


कावासोती । कावासोती नगरपालिका न्यायिक समिति र मेलमिलापकर्ता बिच अन्र्तक्रिया कार्यक्रम आज कावासोतीमा भएको छ । न्यायिक समिति र मेलमिलापकर्ता मार्फत भएका कार्यहरुलाई अझै कसरी उत्कृष्ट बताउदै जान ,भएका कमिकमजोरीहरुलाई हटाउदै राम्रा अभ्यासहरुलाई निरन्तरता दिनका लागि अन्र्तक्रिया कार्यक्रम गरिएको न्यायिक समति सदस्य आनन्द श्रेष्ठले बताउनुभयो ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै न्यायिक समितिका संयोजक एवं कावासोती नगरपालिका उप प्रमुख पे्रमशंकर मर्दनिया थारुले न्यायिक समिति र मेलमिलापकर्ता बिच नङ र मासुको जस्तै अन्र्तसम्बन्ध रहेको बताउनुभयो ।
अन्र्तक्रिया कार्यक्रममा कावासोती नगरपालिकामा सुचिकृत मेलमिलापकर्ताको सहभागिता रहेको थियो । कावासोती नगरपालिकामा ९६ जना मेलिमिलापकर्ता सुचिकृत रहेका छन् । यसै बिच आजनै कावासोती नगरपालिकाबाट ६ जना मेलमिलापकर्ताका जिल्ला प्रतिनिधि छनौट गरिएको छ । प्रतिनिधिमा चेत बहादुर अधिकारी, लिला भण्डारी सिता पंगेनी, लक्ष्मि सुनार ,बिमला चौधरी, र हुपनारायण न्यौपाने चयन हुनुभएको न्यायिक समिति सदस्य आनन्द श्रेष्ठले बताउनुभयो ।
कार्यक्रम कावासोती नगरपालिका मेलमिलाप समाजका अध्यक्ष खेम प्रसाद काफ्लेको अध्यक्षता एवं न्यायिक समिति संयोजक तथा उप प्रमुख पे्रम शंकर मर्दनिया थारुको प्रमुख आतित्थ्यतामा भएको थियो । कार्यक्रममा मेलमिलापकर्ता समाज नवलपुरका अध्यक्ष ज्ञान प्रसाद डुमे्र, न्यायिक समिति सदस्य आनन्द श्रेष्ठ ,मिरा श्रेष्ठ लगाएको उपस्थिति रहेको थियो ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१