
देशमा बस्ने राम्रो सम्भावना छैन भन्दै नेपाली चलचित्र जगतका धेरै नायक नायिक प्रावसिने चलन रहेको छ । नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेको समाचार छ । उनी लामो समयसम्म नेपाली राजनीतिमा सक्रिय महिला हुन् ।
पिता गिरिजाप्रसाद कोइरालाको निधनपछि सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् । बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा दिएकी छिन्।
अहिले सुजाताले नेपाल छाड्ने योजना बनाएकी छिन् । बेलायत गएर आफ्ना छोरी ज्वाइँसँग बस्ने योजना बनाएकी हुनाले उनले देश छोड्न लागेकी हुन् । त्यसका लागि सुजाताले काठमाडौँस्थित बेलायती दूतावासमा दश वर्षे भिसाका लागि आवेदन दिएकी छिन्।
बेलायतले सामान्यतय नेपालीलाई दश वर्षे भिसा नदिने भए पनि सुजाताले विभिन्न ‘च्यानल’ मार्फत यसका लागि पहल गरिरहेको समाचारमा उल्लेख छ । प्रवेशाज्ञा मिल्नासाथ उनी मुख्य वासस्थान बेलायतलाई बनाउने गरी देश छाड्ने तयारीमा रहेकी छिन् । आजको घ’टना र विचार साप्ताहिकमा छापिएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१