• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण १८, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

२

दाउन्ने क्षेत्रको सडकमा ढलान

३

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

४

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

५

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

६

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

७

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

८

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

९

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

१०

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

११

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

१२

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपालकै सरकारी नक्सामा लिपुलेक र कालापानी नरहेको तथ्य सार्वजनिक

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक २७, बुधबार (५ साल अघि)
    map

    Advertisement

    काठमाडौँ। संसदको राज्यव्यवस्था समितिको बैठकले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको सीमा विवादबारे पछिल्लो पटक सार्वजनिक भएका घटनाक्रमलाई सरकारले गम्भीरतापूर्वक लिएको र यसबारे भारतसँग वार्ताको तयारी भइरहेको बताएका बेला संसदको राज्य व्यवस्था समितिले नेपालले औपचारिक रुपमा प्रयोग गर्दै आएको नक्शा त्रुटीपूर्ण रहेकोले सच्याउन निर्देशन दिएको हो ।

    समितिकी सभापति शशी श्रेष्ठले सीमानाको रक्षाका लागि सुरक्षा विस्तार गर्नुका साथै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्शा जारी गर्न सरकारलाई निर्देशन दिइएको बताउनुभयो ।

    संसदको राज्य व्यवस्था समितिले भारतले नेपाली भूभागलाई आफ्नो क्षेत्रमा पारेर जारी गरेको नक्साबारे सोधपुछका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाकेको थियो । तर बालुवाटारमा आफ्नो पार्टीको सचिवालय बैठकमा उपस्थित प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा उपस्थित हुनुभएन ।

    पार्टीको सचिवालय बैठकमा भने ओलीले सीमा विवादलाई सरकारले गम्भीर रुपमा लिएको र यसबारे भारतसँग वार्ताको तयारी पनि भइसकेको जानकारी गराएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाशले जानकारी दिनुभयो ।

    छिमेकी राष्ट्र भारतले सीमानाबारे जहिल्यै बखेडा झिक्ने गरेकोले यसपटक यो विषयलाई अन्तराष्ट्रिय करण गरेर नेपालले न्याय खोज्नुपर्ने आवाज उठिरहेको छ । तर पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपाका अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसमा सहमत हुनुहुन्न ।

    राज्य व्यवस्था समितिको बैठकमा सहभागी दाहालले अहिले नै सीमा विवादको विषय अन्तराष्ट्रियकरण गर्न नहुने धारणा राख्नुभयो । उहाँले अहिले गम्भीरतापूर्वक भारतसँग कुटनीतिक पहल गरिनुपर्ने बताउनुभयो ।

    अहिले भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूभाग हडप्न खोजेको भन्दै नेपालमा विरोध चर्केको छ । तर नेपाले आफैले प्रयोग गर्दै आएको निशान छापमा अंकित नक्शामा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी नरहेको तथ्य पनि आजै राज्य व्यवस्था समितिको बैठकमार्फत सार्वजनिक भएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • दाउन्ने क्षेत्रको सडकमा ढलान

  • गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • Advertisement

    समाचार
  • १

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • २

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ३

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • ४

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ५

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • ६

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ७

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ८

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ९

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • १०

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution