• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ५, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विनयी खोलाबाट वार्षीक चार लाख २७ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न सकिने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ मंसिर १४, आईतबार (५ साल अघि)
    inbound6826846405274327331

    Advertisement

    तिर्थराज डुम्रे
    चोरमारा । विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोला र गंगटे खोलाबाट अगामी दुई वर्ष सम्म प्रति वर्ष करिव चार लाख ५० हजार घनमिटर नदीजन्य पदार्थ संकलन तथा उत्खनन् गर्न मिल्ने प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदनले देखाएको छ ।


    प्रारम्भिक प्रतिवेदन तयार गर्न विनयी खोलालाई ६ खण्डमा विभाजन गरिएको थियो भने गंगटे खोलाको बगर क्षेत्रमा वातावरणीय परीक्षण गरिएको थियो । प्रतिवेदन अनुसार विनयी खोलाको ६ वटा खण्डबाट जम्मा चार लाख २७ हजार ६ सय ७९ दशमलव ४४ घनमिटर र गंगटे खोलाबाट २१ हजार ९ सय १५ दशमलव ३३ घनमिटर गरि कुल चार लाख ४९ हजार ६ सय ५४ दशमलव ७७ घनमिटर नदीजन्य पदार्थ संकलन तथा उत्खनन् गर्न मिल्छ ।


    वातावरणीय परीक्षणको क्रममा विनयी खोलालाई ६ खण्डमा विभाजन गरिएको छ । जसमध्ये विनयी खोलाको हाइवे पुल तलबाट ईट्टा भट्टा सम्मबाट ५४ हजार सात सय ८२ दशमलव ४७ घनमिटर, विनयी खोलाको हाइवे पुल माथिबाट सि.जी. सिमेन्ट उद्योग पूर्व सम्मबाट ७६ हजार पाँच सय ६६ दशमलव ८० घनमिटर, विनयी खोलाको चोखाघाट देखि महाविर क्रसर पश्चिमसम्म ७४ हजार दुई सय ७६ दशमलव ७० घनमिटर, विनयी खोलाको महाविर क्रसर पश्चिमदेखि सिलौटेघाट पुल तलसम्म ८१ हजार घनमिटर , विनयी खोलाको सिलौटेघाट पुलबाट माथि देखि दुम्कट्टा पुच्छरसम्म र विनयीखोलाको गौरीझोक पुच्छर देखि मसान मजुवा सम्म ७६ हजार ६ सय २३ दशमलव ६० घनमिटर नदीजन्य पदार्थ संकलन तथा उत्खनन् गर्न मिल्नेछ ।


    विनयीत्रिवेणी गाउँपालिकाको विनयी खोला र गंगटे खोलाबाट नदीजन्य पदार्थ संकलन तथा उत्खनन्को लागि तयार पारिएको वातावरणीय परीक्षण अध्ययनको मस्यौदा प्रतिवेदनको आज सार्वजनिक सुनुवाई गर्दै सो जानकारी दिइएको हो ।
    विगतमा जिल्ला समन्वय समिति मार्फत वातावरणीय परीक्षण गरि स्वीकृत हुदै आएकोमा वातावरण संरक्षण नियावली, २०७७ ले वातावरणीय परीक्षणको लागि स्थानीय तहले कार्यविधि निर्माण गरी स्वीकृत गर्ने अधिकार प्रत्यायोजन गरेको छ । सोही अधिकार बमोजिम विनयी त्रिवेणी गाउँकार्यपालिकाले कार्यावधि पास गरी वातावरणीय परीक्षण गरेको हो । दैनिक तिन सय घनमिटर भन्दा कम उत्खनन् गर्नको लागि वातावरणीय परीक्षण गर्नुपर्ने प्रावधान छ ।

    हाइवे पुलबाट दक्षिण तर्फ एक किलोमिटर र उत्तर तर्फ पाँच सय मिटर सम्मको क्षेत्रमा उत्खनन् गर्न नपाईने प्रतिवेदन तयार गर्ने पिस रिसर्च एण्ड डेभलपमेण्ट प्रा.लि.का विश्व केसीले जानकारी दिनुभयो । प्रतिवेदनमा उत्खनन् कार्यको लागि कामदार वा व्यक्तिबाट सामान्य औजार जस्तै साबेल, हथौडा वा त्यस्तै औजारको प्रयोगबाट उत्खनन् गर्ने, ठुलाठुला मेशिनरी डोजर, ब्याक आदी प्रयोग गर्न निषेध गर्ने उल्लेख छ । केसी अनुसार वातावरणीय हिसावले संवेदनशील क्षेत्रहरु भन्दा २० मिटर परबाट मात्र उत्खनन् गर्ने, तटबन्धनबाट कम्तीमा पचास मिटर छाडेर मात्र संकलन तथा उत्खनन् गर्ने, नदीमा पानी भैइरहेको वा बगिरहेको क्षेत्रबाट श्रोत ननिकाल्ने, नदीको धार परिवर्तन हुनेगरी श्रोत संकलन नगर्ने, नदीको पानीको सतह भन्दा गहिरो हुने गरी श्रोत उत्खनन् नगर्ने लगायतको संकलन, उत्खनन् र ढुवानी (कार्य र विधि) तय गरिएको छ ।

    प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीले कार्यविधि अनुसार काम भए नभएको भन्ने विषयमा समुदाय स्वयम् पनि जिम्मेबार बन्न आवश्यक रहेको बताउनुभयो । खोलामा कति लम्बाईमा कति गहिराई सम्म कहाँ कहाँबाट नदीजन्य पदार्थ उत्खनन् गर्न पाइन्छ भन्ने विषय उल्लेख भएको भन्दै उहाँले सोको अध्ययन गरी आवश्यक सुझावहरु दिन समेत आग्रह गर्नुभयो ।


    गाउँपालिका उपाध्यक्ष एवम् पालिका स्तरिय अनुगमन समितिका संयोजक मिनाकुमारी रानाले सबैपक्षको सहयोगले वातावरणीय रुपमा कुनैपनि हानी नहुनेगरी नदीजन्य पदार्थ उत्खनन् गर्न सकिने बताउनुभयो । त्यसको लागि गाउँपालिकाले तय गरेको कार्यविधि, वातावरीणय परिक्षण अध्ययन प्रतिवेदन अनुसार काम गराउन ठेक्केदार कम्पनीहरु संग गाउँपालिकाको तर्फबाट नियमित अनुगमन र सुझाव पेश गरिने उहाँले बताउनुभयो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले विगतमा जिल्ला समन्वय समितिमा रहेको अधिकार अहिले स्थानीय तहमा आएको यसरी सार्वजनिक सुनुवाई गर्दा स्थानीयलाई पूर्वसुचना हुने भन्दै कार्याविधि निर्माणमा केही ढिलाई भएकोले वातावरणीय परीक्षणमा ढिलाई भएको बताउनुभयो । गाउँपालिकाको मुख्य स्रोतको रुपमा रहेको नदीजन्य पदार्थको ठेक्का प्रक्रियाको लागि गाउँपालिकाको तर्फबाट प्रक्रियालाई चाडो अगाडी बढाइरहेको उहाँले बताउनुभयो । सार्वजनिक सुनुवाईमा स्थानीयहरुले खोलाबाट उत्खनन् गर्न पाइने चौडाई र गहिराई सहितको विषयमा जिज्ञासा राखेका थिए । अब अन्तिम प्रतिवेदन तयार भएपछि गाउँकार्यपालिकाबाट स्वीकृत गरिनेछ ।

    सार्वजनिकि सुनुवाई कार्यक्रममा गाउँकार्यपालिकाका सदस्य, नदी आसपासका स्थानीय सामुदायिक वनका प्रतिनिधि, स्थानीय बासिन्दा र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्ः प्रधानमन्त्री


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution