• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ६, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ भाद्र २७, शुक्रबार (७ महिना अघि)
    56

    Advertisement

    कावासोती । भदौ २४ गतेको आन्दोलनले कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु प्रसाद भुसाललाई गहिरो व्यक्तिगत क्षति पुर्‍याएको छ। उहाँले २०५० सालमा आफ्नै श्रम र साधनले बनाएको घर आज भग्नावशेष बनेको छ। आन्दोलनको दोस्रो दिन घरमा भएको नियोजित आक्रमणपछि उहाँको निजी जीवनमा ठूलो बज्रपात आएको छ। श्रीमती र बुहारीका गहना लुटिएका छन्, नातिहरूका स्कुलका किताब र जुत्ता खरानी भएका छन्, र घरभित्र रहेका सबै सामग्री पूर्ण रूपमा नष्ट भइसकेका छन्।

    नगरप्रमुख भुसालले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा पोख्दै भनेका छन्— “२०५० सालमा बनाएको मेरो घर आज भग्नावशेष बनेको छ। श्रीमती–बुहारीका गहना लुटिएका छन्, नातिहरूका स्कुलका किताब–जुत्ता खरानी भएका छन्, घरभित्र सबै चिज नष्ट भइसकेका छन्।” उहाँले यस घटनालाई केवल व्यक्तिगत क्षति मात्र नभई, लोकतान्त्रिक मुल्य–मान्यतामाथिको चोटको रूपमा पनि बुझ्न आग्रह गर्नुभएको छ। नगरप्रमुख भुसालले आन्दोलनको पहिलो दिन ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो। तर दोस्रो दिन भने उहाँ आफैंको घरमाथि नियोजित आक्रमण भएको दाबी गर्नुभएको छ। भदौ २४ गते मंगलबारको साँझ, एक आक्रोशित भिडले घरको तल्लो तलामा रहेका सटरमा ठूला ठूला आवाज गर्दै प्रहार गरिरहेको अनुभव उहाँले गर्नुभयो। त्यतिबेला उहाँ आफ्नी श्रीमती, छोरा, बुहारी तथा सात र ११ वर्षका नातिनातिनीहरूसँग घरमै हुनुहुन्थ्यो। ती भिडलाई सम्झाउने कुनै अवस्था नभएको भन्दै उहाँले तत्काल जिल्ला प्रशासन कार्यालय र प्रहरीसँग सम्पर्क गर्नुभएको थियो, तर तत्काल सहयोग नपाएपछि आफूले परिवारसहित ज्यान जोगाउन भाग्नु परेको उहाँको अनुभव छ।

    आफ्नै घर छाड्नुपरेको क्षणलाई स्मरण गर्दै नगरप्रमुख भुसाल लेख्नुहुन्छ— “सानो सात वर्षको नाति मस्त निदाइरहेको थियो। हामी आत्तियौं, जसरी थियौं त्यसरी नै नातिलाई बोकेर घरबाट निस्कन सक्यौं। त्यसपछि एउटा कोठामा कैदीझैं चार घण्टा लुकेर बस्यौं।” उहाँका अनुसार ती क्षणले साना नातिनातिनीहरूको मानसिक स्थितिमा गहिरो असर पारेको छ। घरमा भएका भौतिक क्षतिका साथै भावनात्मक धरोहरमाथि पनि प्रहार भएको गुनासो नगरप्रमुख भुसालले गर्नुभएको छ। सीसीटीभी फुटेजमार्फत केही अनुहार चिनिएका देखिएको उल्लेख गर्दै उहाँले एक व्यक्तिले आफ्ना दिवंगत बुबा–आमाको तस्बिर रहेको फ्रेममा लात हानेको दृश्य देखेर भक्कानिनु परेको उल्लेख गर्नुभएको छ। “म दुई वर्षको हुँदा आमा गुमाएको व्यक्ति हुँ। त्यही तस्बिर बजारिरहेको सहनै सकिन,” उहाँले लेख्नुभएको छ।

    घरका धाराहरू भाँचिएका छन्, शौचालय प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ, सबै कोठामा क्षति पुगेको छ। श्रीमती र बुहारीका गहना लुटिएको, सम्पूर्ण सामग्री नष्ट भएको, र नातिहरू त्रसित बनेको भन्दै उहाँले आजको अवस्थालाई “सन्नाटा मात्र बाँकी रहेको घर” भनेर वर्णन गर्नुभएको छ। घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानुनी कारबाहीको माग गर्दै नगरप्रमुख भुसालले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई तुरुन्त कदम चाल्न अनुरोध गर्नुभएको छ। उहाँले क्षणिक आवेगमा गरिएको तोडफोड कसैको आक्रोशको शान्ति त हुन सक्छ तर त्यो समाधान होइन भन्दै सबै पक्षलाई सचेत र जिम्मेवार बन्न आह्वान गर्नुभएको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%३%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution