• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार (१७ सेकेण्ड अघि)
    a17185c2-eb4a-4f3a-8929-0780a4bf23eb

    Advertisement

    नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–२ मोहनडाँडामा २०७४ सालमा निर्माण गरिएको खोप केन्द्र स्थापना भएको करिब नौ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको सरकारी संरचना अहिले अलपत्र अवस्थामा पुगेको छ भने भवन स्थानीय विद्यालयका शिक्षकहरूको अस्थायी आवासका रूपमा प्रयोग भइरहेको छ। खोप केन्द्रभित्र रहेका टेबल–कुर्सी टुटफुट अवस्थामा छन्। केही पुराना बेड र ग्यास सिलिन्डर थन्किएका छन् भने शौचालयसमेत जीर्ण बनेको छ। नियमित स्वास्थ्य सेवा सञ्चालन नहुँदा सरकारी लगानीको भवन प्रयोगविहीन बन्दै गएको स्थानीयको गुनासो छ।

    पूर्व वडा अध्यक्ष पदम बहादुर पौडेल क्षेत्रीका अनुसार २०७४ सालको स्थानीय तह निर्वाचनपछि मोहनडाँडामा घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने उद्देश्यले खोप केन्द्र स्थापना गरिएको थियो। तर भवन निर्माण भएपछि हालसम्म त्यहाँ   स्वास्थ्यकर्मी खटिएका छैनन्। गाउँपालिकाको स्वास्थ्य शाखाबाट समेत नियमित सेवा सञ्चालनका लागि कुनै प्रभावकारी पहल नभएको स्थानीयको आरोप छ। हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले आवश्यक अध्ययन र समन्वयबिना खोप केन्द्र निर्माण गरिएकाले नियमित सेवा सञ्चालन गर्न कठिनाइ भएको बताए। सेवा लिने जनसङ्ख्या, भौगोलिक अवस्था तथा पहुँचको पर्याप्त मूल्याङ्कन नगरी संरचना निर्माण गरिएको उनको भनाइ छ। उनका अनुसार वडा नम्बर–२ को स्वास्थ्य सेवा हाल गुहेरीस्थित स्वास्थ्य संस्थाबाट सञ्चालन भइरहेको छ।

    तर मोहनडाँडाका स्थानीय भने अझै आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन्। सामान्य उपचारका लागि पनि झ्यालबास वा गिरुबारी बजार पुग्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्। गर्भवती महिला, ज्येष्ठ नागरिक तथा गम्भीर बिरामीलाई घण्टौँसम्म पैदल बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउनुपर्ने अवस्था अहिले पनि कायमै छ।

    स्थानीय अस्टमा आलेले गाउँमा स्वास्थ्य संस्था नहुँदा सबैभन्दा बढी सास्ती सुत्केरी महिला र ज्येष्ठ नागरिकले भोगिरहेको बताइन्। बाटोको कठिनाइका कारण बिरामीलाई समयमै उपचारका लागि लैजान नसक्दा थप जोखिम बढ्ने गरेको उनको भनाइ छ।

    स्थानीय मानकुमारी मसराङ्गी मगरले गाउँमा बिजुली र खानेपानीको पहुँच पुगे पनि स्वास्थ्य सेवा अझै नपुगेको बताइन्। गाउँमै कम्तीमा आधारभूत स्वास्थ्य सेवा सञ्चालन भए स्थानीयले सहज उपचार पाउने उनको भनाइ छ।

    स्थानीय बिमाया आलेका अनुसार सडकको दुरवस्थाले स्वास्थ्य सेवा झन् कठिन बनेको छ। वर्षायाममा सडक हिलाम्मे हुँदा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन थप सास्ती हुने गरेको उनले बताइन्।

    स्थानीयवासीले वर्षौंदेखि प्रयोगविहीन बनेको मोहनडाँडा खोप केन्द्र तत्काल सञ्चालनमा ल्याई नियमित स्वास्थ्य सेवा सुरु गर्न वा भवनको उद्देश्यअनुसार उपयोग सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार सरकारी लगानीबाट निर्माण भएको स्वास्थ्य संरचना वर्षौंदेखि अलपत्र रहनु राज्यको स्रोतको दुरुपयोगसमेत भएको बताएका छन्।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution