


दयाराम आचार्य

कावासोती । नारायणी नदिमा हाम फालेर एक जना युवा वेपत्ता भएका छन् । नवलपरासी पूर्व नवलपुरको गैंडाकोट नगरपालिका –२, स्थित नारायणी पुलबाट हाम फालेर एकजना युवा वेपत्ता भएका हुन । आज पुलबाट हाम फालेर अन्दाजी २२ वर्षका युवा नारायणी नदिमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो । नारायणी नदिमा हाम फाल्ने पुरुषको नाम ठेगाना खुल्न नसकेको उहाँले बताउनुभएको छ । नारायणी नदिमा हामफालेका युवाको खोजीकार्य भईरहेको समेत उहाँले बताउनुभयो । पछिल्लो केही महिना यता नारायणी नदिको पुलबाट नदिमा हाम फाल्ने घटना बढेको छ । नारायणी पुलबाट नदिमा हामफाल्ने घटना बढनथालेपछी यसलाई सूरक्षित बनाउनुपर्ने आवाज उठन थालेको छ । पुलको दुवै तर्फ जाली लगाएर यसलाई सूरक्षित बनाउनुपर्ने आवाज उठन थालेको प्रहरी नायव उपरीक्षक रानाभाटले बताउनुभयो ।नारायणी नदिको पुलबाट हाम फालेर आत्महत्या गर्ने क्रमबढदै जादा यसले सूरक्षामा समेत चुनौती थपेको उहाँले बताउनुभयो ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१