• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मैनाघाट जोड्ने पक्की पुल निर्माण हुदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (५ साल अघि)
    1599373308pul

    Advertisement

    पवित्रा पराजुली
    चोरमारा, १३ फागुन । गण्डकी प्रदेश सरकारको सहयोगमा नवलपुरको मध्यविन्दु नगरपालिका–१३ स्थित गिरुवारी खोलामा पक्की पुल निर्माण हुने भएको छ ।
    गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत विनियोजित १४ करोड २६ लाख रुपैया बजेट लागतमा गिरुवारी खोलामा पक्की पुल निर्माणको लागि ठेक्का सम्झौता भएको हो । हिमढुङ्गा एण्ड ठोकर कम्पनी प्रा.लि. संग २१ महिनामा निर्माण सम्पन्न गर्नेगरी पुलको ठेक्का सम्झौता भएको हो ।
    मध्यविन्दु–७ तोरीवारी र मध्यविन्दु–१३ मैनाघाट जोड्ने पक्की पुल एक सय ४५ मिटर लाम्बाई र ११ मिटर चौडाईको हुनेछ । पुल निर्माण भएपस्चात मध्यविन्दु–१३ सहित मध्यविन्दु ९, १४ र जिल्लाका पहाडी क्षेत्रका स्थानीय लाभाम्वीत हुनेछन् । चोरमारा हुदै जिल्लाको पहाडी क्षेत्र र पूर्वी पाल्पा सम्म पुग्नेगरी नियमित यातायात सञ्चालनको समेत बाटो खुल्ने मध्यविन्दु–१३ का वडा अध्यक्ष अर्जुन पंगेनीले बताउनुभयो । गिरुवारी खोला उत्तर तर्फ रहेका सबै बस्तीहरु मोहन डाँडा  चपाहा, मोटेखोल्सी, छाप्रादि, भेडाबारीका सहितको क्षेत्रका स्थानीयहरुलाई मौनाघाट हुदै यात्रा गर्न सहज हुने पंगेनीले बताउनुभयो ।
    हाल गिरुवारी खोलामा झलुङ्गे पुल रहेको छ । तिन वर्ष अगाडी खोलामा झलुङ्गे पुल निर्माण भएपछि सो क्षेत्रका स्थानीयलाई केही सहज भएपनि साना तथा ठुला सवारीहरु वर्षाको समयमा आवतजावत गर्न कठिनाई हुदै आएका छ ।
    वर्षाको समय तिन महिना मैनाघाट क्षेत्रमा सवारी लैजान सक्ने अवस्था नहुने चोरमारा–मैनाघाटका जिप चालक स्थानीय सन्त कुमालले बताउनुभयो । वर्षाको समयमा तोरिवारी क्षेत्रमा जिप पार्किङ्ग गरेर राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
    पुल नहुँदा वर्षाको समयमा यस क्षेत्रका स्थानीय बिरामी हुदाँ एम्बुलेन्स सेवा उपयोग गर्न समेत पाउने अवस्थामा रहदैनन् । गत वर्ष  मध्यविन्दु–१३ कि केशरी खाम्चा मगरले आफनो छोरा बिरामी हुँदा बोलाएको एम्बुलेन्स खोलमै फसेको तितो अनुभव सुनाउनुभयो । अब पुल निर्माण भएपछि दैनिकीमा केही सहजता आउने उहाँको विश्वास छ ।
    वर्षाको समयको खाद्यन्न सहितका आवश्यक सामाग्रीहरु ढुवानीमा समस्या भोग्नु परेको चपाहाका स्थानीय समाल ठकुरीले बताउनुभयो ।
    गिरुवारी खोलामा पक्की पुल निर्माण भएपछि मौनाघाट सहित आसपासको क्षेत्रमा बिकास निर्माणले गति लिने विश्वास स्थानीयको छ । विद्यालय तथा उच्च शिक्षाको लागि वर्षाको समयमा चोरमारामा डेरा लिएर बस्नुपर्ने बाध्यता हट्ने देखि शिक्षा, स्वास्थ्य र सडकको स्तरउन्नति हुने वडा अध्यक्ष पंगेनीले बताउनुभयो ।
    मध्यविन्दु–१३ मा अहिले ठुला, माझौला तथा साना कृषि फर्महरु सञ्चालनमा छन् । ति फर्महरुमा उत्पादित कृषि उत्पादनको बजारीकरण, आवश्यक सामाग्रीको ढुवानीमा पुल नहुदाँ समस्या भोग्नुपरेको नमुना एकिकृत कृषि तथा पशुपन्छि फर्म मध्यविन्दु–१३ का सञ्चालक पाण्डव खनालले बताउनुभयो । सो क्षेत्रका कुखुरा तथा पशुपालन गर्ने कृषकहरुले वर्षाको समयका लागि ठुलो परिमाणमा दाना तथा औषधी भण्डार गर्नुपर्ने बाध्यता अव हट्ने उहाँको विश्वास छ ।
    पुल निर्माणको लागि अहिले छड सहित आवश्यक निर्माण सामाग्रीहरु निर्माण स्थल पुर्याउने काम भइरहेको वडा अध्यक्ष पंगेनीले बताउनुभयो । पूर्वाधार विकास कार्यालय र मन्त्रालयसंग आवश्यक समन्वय गरेर निकट भविश्यमा नै पुलको शिलन्यास गरेर निर्माण काम अगाडी बढाउने पंगेनीले बताउनुयभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution