
गोरखा। नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट–आरुघाट–लार्के सडकले हिमालपारिको गाउँपालिका चुमनुब्रीलाई सडक सञ्जालमा जोडेको छ। काम सुरु गरेको दुई वर्षको अवधिमा २६ किलोमिटर छिचोल्दै सडक चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबाससम्म पुगेको सडक निर्माण कार्यदलका प्रमुख इञ्जिनियर मेजर निशान्त क्षेत्रीले जानकारी दिए।तीन किलोमिटर निर्माण गरेपछि गाउँपालिकाको केन्द्र ‘फिलिम’को वारिसम्म सडक पुग्ने मेजर क्षेत्रीले बताए। गाउँपालिकाको केन्द्र भने सो मार्गमा पर्दैन।
सेनाले २०७४ साल बैशाख १४ गतेदेखि लापूको हावाडाँडाबाट यो सडक निर्माण कार्य सुरु गरेको थियो। सडक निर्माणका क्रममा धार्चेको माछाखोलामा बेलीब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बेलिब्रिज बनेपछि तातोपानीसम्म गाडी चल्ने मेजर क्षेत्रीको भनाइ छ।
यस्तै तिब्बतको सीमानामा रहेको लार्के भञ्ज्याङसम्मको सडक सर्भेको काम पनि सकिएको उनले जानकारी दिए। ‘सर्भे सकिएको खण्डको विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) बनाउने काम भइरहेको छ’–उनले भने, ‘सल्लेरीमा तेस्रो क्याम्प खडा गरी ट्रयाक निर्माणको कामलाई तीब्र रुपमा अघि बढाइएको छ।’ यसअघि पहिलो क्याम्प अर्मलामा र दोस्रो क्याम्प माछाखोलामा खडा गरी काम भइरहेको थियो।
चारदेखि आठ मिटर फराकिलो सडकको ठाउँठाउँमा थप सुधारको काम भने बाँकी रहेको क्षेत्रीले बताए। पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाटबाट चीनको सीमासम्म कुल १८० किलोमिटरको सडकको हावाडाँडादेखि लार्केभन्ज्याङसम्म करिब १२० किलोमिटर निर्माण गर्ने जिम्मा नेपाली सेनाले लिएको छ। प्राविधिकसहित सेनाको ८५ जनाको टोली सडक निर्माणमा खटिएको छ। काममा जटिल खालका अ’वरोध नआए अबको तीन वर्षमा चीनको सीमा नाकासम्म ट्रयाक खोल्न सकिनेसेनाका प्राविधिकहरुले दाबी गरेका छन्।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१