कावासोती । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल एमालेका कार्यकर्ता सडकमा उत्रेका छन् । पूर्बि नवलपरासीको कावासोतीमा पनि एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नवलपुर र अनेरास्ववियु नवलपुरको नेतृत्वमा विरोध प्रदर्शन भएको छ ।
सोमबार कावासोतीको फिल्महल चोकमा युवा संघ नवलपुर र अनेरास्ववियु नवलपुरले आधा घण्टा विरोध प्रदर्शन गरेका हुन् । सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले कार्यकर्ता आक्रोशित भएको हुन् ।
कावासोतीमा युवा संघका नेता मिन खड्का ,हिमाल ठकुरी साथै अनेरास्ववियु नवलपुरको जिल्ला अध्यक्ष कृष्ण गैरे , केन्द्रीय सदस्य बिष्णु पौडेल ,बिस्फोटन गिरी सहितका नेताहरु विरोध प्रदर्शनमा सहभागि भएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१