पोखरा, २८ कात्तिक । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा पुगेका छन् । पोखरा पुगेका हमिदले फेवातालमा जलविहार गरेका छन् ।
नेपाल प्रहरीको डुंगामा उनले फेवातालमा जलविहार गरेका थिए। नेपाली सेनाको हेलिकप्टर मार्फत पोखरा आएका उनी आज नै रुपाकोट जाने कार्यक्रम रहेको छ ।
पोखरा विमानस्थलमा उनलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, सभामुख नेत्रनाथ अधिकारी, अर्थमन्त्री किरण गुरुङ लगायतले स्वागत गरेका थिए।
उनी आजै चार बजे काठमाडौं फर्कने छन्।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१