• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एउटै कण्डमको मूल्य ३ हजारसम्म ! ,यौन खेलौनाको बिक्री बढ्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १९, बुधबार (६ साल अघि)
    47356875_259601524725088_9011639937392443392_n

    Advertisement

    सुवास पण्डित

    चितवन । आठ वर्षअघि नेत्र पौडेलको ओठमाथि जुँगाको रेखी पनि बसेको थिएन । उनी एक मेडिकलमा काम गर्थे । मेडिकलमा कण्डम किन्न आउनेहरु देखेर उनको दिमागमा कण्डमको मात्रै पसल राख्दा के होला भन्ने आइडिया फुर्‍यो । त्यसपछि उनले कण्डम र सेक्स टोयको पसल सुरु गरे ।

    त्यतिबेला तुलसी रिमालले किराना पसल चलाएका थिए । उनी किराना पसलमा पनि कण्डम बेच्थेँ । नेत्र र तिलकले दुबैले सल्ल्लाह गरे- ‘कण्डम हाउस’ खोल्ने । उमेरले काका भतिज जस्ता छन् नेत्र र तिलक ।

    सुरुमा कण्डम पसल खोल्ने भन्दा त्यति राम्रो धारणा अरुको पाएनन् । कतिपयले हाँसेर उडाउँथे । तर, अरुका कुरा नसुनी ८ बर्षअघि सुरु भएको चितवन कण्डम हाउसबाट अहिले नेत्र र तिलकले मनग्ये पैसा कमाएका छन् ।

    साधारणतय मान्छेले कण्डमको मात्रै पसल खोल्छु र बेचेर बस्छु भनेर कल्पना आजको समयमा पनि गर्दैन । कण्डम पनि एक प्रकारको व्यवसाय हो, कण्डम बेचेर पनि मज्जासँग जीविका चलाउन सकिन्छ भन्ने पुष्टि गरेका छन् चितवन कण्डम हाउसका सञ्चालक नेत्र पौडेल र तुलसी रिमालले ।

    यो व्यवसायले निकै सन्तुष्टि दिएको अनलाइनखबरसँगको भेटमा दुबैले बताए । वार्षिक लाखौंको कण्डम र सेक्स टोय -यौन खेलौना) को कारोवार हुन्छ चितवन कण्डम हाउसबाट । सेवा पनि होस् र जीविका पनि चलाउन सकियोस् भन्ने उद्देश्य खोलिएको चितवन कण्डम हाउसले कण्डम बेचेर पनि मज्जासँग जीविका चलाउन सकिने रहेछ भन्ने पुष्टि भएको उनीहरुको तर्क छ ।

    हरेक वर्ष कण्डम र सेक्स टोयहरुको ब्यापार बढ्दै गएकोमा पौडेल र रिमाल दंग छन् । मासिक १५/१६ लाखको कारोवार हुने गरेको छ । कण्डमका विभिन्न भेराइटीहरु र सेक्स टोयका पनि विभिन्न सामाग्रीहरु यहाँ पाइन्छन् ।

    ब्यापार संख्याका हिसाबले कण्डमको बिक्री बढी भए पनि मूल्यका हिसाबले सेक्स टोयको बढी हुने गरेको छ । नारायणगढ पुल्चोकको नजिक नारायणी नदी किनार छेउमा यो पसल छ । सेक्स लुबि्रकेन्टहरु ग्राहकको रोजाइमा परेका छन् ।

    चितवन कण्डम हाउस राजधानी बाहिरको दोस्रो कण्डम हाउस भएको सञ्चालक नेत्र पौडेलको दावी छ ।

    क-कसले किन्छन् सेक्स टोय ?

    पछिल्लो समय आफ्ना यौनसाथी साथमा नभएकाहरूका लागि फलदायी हुने भएकाले पनि सेक्स टोयज (यौन खेलौना) का प्रयोगकर्ता बढ्दै गएको बिक्रेताहरु बताउँछन् । चितवन कण्डम हाउस सञ्चालकका अनुसार हरेक वर्ष सेक्स टोयको ब्यापार बढ्दै गएको छ ।

    विशेष गरी धेरैजसो श्रीमान् श्रीमतीमध्ये एकजना लामो समयसम्म घरबाहिर रहेकाहरूले यस्ता साधनको प्रयोग गर्दै आएका छन् । सेक्सका कृत्रिम साधनहरु, भेजिना, फूलबडीदेखि महिलाहरुका लागि विभिन्न साइजका आफंै भित्र-बाहिर गर्ने लिंग र भाइब्रेटर लिंगहरु पाइन्छन् ।

    कण्डम हाउसमा श्रीमान-श्रीमती नै सेक्स टोय किन्न सँगसँगै आउने गरेको सञ्चालक पौडेलको दाबी छ । ‘६ जोडी सँगै पसलमा आए र रोजेर आफूलाई मन परेको टोय लगे,’ उनले भने, ‘श्रीमान विदेश जाने र श्रीमती घरमा नै बस्ने भएकाले उनीहरुले सहमतिमा नै यौन चाहाना पूरा गर्न सेक्स टोय किन्न आउने गरेको पाएँ ।’

    पौडेलले भने, ‘समाज यतिधेरै आधुनिक र ओपन बनिसक्यो, श्रीमान विदेशमा हुँदा श्रीमती र श्रीमान दुवैका लागि यौन चाहना पूरा गर्न यौन खेलाना किन्न सँगै आउने अवस्था बनेछ । एक ढंगले सोच्दा यो सकारात्मक कुरा नै, सेक्सका कारणले पारिवारिक बिखण्डन नआओस् भनेर सचेत भएको पनि देखियो ।’

    कतिपयले बिदेशबाट श्रीमतीका लागि समेत सेक्स टोय अर्डर गरेपछि आफूहरुले निःशुल्क होम डेलिभरी गरिदिएको सञ्चालक पौडेलले बताए । उनीहरुले नजिक भए आफैं पुर्‍याउने र टाढा भए कुरियर वा गाडीबाट पठाउने गरेका छन् ।

    अधिकांश विवाहित मानिसहरूले यो साधनको प्रयोग गर्ने गरे पनि अविवाहित युवायुवतीहरूले पनि प्रयोग गर्दै आएको चितवन कण्डम हाउसका अर्का सञ्चालक तुलसी रिमालले जानकारी दिए ।

    आफ्नै यौन साथीसँग सन्तुष्ट नभएकाहरूले पनि टोयको प्रयोग गर्ने गरेको उनले बताए । आफ्नो इच्छा अनुसारको साइजमा टोय खरिद गर्न पाइने भएकाले पनि यसको प्रयोगकर्ताहरू बढ्दै गएको उनको भनाइ छ ।

    चितवन कण्डम हाउसमा ३ हजारदेखि १८ हजारसम्म पर्ने सेक्स टोय पाइन्छन् । पुरुषले प्रयोग गर्ने टोयहरुको मूल्य ३५ सयदेखि ४० हजारसम्म पर्छ ।

    कण्डम हाउसका सञ्चालक नेत्रप्रसाद पौडेलका अनुसार यौनजन्य रोगहरू पनि नसर्ने, गोपनियता कायम हुने र प्रयोग गर्न सजिलो हुने भएकाले पनि सेक्स टोय प्रयोगकर्ताहरू बढ्दै गएका हुन् । उनका अनुसार यौनसाथीबाट पाउने मायाबाहेक अन्य चाहना टोयले पूरा गर्छ ।

    सुरूसुरूमा मानिसहरुमा यस्ता साधनबारे खासै जानकारी नभए पनि इन्टरनेट र अन्य माध्यमबाट जानकार हुन थालेका छन् । कतिपयले सेक्स टोयको मूल्यसमेत इन्टरनेटमा हेरेर आउने गरेका छन् । फोन, फेसबुक, भाइबर, इमो लगायतका विभिन्न सामाजिक सञ्चालमार्फत पनि अर्डर गर्ने गरेको उनले बताए ।

    एउटै कण्डमको मूल्य ३ हजार सम्म !

    कण्डम भन्नेवित्तिकै अझै पनि लुकेर किन्न जाने, किन्न डराउने, महिला बसेको पसलमा किन्न हिच्किचाउने चलन छ । तर, कण्डम हाउसमा भने त्यस्तो धक नमानी ग्राहकहरु आउने गरेको सञ्चालक बताउँछन् । विभिन्न विषेशता भएका कण्डमका भेराइटी यहाँ छन् ।

    चितवन कण्डम हाउसमा ३५ देखि ४० प्रकारका विभिन्न साइज र प्रकृतिका कण्डम पाइन्छन् । १० रुपैयाँदेखि तीनहजारसम्म एउटै कण्डमको मूल्य पर्छ । शीघ्र स्खलनलाई रोक्ने, स्किनलेस विषेशता भएका विभिन्न साइजका कण्डमदेखि पुनः प्रयोग गर्न सकिनेसम्मका कण्डम उपलब्ध भएको सञ्चालक पौडेलले बताए ।

    निःशुल्क कण्डमदेखि खुद्रा र होलसेल दुवै तरिकाको ब्यापार चलेको छ । ‘अन्यत्र पसलमा कण्डम किन्न धक मान्नेहरु पनि देखेेको छु,’ सञ्चालक पौडेलले भने, ‘यहाँबाट धक मान्नुपर्दैन, यहाँ कण्डम र सेक्स टोयमात्रै बिक्री हुने भएकाले त्यही नै किन्न आएको हो भन्ने कुरा बुझिहालिन्छ ।’

    उनको पसलमा ५ देखि ७ इञ्चसम्मका ब्याट्रीबाट चल्ने भ्राइबेटर, नर्मल डबल अपडाउन र रोटेट कृत्रिम पुरुष लिङ्ग छन् । तीन हजारमा किनेर ६ देखि ७ महिनासम्म पुनः प्रयोग गर्न सकिने कण्डम पाइने सञ्चालक पौडेलको भनाइ छ । कोरीया, जापान, चीन, मलेसिया लगायतका देशहरुबाट कण्डम र सेक्स टोय ल्याएर बेच्ने गरेको उनी बताउँछन् । कण्डम नेपालमा बन्दैन । प्याकेजिङ मात्रै हुन्छ ।

    चितवन कण्डम हाउसले अर्डर गरेअनुसार सामान भनेकै स्थानमा पुर्‍याइदिने भएकाले पनि खरिदकर्तालाई सजिलो भएको छ । ‘अर्डरकर्ताले फेसबुक फोनबाट सम्पर्क गर्न सक्छन्, हामी होम डेलिभरी दिन्छौं,’ सञ्चालक पौडेलले भने, ‘सामानको रकम हाम्रो एकाउन्टमा हालिदिएपछि, उनीहरुले भनेकै स्थानमा सामान राम्रोसँग प्याकिङ गरेर लगिदिन्छौं, प्रयोगकर्ता को हो, हामी चिन्दा पनि चिन्दैनौं ।’

    ब्यापारीको तर्क- विदेशमा भाँडा माझ्नुभन्दा यही काम ठीक

    देशभित्र केही भएन भन्दै घरपरिवार छाडेर बिदेश जानुभन्दा यस्तो ब्यवसाय गरेर पनि देशभित्रै पैसा कमाउन सकिन्छ भन्ने सन्देश दिनु पनि आफूहरुको उद्देश्य रहेको सञ्चालक नेत्र पौडेल बताउँछन् । ‘चोर्न पो हुँदैन, लुट्न पो हुँदैन, व्यवसाय गरेर खान किन हुँदैन ?’ सञ्चालक पौडेलले भने, ‘कण्डम र सेक्स टोय बेचेर पनि मस्त आम्दानी गर्न सकिन्छ, व्यापार गर्दा लाज किन मान्ने ? विदेशमा भाँडा माझ्नुभन्दा यही काम ठीक ।’

    केही महिनाअघि बिहे गरेका पौडेललाई केटी माग्न जाँदा तपाईं के काम गर्नुहुन्छ भनेर सोधनी भएन भन्ने प्रश्नमा पौडेलले भने, ‘मैले निर्धक्क भने म कण्डम बेच्छु, यो पनि व्यवसाय हो नी ।’ उनी थप्छन्, ‘कमाइ गर्न विदेश होइन, नेपालमै प्रशस्त ठाउँ छ ।’

    सुरुमा यो पेशा गर्दा निरुत्साहित गर्नेहरु समेत अहिले कण्डम किन्न पसलमा आउने गरेका छन् । बाहिर अरुले जेजे भने पनि घरबाट भने सपोर्ट नै भएको सञ्चालक पौडेलले बताए ।

    व्यवसायी तुलसी रिमालका अनुसार कण्डम र सेक्स टोयमा नाफा धेरै छ । बार्गेनिङ खासै हुँदैन ।

    नेपाली समाज कता जाँदैछ ?

    यौनको अस्थायी साधन कण्डमको व्यापार र प्रचार प्रसार त सकारात्मक नै हो । तर, कृत्रिम गुप्ताङ्गहरुको ब्यापारले समाजमा कस्तो प्रभाव पार्दैछ भन्ने प्रश्न उठाएको छ । किनभने, नेपाली समाजले कण्डमको प्रयोगकर्तालाई सभ्य नागरिकका रुपमा स्वीकार गर्न सक्छ । तर, सेक्स टोयको प्रयोगकर्तालाई समाजले सकारात्मक आँखाले हेर्न मान्दैन ।

    नेपाली समाजमा सेक्स टोयको व्यापार बढ्दै जानुले नेपाली समाज कुन बाटोमा अघि बढिरहेको छ भन्ने संकेत गर्छ । यसको बढ्दो प्रयोगले समाजमा पार्ने प्रभावको विश्लेषण गर्ने काम समाजशास्त्रीहरुको हो । किनभने, बढ्दै गएको सेक्स टोयको व्यापारले नेपाली समाजको गम्भीर विश्लेषण गर्नुपर्ने खाँचोलाई औंल्याएको छ । www.onlinekhabar.com

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution