• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

२

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

३

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

४

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

५

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

६

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

७

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

८

वन उद्यममा जोडिँदै नवलपुरका महिला

९

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१०

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

११

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

१२

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ अषाढ ६, शनिबार (१ महिना अघि)
    Untitled-1-1781925792

    Advertisement

    त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आयआर्जन बढाउने अभियानलाई तीव्रता दिएको छ । गाउँपालिकाले स्थानीयस्तरमा रहेका सम्भावनाको अध्ययन गरी नगदे बालीका रूपमा उखु र बेसारखेती विस्तारमा विशेष जोड दिएको हो । सात वटा वडामा फैलिएको गाउँपालिकामा कृषिलाई मुख्य आयआर्जनको आधार बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालित ‘नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम’मार्फत उखु र बेसारखेतीको उत्पादन बढाउन विभिन्न योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

    अध्यक्ष गिरीका अनुसार कृषिबाट स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले गाउँपालिकाले किसानलाई आवश्यक प्रविधि, बीउबिजन, कृषि सामग्री तथा अनुदान उपलब्ध गराउँदै आएको छ । “कृषि उत्पादन बढेमा किसानको आम्दानी स्वतः बढ्छ र स्थानीय अर्थतन्त्र पनि सबल बन्छ”, उहाँले भन्नुभयो, “त्यसैले हामीले सम्भावना भएका नगदे बालीको उत्पादन वृद्धि गर्न नवप्रवर्तन कार्यक्रममार्फत लगानी गरिरहेका छौँ ।”

    गाउँपालिकाका कृषि प्राविधिक मनोज चापागाईँका अनुसार उखु र बेसारखेती विस्तारका लागि किसानलाई समूहमा आबद्ध गराई कार्यक्रम सञ्चालन गरिएको छ । उखुखेती गर्ने किसानलाई उन्नत जातको बीउ, बाली संरक्षण सामग्री तथा उत्पादन वृद्धि गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको छ । त्यस्तै उखुखेती हुने क्षेत्रमा सिँचाइको सुविधा विस्तार गर्न साना सिँचाइ आयोजनाअन्तर्गत डिप बोरिङ निर्माणसमेत गरिएको उहाँले बताउनुभयो ।

    बेसारखेती गर्ने किसानका लागि भने बीउ, प्राङ्गारिक मल, सुरक्षा सामग्री तथा प्राविधिक परामर्श उपलब्ध गराउने गरिएको छ । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत करिब रु एक करोड ५० लाख लगानी गरी उखु र बेसारखेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार बेसारखेती गर्ने आठ वटा कृषक समूहलाई ३० टन बेसारको बीउ उपलब्ध गराइएको छ ।

    यस क्षेत्रमा बेसार उत्पादनको सम्भावना राम्रो रहेको, सिँचाइको आवश्यकता कम पर्ने तथा बजार व्यवस्थापन अपेक्षाकृत सहज भएकाले बेसारखेतीलाई विशेष प्राथमिकता दिइएको कृषि प्राविधिक चापागाईँले बताउनुभयो । उत्पादन बढेसँगै स्थानीय किसानले राम्रो आम्दानी लिन सक्ने विश्वास गाउँपालिकाको छ ।

    उखु उत्पादनका लागि गाउँपालिकाको वडा नम्बर ६ र ७ उपयुक्त क्षेत्र भएकाले सोहीअनुसार कार्य गरिएको छ । बेसारखेतीका लागि वडा नम्बर १, २, ३ र ४ लाई विशेष प्राथमिकता दिएर काम गरिएको कृषि प्राविधिक चापागाईँले बताउनुभयो ।

    कृषिमा यान्त्रिकीकरणलाई प्रोत्साहन गर्न गाउँपालिकाले कृषक समूहलाई ट्याक्टर, रोटाभेटर, कल्टीभेटर र ट्रलीलगायत कृषि उपकरण हस्तान्तरण गरेको छ । पचास प्रतिशत अनुदानमा दुई वटा कृषक समूहलाई ट्याक्टर उपलब्ध गराइएको छ भने जैविक मल उत्पादन गरिरहेको विनयी सामुदायिक वनसँगको साझेदारीमा मल उत्पादन र ढुवानीलाई सहज बनाउन एउटा ट्याक्टरसहित आवश्यक सामग्री प्रदान गरिएको छ ।

    गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक, प्रतिस्पर्धी र आयमुखी बनाउने लक्ष्यका साथ आगामी वर्षहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने कृषि प्राविधिक चापागाईँले बताउनुभयो । स्थानीय किसानलाई उत्पादन वृद्धि, बजार पहुँच र कृषि प्रविधिसँग जोड्दै आत्मनिर्भर कृषि प्रणाली निर्माण गर्ने दिशामा गाउँपालिका सक्रिय रूपमा लागिपरेको छ उहाँको भनाइ छ । “मुख्य गरी कृषि उत्पादन बढाउने र त्यसबाट स्थानीय समुदायको आयआर्जन वृद्धि गराउने लक्ष्य हाम्रो हो, सोहीअनुसार काम गरिरहेका छौँ”, कृषि प्राविधिक चापागाईँले भन्नुभयो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास


  • Advertisement

    समाचार
  • १

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • २

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ३

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ४

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ५

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ६

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ७

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ८

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ९

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • १०

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution