



नवलपुर। नवलपुरको देवचुली–१ केउरेनीस्थित नारायणी किनारमा जारी एकादशी सांस्कृतिक रमाइलो तथा पर्यटन मेला–२०८२ मा सञ्चालनमा आएका जुवाका स्टलहरू इलाका प्रहरी कार्यालय रजहरले हटाएको छ।
मेला सुरु भएदेखि नै ५० भन्दा बढी खोडखोडे, तिर हान्नेजस्ता भाग्य–परीक्षा खेल खुलेआम सञ्चालनमा आएका थिए। स्थानीयको गुनासो र सार्वजनिक चासोपछि प्रहरी सक्रिय बन्दै शनिवार साझ ती सबै स्टल हटाएको हो।
प्रहरीका अनुसार मेलामा अब कुनै पनि जुवाजन्य गतिविधि गर्न नदिइने र निगरानी कडा पारिएको छ। स्थानीयवासीहरूले प्रहरीको कारबाहीको स्वागत गरेका छन्।








मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१