• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जापान यसरी लगिँदैछ नेपाली कामदार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ २७, सोमबार (६ साल अघि)
    6a78c821e18d51d588de1e563a40856djapan

    Advertisement

    काठमाडौं । नेपाली कामदार जापान पठाउने विषयमा दुई सरकारबीच गत चैत ११ गते ‘सहकार्यको समझदारीपत्र’ मा हस्ताक्षर भयो । तर, उक्त समझदारीको विस्तृत विवरण सरकारले अझैसम्म बाहिर ल्याउँदा जापान जान खुट्टा उचालेका युवाहरु अन्योलमा छन् ।

    अहिले जापान पठाउने भन्दै देशभित्र भाषा परिक्षाको नाममा ठगीधन्दा मौलाएको छ । कतिपय कन्सल्टेन्सीहरुले आफैंले विदेश पठाउने आश्वासन दिएर ठगी गरेका तथ्यहरु पनि बाहिर आएका छन् । सम्झौता भइसकेको विषयलाई पनि गुपचुप राख्दा जापान जाने आशामा बनेका धेरै युवा ठगिने क्रम बढेको हो ।

    सहकार्यको समझदारीमा जापान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक तथा सुविधा पाउने भनिएको छ । विभिन्न १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको छ । ती क्षेत्रहरु हुन्ः कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योथ, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योग ।

    जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिने भनेको छ । पहिलो वर्ग ( एसएसडब्लूआई)  का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ र उनीहरु बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउँछन् । दोस्रो वर्ग ( एसएसडब्लू -आईआई)का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ ।

    यसबाहेक समझदारीका अन्य विषयहरुलाई गोप्य राखिएको छ । सबैलाई चासो छ, रोजगारीका लागि जापान कहिलेबाट खुल्छ , यस विषयमा हामीले वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई  प्रश्न गर्‍यौं । जसमा भुसालले खुलाए कि पहिलोपटक जापानले पहिलो लटमा नर्सहरुलाई मात्रै लैजानेछ ।

    भुसालसँग गरिएको छोटो संवादः

    जापान पठाउने नाममा बजारमा ठगी व्याप्त हुँदा वैदेशिक रोजगार विभाग के हेरेर बसेको छ 

    शैक्षिक परामर्श केन्द्र र भाषा सिकाउने संस्थाहरुको नियमन शिक्षा मन्त्रालयले गर्छ । समस्या देखिएपछि शिक्षा मन्त्रालयलाई यसबारे ध्यानाकर्षण सहित अनुगमनका लागि अनुरोध गरिरहेका छौं । हामीले पनि कसैलाई जापानको नाममा ठगिन नदिन सचेतनामूलक जानकारी र सूचनाहरु दिइरहेका छौं । सरकारले कोही पनि युवाले त्यसरी ठगिन नपरोस् भनेर टुंगो लागेका सबै विषय पारदर्शी ढंगले बाहिर ल्याइरहेको छ । जापानसँग भएको ‘सहकार्यको समझदारी’ ले पनि धेरै हल्लालाई चिरेको छ ।

    तर, जापानी भाषा परीक्षाबारे व्यापक अन्योल त छ कायमै छ नि 

    हिजो कति कुरा कुटनितिक महत्वको भएकाले तत्कालै बाहिर ल्याउन असजिलो भएको पनि हो । अब त्यस्तो अवस्था रहँदैन । हामीले जापानको भाषा परीक्षाबारे बजारमा रहेका अन्योल चिर्न सुरु गरिसकेका छौं । अब कसैले भाषाकै अन्योलका कारण ठगिने अवस्था आउने छैन । जापानी भाषा परीक्षाबारे जापान सरकारले हामीलाई पनि भर्खरै स्पष्ट गरेको छ । अब यो सूचना र सन्देश सबैमाझ पुर्‍याइनेछ ।

    जापानको भाषा परीक्षा कोरियन भाषा परीक्षा जस्तै सबै क्षेत्रको लागि एकैपटक हुन्छ कि हुँदैन 

    जापानको हकमा कोरियाको भन्दा फरक हुन्छ । भाषा र सीप परीक्षा १४ ‘क्याटेगोरी’ का लागि अलग-अलग हुन्छन् । सबैको एकैपटक नहुने भनिएको छ ।

    परीक्षा कसरी सञ्चालन गरिन्छ 

    जापान फाउन्डेसनले कामदारको आधारभूत भाषा परीक्षा लिन्छ । परीक्षा अहिलेको कोरियन जस्तो कागजमा हुँदैन, कम्प्यूटरमा आधारित हुन्छ । प्रोमेट्रिकले जाँचको व्यवस्था गर्छ । त्यसमा उत्तीर्ण हुने मात्रै जापान जाने अवसरको लागि योग्य हुन्छन् । र, जापान जान पाउने कामदारको रोस्टरमा नाम दर्ता हुन्छ ।

    यो वर्ष कुन-कुन क्षेत्रमा कहिले-कहिले परीक्षा होला त 

    सम्भवतः आगामी अक्टोबर  (असोज १५ देखि कात्तिक १५)  मा नर्सिङ क्षेत्रको लागि मात्र भाषा र सीप परीक्षा हुन्छ । यसलाई ‘नर्सिङ केयर जापाजिन ल्यांग्वेज इभ्यालुएसन टेस्ट’ भनिनेछ । साधारण जापानीमा लेख्न र बोल्न गर्न सक्नेले यो जाँचमा भाग लिन सक्छ । २० मिनेटको भाषा परीक्षा र ६० मिनेटको सीप परीक्षा हुन्छ । पास भए नभएको परीक्षार्थीले तत्कालै थाहा पाउँछन् । जाँच दिएको दुई हप्तामा जाँचको प्रमाणपत्र प्राप्त हुन्छ ।

    जापानी भाषाको परीक्षा कुन तहको हुन्छ

    हामीलाई प्राप्त अनौपचारिक जानकारी अनुसार ‘एन-४’ तहको भाषा परीक्षा लिइन्छ ।

    एकपटक गएपछि जापानमा कति वर्ष काम गर्न पाइन्छ 

    काम गर्न पाउने अवधिबारे कार्यावधि बन्नेछ । विस्तृत विवरण जापानको श्रम मन्त्रालयको वेबसाइटमा हुन्छ । असल कामदारहरुले अर्को ५ वर्ष काम गर्न पाउँछन् ।

    जापान जान कामदारलाई खर्च कति लाग्ला 

    भाषा र सीप परीक्षाको लागि जम्मा खर्च ४५०० जापानी येनको हाराहारीमा हुन्छ । त्यसबाहेकको खर्च रोजगारदाता र श्रमिकबीचको सम्झौतामा उल्लेख भएबमोजिम हुने हुँदा अहिले यकीन भन्न सकिने अवस्था छैन ।

    कुन योग्यता पुगेका र कति वर्षसम्मका व्यक्ति जान पाउने हो 

    शैक्षिक योग्यता तोकिएको छैन । उमेर १७ वर्ष माथि हुनुपर्छ ।

    यो बर्ष नर्सिङ क्षेत्रमा कति जना जान पाउलान् त 

    जापानले अबको ५ वर्षमा ६० हजार नर्स भित्र्याउने भनेको छ । नेपालबाट कति लैजाने  भन्ने संख्या निश्चित छैन । समानुपातिक हिसाबले पनि बढीमा १३०० जना नर्स एक बर्षमा जान पाउँछन् कि भन्ने अपेक्षा छ ।

    साभारonlinekhabar.com

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution