


कावासोती । पूर्बि नवलपरासीको मध्यबिन्दु नगरपालिकाको बिभिन्न वडामा आज शनिबार राहात वितरण भएको छ । लकडाउनका कारण कतिपय विपन्न र दैनिक ज्यालामजदुरी गर्ने परिवारको घरमा चुल्हो वल्न नसकेको अवस्थामा नेपाल तरुण दल नवलपुरका जिल्ला सभापति सुर्य गुरुङ र निमार्ण ब्यवसायी सघँ नवलपुरका जिल्ला उपाध्यक्ष हेमुशंकर देवकोटाले राहात वितरण गरेका हुन् । मध्यबिन्दु १५ भिउरानमा रहेको महाराजा क्रसर उद्योगका सञ्चालक समेत रहेका गुरुङ र देवकोटाले मध्यबिन्दु ११ मा रहेको २६ विपन्न परिवार र मध्यबिन्दु १२ को २५ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । चामल ८ किलो, दाल १ किलो र नुन १ किलोको दरले यी विपन्न परिवारलाई सहयोग गरेको सुर्य गुरुङले बताए ।










मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१