• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    असुरक्षित बन्दै नवलपुर : प्रगतिनगर गोली काण्ड, कहाँ चुक्यो नवलपुर प्रहरी ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक ६, बुधबार (६ साल अघि)
    73324939_2571319299615065_8698934440996372480_n

    Advertisement

    कावासोती । गत शनिवार साझँको ८ बजेको थियो । “ तिहारको झिलिमिलिसँगै प्रगतिनगर चोक वरपरका ब्यवसायिहरु कोही पसल बन्द गर्दै थिए त कोही पसल बन्द गरिसकेका थिए तर म भने पान बनाउनमा ब्यस्त थिए।”घटना स्थल नजिकका पान ब्यवसायीले हाम्रो समाचारदातालाई भने – एक्कासी पटका पड्किए जस्तो आवाज लगातार २ पटक सम्म सुनियो । तिहारको समय छ पटका पड्काए होला भन्ने लाग्यो तर एक्कैछिनमा वरपरका स्थानियहरु मेरै पसल अगाडि दौड्दै आउन थाले र भने भर्खर गोली चल्यो । प्रगतिनगर चोकमा एक्कैछिनमा हल्ला खल्ला हुन थाल्यो । गोली चलाएर एक्कासी भागे भन्ने मात्र सुनियो । तर कति ब्यक्ति थिए को–को थिए भन्ने विषयमा स्थानिय पनि अनविज्ञ थिए । त्यो समय सम्म प्रहरी प्रशासनमा पनि कुनै जानकारी थिएन ।
    घटना घट्नु भन्दा १५ मिनेट अगाडि अस्थाई प्रहरी चौकी दलदलेका प्रमुख अर्जुन रानालाई फोन आयो र भनियो “ म बिरेन्द्र राज काफ्ले । मेरो ज्यानलाई खतरा छ, मलाई सिताराम सहित केहि ब्यक्तिहरुले फोन गरेर भेट्न बोलाएका छन् ।” प्रमुख रानाले फोन गर्ने ब्यक्ति काफ्लेलाई भने “ तपाई अहिले नजानुस् । साँझको समय छ, खतरा हुन सक्छ ।” तर फोन गर्ने ब्यक्ति बिरेन्द्र राज काफ्ले सहित उत्सव आर्चाय फोन गर्ने ब्यक्तिलाई भेट्न प्रगतिनगर चोकमा पुगेछन् – अस्थाई प्रहरी चौकी दलदलेका प्रमुख रानाले बताए ।
    घटना रहस्यमय लाग्यो । घटनाको बारेमा अझै धेरै जानकारी लिने उदेश्यले हाम्रो समाचारदाता जिल्ला प्रहरी कार्यालय नवलपुर पुग्यो । जिल्ला प्रहरी भित्र गोली लागेको बाईक भनेर केहि ब्यक्तिहरु भनिरहेको सुनियो र घटनामा गोली लागेको मोटर साईकल छेउमा समाचारदाता पुगे । जहाँ घटनामा संलग्न रहेको भनिएका विरेन्द्र राज काफ्ले र सिताराम रानाको गाउका स्थानिय पनि थिए । मोटर साईकलको टेङ्की दुबै तर्फ प्वाल परेको थियो । “झट्ट हेर्दा लाग्थ्यो मोटर साईकलको बाँया भाग बाट चलाईएको गोली दायाँ भाग बाट निश्किएको जस्तो ।” घटनामा संलग्न भनिएका ब्यक्तिहरुको गाँउ कै स्थानियहरु भेटिसकेपछी हाम्रो समाचारदाताले उनिहरुसँग बुझ्न थाले । स्थानियहरु भन्दै थिए – “ यो मोटर साईकल बिकास गुरुङको  हो । उ सँगै राना कान्छा (सिताराम राना) पनि थियो । राना कान्छा र बिरेन्द्रको दशैको बेला गाँऊमा जो पिङ् खेल्दा सामान्य झगडा भएको थियो । बिकास दशैको समयमा घर आएको बेला २ जना सँगै पिठौलीतीर रमाईलो गर्न गएछन् । राना कान्छाले बिकासलाई, बिरेन्द्रले दशैमा पिटेको कुरा भनेछ अनि बिकासले फोन गरेर किन कुटिस् कान्छालाई भन्दा फोनमा नै २ जनाको झगडा परेछ । अनि प्रगतिनगरमा आएर लडेछन् ।” त्यति सुनाएपछी स्थानिय युवाले भन्न चाहेनन् । हामीलाई जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले घटनाको विषयमा प्रहरीसँग प्राप्त जानकारी दिदै भने “ घटना कात्तिक २ गते साँझको हो, घटनामा २ पक्ष रहेछन् । सिताराम राना, बिकास गुरुङ एक पक्ष देखियो भने अर्को तर्फ बिरेन्द्र राज काफ्ले र उत्सव आर्चायको नाम आएको छ । घटना घटिसकेपछि बिरेन्द्र राज काफ्ले सहित उत्सव आर्चाय  प्रहरी कार्यालयमा पुगी आफूहरु माथि ज्यान मार्ने किसिमले २ ब्यक्तिहरु आएर धारीलो हतियार सहित कुटपिट गरेको निवेदन दिए । त्यस पश्चात विरेन्द्र राज काफ्लेको प्रहरी कार्यालय नजिक नै रहेको एक अस्पतालमा उपचार गरीयो र घर पठाईयो । त्यस लगत्तै अस्थाई प्रहरी चौकी दलदलेका प्रमुख सहित केहि प्रहरी बिरेन्द्र राज काफ्लेले दिएको निवेदनको आधारमा सिताराम राना र बिकास गुरुङको खोजीमा राति नै निश्कियो । खोजि गर्दै जादा कात्तिक २ गते नै रातको समयमा पिठौलिको बाटोमा गोली लागेको मोटर भेटियो । त्यस पश्चात उनिहरुको खोजिमा प्रहरी नवलपुरको विभिन्न स्थानमा पुग्यो । रातको समयमा नै प्रहरीले उनिहरुलाई भेटेर सोधपुछ गर्न थाल्यो । सोधपुछको क्रममा विरेन्द्रराज काफ्ले र उत्सव आर्चायको समुहले गोली चलाएको बयान सिताराम र बिकासले दिए । त्यस पश्चात बयान दिने २ ब्यक्ति सहित मोटर साईकल जिल्ला प्रहरी कार्यालय नवलपुर ल्याईयो र गोली चलाईएको स्थानमा प्रहरीको टोली पुग्यो । घटना स्थलमा केहि पेट्रोल पोखिएको देखिन्थ्यो । प्रहरीले गोली लागी प्वाल परेको मोटर साईकल बाट चुहिएको हुन सक्ने अनुमान लगायो । अनि बिरेन्द्र राज काफ्ले र उत्सव आर्चायको खोजिमा प्रहरी हिड्यो । तर प्रहरीले उनिहरुलाई भेट्न सकेको छैन खोजि गरीरहेका छौँ । घटनाबाट गोलीको खोका पनि भेटिएको छ ” डिएसपि रानाभाटले बताए । लगत्तै समाचारदाताले प्रश्न राखे कुन बन्दुक रहेछ सर ? जवाफमा रानाभाटले भने “ अनुशन्धान भैरहेको छ, एउटा खोका भेटिएको छ । सोधपुछ गर्दा एक राउण्ड हवाई फाएर र अर्को मोटर साईकलको टेङ्किमा लागेको बताएका छन् । त्यसैले अर्को पक्ष नभेटिदा सम्म कसले चलायो भन्न सकिदैन । उनिहरुलाई हामि खोजिरहेका छौँ । थप केहि सुचना थाहा पाएमा हामि तपाईहरुलाई जानकारी गराउँछौँ।”
    प्रहरीले अहिले पनि अनुशन्धान गरीरहेको बताएको छ । फरार भनिएका ब्यक्तिहरु प्रहरी सम्र्पकमा छैनन् । घटना घट्नुभन्दा अगाडी नै प्रहरीलाई आफूँ असुरक्षीत रहेको जानकारी गराएका ब्यक्ति, जो घटना लगत्तै प्रहरी कार्यालय पुगेर निवेदन पनि दिएका छन् । अहिले उनिहरु नै प्रहरी सम्र्पकमा नआएको देखिएको छ , यसमा प्रहरीको कमोजोरी देखिन्छ । प्रहरीले सोधपुछ गर्दा बिकास र सितारामले डरकोे कारणले आफूँहरुले प्रहरीलाई खवर नगरेको बताएका छन् । अब फरार रहेका बिरेन्द्रराज काफ्ले र उत्सव आर्चाय प्रहरी सम्र्पकमा आईसकेपछि बाँकि विषयमा स्पष्ट हुने देखिन्छ ।
    यस घट्ना घट्नु भन्दा अगाडि देखिनै प्रहरीलाई खबर हुनु र घटना घटि सकेपछि पनि प्रहरी सम्र्पकमा रहेको दुबै पक्षलाई गम्भिर अनुशन्धान गर्न नसक्नु प्रहरीको ठुलो कमजोरी देखिएको छ । यसले जिल्लाको सुरक्षामा थप चुनैति थपेको छ ।

    -आजको नमुना सन्देश साप्ताहिकमा समाचार छ । –

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution