• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र २९, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

३

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

४

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

५

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

६

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

७

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

८

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

९

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

११

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

१२

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    वार्षिक १८ लाख लिटर दूध सहकारीबाटै बिक्री

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ भाद्र १०, बिहिबार (४ साल अघि)
    download

    Advertisement

    कास्की। माछापुच्छ्रे गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् ।

    सरकारले दूध उत्पादनका आधारमा अनुदान दिन सुरु गरेपछि साना तथा व्यवसाय उन्मुख कृषकले सहकारी संस्थाबाट दूध बिक्री गर्ने गरेका छन् । उत्पादनका आधारमा दिइने अनुदानले साना कृषक लाभान्वित छन् । ठुला कृषकले भने आफैँ बजारमा लगेर बिक्री गर्ने गर्दछन् । सहकारीले कृषकले उत्पादन गरेको दूध सङ्कलन गरी बजारमा पु¥याउने गरेका छन् । गाउँपालिकाको पशु सेवा शाखाका अनुसार गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ । कृषकले उत्पादन गरेको दूध सहकारी संस्थाका माध्यमबाट बजारमा पुग्ने गरेको शाखा प्रमुख रामचन्द्र पौडेलले बताउनुभयो ।

    गाउँपालिकाका तीन वडामा रहेका पाँच दुग्ध सहकारीले खरिद गरी बजारको सुनिश्चितता गर्दै आएका छन् । गत वर्ष भेडाबारी दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ११ हजार ८११ लिटर, हिमशिखर दूध उत्पादक सहकारी संस्थाबाट दुई लाख १६ हजार ५३९, घाचोक दुग्ध उत्पादक सहकारीबाट चार लाख २४ हजार ३१७, पिपलबोट दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ३९ हजार २९० र प्रतिभा सामाजिक उद्यमी महिला सहकारीबाट सात लाख ४४ हजार १०६ लिटर दूध बिक्री भएको शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

    गाउँपालिकाबाट दैनिक १० हजार ६०० लिटर हाराहारीमा दूध बिक्रीका लागि बजारमा जाने गरेको छ । गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध बिक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ । यसै गरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि ५० पैसा अनुदान दिने भएको छ । गाउँपालिकाले गत वर्ष दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा रु पाँच लाख वितरण गरेको थियो । सहकारीबाट कृषकले गाईको दूधको मूल्य प्रतिलिटर रु ६० का दरले प्राप्त गर्ने गरेका छन् ।

    सहकारी संस्थाबाहेक पनि कृषकले आफैँ बजार खोजेर दूध बिक्री गर्ने गरेको बताइन्छ । अधिकांश ठुला कृषकले आफ्नै सवारी साधनबाट पोखरालगायतका क्षेत्रका डेरी तथा सहकारीमा दूध बिक्री गर्ने गरेका छन् । गाउँपालिकाका सबै वडाबाट गरी सिधै वर्षमा २० लाख आठ हजार ५०० लिटर दूध बिक्री हुने गरेको बताइन्छ । “गाउँपालिका दूध उत्पादनमा जिल्लामै पहिलो स्थानमा छ”, शाखा प्रमुख पौडेलले भन्नुभयो, “स्थानीय सरकार र प्रदेश सरकारले उत्पादनका आधारमा दिने अनुदानले समेत वास्तविक कृषकले लाभ लिएका छन्, पशुपालन व्यवसाय राम्रोसँग फस्टाउँदै गएको छ ।”

    गाउँपालिकामा हालसम्म गाई÷भैँसी २७८, बाख्रा ९८ र कुखुराका ८९ फार्म दर्ता भएका छन् । गाउँपालिकाको पशु तथ्याङ्कमा गाई चार हजार ३६५, भैँसी छ हजार ६६६, भेडा दुई हजार २२४, बाख्रा नौ हजार १५, कुकुर ९९९ र बङ्गुर ३९७ रहेको पशु शाखाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले गाउँपालिका कृषिमा अग्रणी रहेकाले पशुपालन, दुग्ध व्यवसाय, कुखुरा पालन, मत्स्यपालनलगायतका कृषि व्यवसाय व्यावसायिकीकरण अघि बढाउन कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।

    दूध उत्पादक कृषकलाई सहकारीमार्फत बिक्रीका आधारमा अनुदान, अनुदानमा पावर टेलर, च्याप कटर, बोका र निःशुल्क घाँसका बिउ तथा सिड बिन वितरण, वडा नं २ र ९ मा स्थानीय भैँसी संरक्षण कार्यक्रम, एक वटा गाई÷भैँसी पकेट क्षेत्रलगायतका कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा रहेको उहाँले जानकारी दिनुभयो । “पशुपालनमा जिल्लामै अग्रणी स्थानमा रहेका यहाँका कृषकको मनोबल उच्च राख्दै कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण, र यान्त्रिकीकरण गाउँपालिकाको प्राथमिकतामा छ”, उपाध्यक्ष दवाडीले भन्नुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि र पशुतर्फ रु एक करोड पाँच लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ


  • Advertisement

    समाचार
  • १

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ३

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ४

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ५

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ६

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ७

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ८

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ९

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • १०

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution