



नवलपुर । नवलपुर उद्योग वाणिज्य संघको छैठौं अधिवेशनअन्तर्गत यही चैत १८ गते हुने निर्वाचनका लागि प्रमिसा सप्लायर्सका सञ्चालक प्रेमनारायण पाण्डेले उपमहासचिव पदमा उम्मेदवारी दिनुभएको छ।
स्पष्ट योजना र व्यवसायीकेन्द्रित सोचसहित अघि बढ्नुभएका पाण्डेले आफ्नो उम्मेदवारी व्यवसायीहरूको हकहित संरक्षण, संघको सुदृढीकरण र सहज व्यवसायिक वातावरण निर्माणका लागि रहेको बताउनुभयो।
“संघलाई नाममै सीमित होइन, व्यवहारमै व्यवसायीको समस्या समाधान गर्ने संस्था बनाउनु मेरो लक्ष्य हो,” उहाँले भन्नुभयो।
उहाँका अनुसार साना तथा मझौला व्यवसायीका समस्या पहिचान गरी समाधान गर्ने, बजार व्यवस्थापनलाई व्यवस्थित बनाउने र व्यवसायीहरूबीच सहकार्य तथा एकता मजबुत बनाउने प्राथमिकता रहनेछ।
पाण्डेले संघलाई प्रविधिमैत्री बनाउँदै सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। साथै, स्थानीय उत्पादन प्रवर्द्धन, नयाँ उद्यमीलाई प्रोत्साहन र व्यवसायीको आवाजलाई नीतिगत तहसम्म पुर्याउने लक्ष्य पनि उहाँले अघि सार्नुभएको छ।
“व्यवसायीको आवाज बलियो बनाउन, अधिकार स्थापित गर्न र व्यवहारिक सुधार ल्याउनकै लागि मेरो उम्मेदवारी हो,” पाण्डेले जोड दिनुभयो।
आसन्न निर्वाचनमा उहाँको उम्मेदवारी स्पष्ट दृष्टिकोण र परिणाममुखी योजनासहित अघि आएको भन्दै यसले संघमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१