक त्रुटिका कारण सो टेण्डर रद्द गरिएको मन्त्रालयले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • तोलामा ४ हजार ८ सय घट्यो सुन

  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी


  • Advertisement

    समाचार
  • १

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • २

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ३

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ४

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • ५

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ६

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ७

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ८

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ९

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • १०

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution