• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ७, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अब्बल बन्दै सामुदायिक विद्यालय

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २, सोमबार (७ साल अघि)
    namuna post news cover

    Advertisement

    रासस

    घोराही । दाङको घोराहीस्थितमाध्यामिक विद्या पद्मोदय नमूना लयमा अहिले करीब पाँच हजार विद्यार्थी नियमित अध्ययनरत छन् । सामुदायिक विद्यालयमा यति धेरै विद्यार्थीको सङ्ख्या सायदै कुनै विद्यालयमा होला । प्रत्येक दिन हाजिरी हुने र अध्यापन गराउने शिक्षक पौने दुई सय पुगिसकेका छन् ।

    पछिल्लो समय सामुदायिक विद्यालयको सङ्ख्या बढ्नुको साटो मर्ज हुँदैछन । कारण एउटा मात्रै छ । शैक्षिक गुणस्तरको सवाल । फलस्वरुप सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास घट्दो छ । तर, पद्मोदयले विद्यार्थी र अभिभावक दुवैको विश्वास जितिसकेको छ ।

    गुणस्तरीय शिक्षा र भौतिक सुविधाले सम्पन्न पद्मोदयमा प्रत्येक वर्ष विद्यार्थीको भर्ना दर बढिरहेको विद्यालय प्रशासनले जनाएको छ ।

    विद्यालयस्तरको मानक मानिएको एसइइमा पद्मोदयको नतिजा हेर्ने हो भने कुनै सुविधा सम्पन्न नाम चलेको निजी विद्यालयभन्दा कम छैन । सामुदायिक स्कूल भन्नासाथ नाक खुम्च्याउने अभिभावकका लागि पद्मोदय अहिले आकर्षणको केन्द्र बनेको छ ।

    प्ले ग्रुपदेखि कक्षा १२ सम्म सञ्चालित पद्मोदयमा विद्यार्थीको चापलाई व्यवस्थापन गर्न आधारभूत तहका कक्षालाई करिब ३७ वटा शाखामा बाँडिएको छ । निजी विद्यालयको हालिमुहाली रहेको दाङमा पद्मोदयले आफूलाई गर्व गर्न लायक पहिचान बनाएको शिक्षाप्रेमीले बताउने गरेका छन् ।

    विद्यालयका प्रधानाध्यापक डा कृष्णराज डिसी सरकारी विद्यालय भए पनि अङ्ग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने गरेको बताउँछन् ।उनका अनुसार विद्यार्थी, अभिभावकको चाहनालाई ध्यानमा राखेर आफूले प्ले ग्रुपदेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सञ्चालन गरेको र कक्षा ६ देखि १२ सम्म नेपाली माध्यमबाट पनि पढाइ भइरहेको छ ।

    यस्तै, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा, इलेक्टिक इञ्जिनीयर, जुनियर कम्प्युटर इञ्जिनीयर, कम्प्युटर इञ्जिनीयर, सोसल मुभिलाइजरलगायतका विषय सञ्चालित छन् । विद्यालयले आगामी शैक्षिकसत्रदेखि अटोमोबाइल ओभरसिएर, वन विज्ञान, सिभिल इञ्जिनीयर, कृषि विज्ञानलगायतका विषय सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

    अन्य सामुदायिक र निजी विद्यालयका शिक्षक विद्यार्थी खोज्न गाउँगाउँ पुग्छन् तर पद्मोदयले भने विद्यार्थी खोज्ने होइन कि भर्ना हुन आउने विद्यार्थीको प्रवेश परीक्षा लिएरमात्र विद्यालयमा भर्ना गर्ने गरेको छ ।

    ‘हामीले जुनसुकै कक्षाका विद्यार्थीको प्रवेश परीक्षा लिन्छौँ’, प्रअ डिसीले भनिन् , ‘अनुत्तीर्ण हुने विद्यार्थीले विद्यालयमा भर्ना पाउँदैनन् ।’ अन्य विद्यालयको तुलनामा अब्बल बन्ने प्रयासस्वरुप यो वर्षदेखि मन्टेश्वरी कक्षा पनि सञ्चालन गरिरहेका प्रअ डिसीले बताए ।

    विद्यालयको आफ्नै स्कूल बस, सुविधा सम्पन्न भवन, पुस्तकालय, इलाइब्रेरी छन् । समग्रमा विद्यालयसँग अहिले करिब एक अर्बको सम्पति भएको प्रअ डिसीको अनुमान छ ।

    पद्मोदय मात्र होइन, घोराही बजार नजिकै रहेको अर्को सामुदायिक विद्यालय रझेना उमावि पनि एउटा सफल सरकारी विद्यालय हो भन्दा फरक नपर्ला । प्ले ग्रुपदेखि १२ सम्म सञ्चालित विद्यालयमा करिब एक हजार २०० विद्यार्थी अध्ययनरत छन् । यही तथ्याङ्कलाई हेर्दा एउटा कक्षामा कम्तीमा १०० जना विद्यार्थी छन् ।

    विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेका अनुसार रझेना उमाविमा पनि अभिभावक र विद्यार्थीको चाहनाअनुरुप अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ सञ्चालन भइरहेको छ ।

    रझेना उमावि विद्यार्थीले भरिभराउ मात्र होइन, भौतिक पूर्वाधारले पनि सुविधा सम्पन्न भएको विद्यालय रहेको प्रअ न्यौपानेले बताउँछन् । ‘हाम्रो विद्यालयमा खानेपानी, शौचालय, छात्राको लागि सुविधा सम्पन्न शौचालय, पुस्तकाय र दुई वटा स्कूल बस पनि छ’, उनले भने, ‘प्रत्येक विद्यार्थीको हाजिरी शिक्षक, अभिभावक र विद्यार्थी स्वयंले हेर्न मिल्ने इशिक्षाको व्यवस्थासमेत गरेका छौँ ।’

    विद्यालय सफल हुनुका मुख्य कारण अभिभावकको विश्वास, शिक्षकको मिहेनत र लगनशील भएको उनले बताए । तर, शिक्षक अभिभावकलाई अभिप्रेरणा गर्ने जिम्मेवारी भने नेतृत्वको हिसाबले आफूले नै लिने उनले बताए । अहिले विद्यालयको सम्पूर्ण विद्यालय व्यवस्थापन र प्रशासन क्षेत्र गुणस्तरीय शिक्षा दिन र विद्यार्थीको सङ्ख्या बढाउन केन्द्रित रहेको उनको भनाइ छ ।

    यस्तै अर्को नमूना सामुदायिक विद्यालयका रुपमा लमही नगरपालिकामा रहेको आदर्श माध्यामिक विद्यालय देउपुर पनि हो । गत वर्ष विद्यालयको स्तरलाई मापन गर्दै केन्द्रबाटै नमूना विद्यालय घोषितको थियो । हाल करिब दुई हजार विद्यार्थीलाई नियमित अध्ययन गराइरहेको माविमा अहिले नर्सरीदेखि कक्षा १२ सम्म पढाइ भइरहेको छ ।

    नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट अध्ययन अध्यापन गराइरहेको विद्यालयको भौतिक संरचना पनि पुग्दो छ । प्रत्येक वर्ष लिइने एसइइमा पनि आफूहरुले राम्रो नतिजा ल्याइरहेको विद्यालयका प्रअ शशीधर ज्ञवालीले जानकारी गराए । प्रअ ज्ञवालीले सरकारी विद्यालयलाई सुधार गर्नका लागि राज्यको प्रष्ट नीति नियम बन्नुपर्ने सुझाव औँल्याए ।

    उनले राज्यका सरकारी कर्मचारी, नेता, बुद्धिजीविले आफ्नो बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गरेमात्रै पनि सरकारी विद्यालयको आफैँ सुधार भएर जाने दाबी गरे ।

    यस्तै विद्यालयमा गरिने अनावश्यक राजनीतिले पनि विद्यालयको सुधार हुन नसकेको उनको भनाइ छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ५ सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution