• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १०, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पश्चिम नवलपरासीमा तराई-मधेश समृद्धि कार्यक्रम कार्यान्वयन, स्थानिय खुसी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख १५, आईतबार (६ साल अघि)
    Agriculture_3

    Advertisement

    मोहन पौडेल,

    परासी । मानव विकासको सूचकाङ्कमा तुलनात्मकरूपमा पछाडि परेका स्थानीय तहलाई लक्षित गरी सरकारले यसै वर्षदेखि शुरु गरेको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गतका योजना पश्चिम नवलपरासीमा ढिलो गरी कार्यान्वयनमा आएका छन् ।

    जिल्लाका सातवटै स्थानीय तहमा रु चार करोड ९० लाख बराबरका १३ वटा योजना छन् । ती योजनामा तराई–मधेश समृद्धि कार्यक्रमबाट ९० प्रतिशत र स्थानीय तहबाट १० प्रतिशत लागत साझेदारी रहने गरी कार्यक्रम सञ्चालन गरिएको राष्ट्रियसभा सांसद रामलखन हरिजनले जानकारी दिनुभयो ।

    पश्चिम नवलपरासीमा तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सडक, सामूहिक आवास भवन निर्माण, पूर्वाधार निर्माण, सामुदायिक भवन, हाट बजार व्यवस्थापनलगायतका योजना रहेका छन् ।

    जिल्लाका स्थानीय तहले यो कार्यक्रमका योजना कार्यान्वयनमा चासो नदेखाएको भन्दै आवाज उठिरहेका बेला जिल्लाका सबै स्थानीय तहले ढिलो गरी योजना कार्यान्वयन गर्न थालेका हुन् । दुई वटा योजना परेको रामग्राम नगरपालिकामा एउटा योजना कार्यान्वयनको चरणमा छ भने अर्को योजना प्रक्रियामा छ ।

    नगरपालिकाका इञ्जिनीयर सतिष गुप्ताका अनुसार रामग्राम–१७ को हाट बजारमा भौतिक पूर्वाधार निर्माणको लागि बालेपत्र आह्वान गरिएको छ । यसका लागि केन्द्रबाट रु एक करोड र स्थानीय तहको अनुदान रु १० लाख विनियोजित छ ।

    यसैगरी रामग्राम–१८ स्थित अति विपन्न समुदायका लागि सामूहिक आवास निर्माणको योजनाका लागि जग्गा खोजी भइरहेको नगरपालिकाले जनाएको छ । केन्द्रको रु २५ लाख र स्थानीय तहको रु दुई लाख ५० हजार गरी रु २७ लाख ५० हजारमा निर्माण हुने बहुवर्षीय योजना जग्गा व्यवस्थापनलगत्तै कार्यान्वयनको प्रक्रियामा जाने इञ्जिनीयर गुप्ताले बताउनुभयो ।

    तीन वटा योजना रहेको सुस्ता गाउँपालिकाका योजना पनि कार्यान्वयनमा आएका छन् । यो गाउँपालिकाको वडा नं ५ मा भारतीय सीमादेखि बलिनगर चोकसम्म सडक निर्माण, वडा नं २ मा धर्मशाला निर्माण र वडा नं १ र २ मा मुसहर बस्तीका लागि सामूहिक आवास निर्माणको योजना परेको छ ।

    सडक निर्माणका लागि केन्द्रको रु २५ लाख र स्थानीय तहको दुई लाख ५० हजार लागत सहभागिता रहनेछ भने धर्मशाला निर्माणका लागि केन्द्रको रु ७५ लाख र स्थानीय तहको रु सात लाख ५० हजार तथा सामूहिक आवास निर्माणका लागि केन्द्रको रु ४० लाख र स्थानीय तहको रु चार लाखको लागत सहभागितामा निर्माण हुनेछ । तीनवटै योजना १५ दिन अघिदेखि उपभोक्ता समितिमार्फत् कार्यान्वयन भइरहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

    यसैगरी सरावल गाउँपालिका–७ मा मदरसा भवन निर्माणका लागि केन्द्रको रु २० लाख र स्थानीय तहको पाँच लाख गरी रु २५ लाख, वडा नं ४ मा सडक कालोपत्रेका लागि केन्द्रको रु २५ लाख र स्थानीय तहको रु दुई लाख ५० हजार, वडा नं ५ मा धनगढवा–फूलबारीया–जीतपुर सडक कालोपत्रेका लागि रु २५ लाख केन्द्रबाट र दुई लाख ५० हजार स्थानीय तहको लागत सहभागितामा निर्माण गर्ने गरी योजना परेको र तीनवटै योजना कार्यान्वयनमा आएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

    प्रतापपुर गाउँपालिकामा परेका दुई योजनामा वडा नं ४ मा सामुदायिक भवन निर्माण र वडा नं ६ र ७ मा सामूहिक मुसहर बस्ती आवास निर्माणको योजना कार्यान्वयनमा आएको छ । सुनवल–१ मा पनि सामुदायिक भवन निर्माण कार्यान्वयनमा छ ।

    बर्दघाट–४ पुर्नबास हाट बजारमा भौतिक पूर्वाधार निर्माणको योजना पनि अघि बढेको छ भने पाल्हीनन्दन गाउँपालिका–१ मा इदगाहा भवन निर्माण पनि शुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताउनुभयो ।
    मानव विकासको सूचकाङ्कमा तुलनात्मकरूपमा पछाडि परेका स्थानीय तहलाई लक्षित गरी सरकारले भौतिक पूर्वाधारलगायतका विकासलाई समानुपातिक रूपमा अगाडि बढाउन तराई–मधेशका २१ जिल्लाका २७६ स्थानीय तहमा यस वर्षदेखि तराई–मधेश समृद्धि कार्यक्रम सञ्चालनमा आएको हो ।

    सरकारले यसै वर्षदेखि तराई मधेशका जिल्लामा सञ्चालन गरेको ‘तराई मधेश समृद्धि कार्यक्रम’ प्रभावकारी रहेको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ता बताउनुहुन्छ । कार्यक्रम सफल पार्न आफूहरु लागिरहेको उहाँले बताउनुभयो ।

    राष्ट्रियसभाका सांसद रामलखन हरिजनले जिल्लाका सातवटै स्थानीय तहमा तराई मधेश समृद्धि कार्यक्रमका योजना रहेको तर कार्यान्वयनमा चासो नदेखाएको भन्दै असुन्तुष्टि जनाउनुभएको थियो । तराई–मधेशका नागरिकलाई सार्वजनिक सेवामा पहुँच अभिवृद्धि, आर्थिक सामाजिक रूपमा पछाडि परेका वर्ग र समुदायको जीवनस्तरमा सुधार गर्न सरकारले तराई–मधेश समृद्धि कार्यक्रम सञ्चालन गरेको बताएको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution