
काठमाडौं। टेलिभिजन प्रस्तोता रवि लामिछाने उच्च अदालत पुगेका छन्। चितवन जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्दै लामिछाने उच्च अदालतमा पाटन, हेटौंडा इजलासमा पुगेका हुन् । उनले अदालत पुगेर मंगलबार निवेदन दर्ता गरे ।
फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ ‘क’ बमोजिम साधारण तारेखमा मुद्दा कायम गरिपाउँ भन्दै लामिछानेले निवेदन दर्ता गरेको अदालतका रजिष्ट्रार केशर अर्यालले जानकारी दिए। अर्यालका अनुसार यो निवेदनमाथि बुधबार नै बहस हुनेछ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१