
४९ वर्षीया मुना कार्कीको घरमा काम गर्न राखिएका सहयोगीबाट घरभित्रै ह’त्या भएको छ।१२ वर्षदेखि घरेलु कामदार बसेका दाङ लमहीका विजय चौधरीले कार्कीको ह’त्या गरे’को प्रहरीले पुष्टि गरेको छ । २२ वर्षीय चौधरी पनि सँगै मृ’त भेटिएका छन् ।
सानेपास्थित कार्की निवासको डाइनिङ हलमा सोमबार बिहान दुवैको श’व भेटिएको हो । कार्कीको श’व टाउकोमा गम्भी’र चो’ट लागेको र अनुहार कपालले छोपिएको अवस्थामा थियो ।चौधरीको घाँ’टीमा पा’सो लागेको र डोरी चुँडिएको अवस्थामा थियो ।
अनुसन्धानमा संलग्न अप’राध अनुसन्धान महाशाखाका एसपी मुकेशकुमार सिंहले कार्कीको ह’त्या चौधरीले नै गरेको पुष्टि भएको बताए ।‘हामीले सिसिक्यामेरा फुटेज अध्ययन गयौँ । फुटेज अध्ययन गर्दा कार्कीको ह’त्या चौधरीले नै गरेको देखिन्छ, कन्फ्युजन हुनुपर्ने अवस्था छैन,’ एसपी सिंहले भने, ‘तर, घट’नाको कारण बुझ्न सकिएको छैन । हामी अध्ययन गर्दै छौँ।’
आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेको समाचार अनुसार कार्कीको ब’लात्कारपछि ह’त्या भएको हुन सक्ने आ’शंका प्रहरीले गरेको छ।
प्रहरीका अनुसार घट’नास्थल मुचुल्काका क्रममा चौधरीको अन्डरवेयरभित्र वी’र्यजस्तै देखिने चिप्लो पदार्थ भेटिएको छ । अन्डरवेयरको केही भागमा र’गत लागेको पनि देखिएको छ । मृ’तक कार्कीको मासिक चक्रकै वेला रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
‘चौधरीको अन्ड’रवेयरमा शंका’स्पद वस्तु फेला परेका छन् । तर, परीक्षण हुन सकेको छैन,’ महाशाखाका प्रवक्ता एसपी सिंहले भने, ‘झु’न्डिएको मान्छेको शरीरको कुनै अंगबाट तरल पदार्थ निस्किनु स्वाभाविक पनि हुन सक्छ । त्यसैले थप अनुसन्धान आवश्यक छ।’
कार्की निवासमा मूलगेट र भान्छाअगाडि प्यासेजमा सिसिक्यामेरा जडान छ । घट’नाको अनुसन्धान गर्न प्रहरीलाई तिनै सिसिक्यामेरा फुटेजले सहज बनायो । प्रहरीका अनुसार बिहान करिब ९ बजे विजय चौधरी घरको मूलगेटमा देखिन्छन् । गेटमा उनले कसैलाई बिदा गरिरहेको देखिन्छ । गेट बन्द गरेर उनी सरासर घरभित्र छिर्छन् । मुना कार्की १०: ०० बजे भान्छामा काम गरिरहेकी देखिन्छिन्।
एकसुरमा काम गरिरहेकी कार्कीको पछाडि चौधरी खल्तीमा हात हाल्दै ओहोरदोहोर गरिरहेका देखिन्छन् । १०: १० बजे चौधरीले कार्कीलाई पछाडिबाट डोरीले घाँ’टीमा अँठ्या’उँछन् ।करिब १३ मिनेटसम्म भुइँमा दबा’एर राख्छन् । त्यसपछि चौधरीले सातपटकसम्म पिर्काले हान्छ’न् । सिसिक्यामेरामा पिर्का उठाएको देखिए पनि बजारेको भाग देखिँदैन । कार्कीको टा’उकोमा रग’तको भ’ल बग्ने गरी चोट लागेकाले पिर्काले नै हानेको प्रहरी निष्कर्ष छ ।
कार्कीको मृ’त्युपछि चौधरी श’व छोडेर ११: ०८ बजेसम्म घरभित्रै डुलिरहेका देखिन्छन् । त्यसपछि उनी भर्याङ चढे, रेलिङमा पा’सो लगाएर झुन्डि’ए । तर, पासो बलियो नहुँदा चुँडियो । उनी भुइँमा पछारिए । चो’टका कारण उनको पनि मृ’त्यु भयो।
सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले आर्थिक, यौ’न, ला’गुऔषध र म’नोवैज्ञानिक कारण घरेलु कामदारबाटै ह’त्याका घ’टना हुने गरेको बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१