• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ३०, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    क्यानाडाको आकाशमा नेपाली चेली पाइलट (को हून त यिनी हेर्नुहोस)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख १९, बिहिबार (६ साल अघि)
    c np

    Advertisement

    हिजो उनी टेक्सस् थिइन्, आज टोरन्टो।भोलि र पर्सी छुट्टी, घरै बस्छिन्।शुक्रबार टोरन्टोबाट शिकागो लाग्छिन्, फर्केर फेरि न्युयोर्क।शनिवार टोरन्टोदेखि अटोवा, भोलिपल्ट फेरि अटोवाबाट बोस्टन पुग्छिन्।महिनामा १६ दिन बाहिर, १४ दिन मात्रै घर।त्यसमा सयौं घण्टा त उडेको उ्डयै आकाशमै।हिउँ परोस् या पानी, तालिका उही। घाम लागोस् या बादल, जिम्मेवारी उही।

    यो एक ३२ बर्षीया नेपालीमूलकी युवतीको व्यस्त दिनचर्या हो, जो क्यानडाको टोरन्टोस्थित पिअर्सन एअरपोर्टलाई आधार बनाएर उत्तर अमेरिकी शहर पुग्न आकाशलाई यसैगरी फन्को मार्छिन्। हवाईजहाजमा यसरी घुम्ने उनी व्यस्त सेलिब्रिटी या ब्यापारी होइनन्, तीन ‘क्र्यू मेम्बर’सहित ९७ यात्रुको अगुवा भई आफैं जहाज उडाउने हँसिली ‘क्याप्टेन’ हुन्, त्यो पनि नेपालीमूलकी।’

    जन्मस्थान: पोखरा, कास्की। शिक्षा: फ्लाइट् डिग्री।रुचि: हवाई उड्डयन।हालको बसाई: टोरन्टो, क्यानडा। नोकरी: एअर क्यानडा।र, नाम: कामना सुबेदी।पद चाहिँ: क्याप्टेन । इन्जिनियरिङ पेशामा रहेका बुवा ध्रुब र आमा कल्पना सुवेदीको कोखबाट जन्मिएकी कामना उड्डयन क्षेत्रमा लागेको झण्डै एक दशक भयो। तर, क्यानडाको राष्ट्रिय ध्वजाबाहक विमान एअर क्यानडामा क्याप्टेनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै उत्तर अमेरिकी शहरमा उडान भर्न थालेको चाहिँ लगभग दुई बर्ष मात्रै।

    सुबेदी परिवारमा कान्छी छोरीका रुपमा जन्मिएकी हुन् कामना।उनकी दिदी सञ्जिना अमेरिका छिन्।न्युयोर्कस्थित विंङ्हम्टन युनिभर्सिटीमा प्रोफेसर।भाइ कुसल चाहिँ बुवाआमासँग क्यानडामै। पोखरामा जन्मिएर १० कक्षासम्म त्यहींको विन्द्येश्वर बोर्डिङ स्कुल पढेकी कामना अहिले ‘एअर क्यानडा’को ‘एम्ब्राएर १९०’ जहाजकी क्याप्टेन हुन्।यो ब्राजिलियन विमानलाई उनले सन् २०१७ देखि उडाइरहेकी छन्।देश विदेशका दुई सय २२ गन्तव्यमा उडान भर्ने एअर क्यानडामा चार हजार जति पाइलट छन्।त्यसमा करिव पाँच प्रतिशत मात्रै महिला।तर, त्यो पाँच प्रतिशतमा पर्न सफल ‘क्याप्टेन’ कामना दैनिकजसो उडान भर्दैछिन्।

    बार्षिक एक करोड रुपैयाँभन्दा बढी कमाई, अनगिन्ति लोभलाग्दा सेवा सुविधा।३६ हजार फिटमाथि उड्दै लोभलाग्दा दृश्य नियाल्नुको मज्जा।आम मानिसले देख्न र भोग्न मुस्किल पर्ने उचाईको दैनिक यात्रा।‘हो, मैंले जो कसैले देख्न नपाउने दृश्य र महसुस गर्न नसक्ने क्षण आकाशमा देख्ने-भोग्ने गरिरहेकी हुन्छु’ कामनाले पिअरर्सन एअरपोर्ट परिसरमा मंगलबार ब्रेक एण्ड लिंक्सलाई आफ्नो उड्डयन अनुभव सुनाइन्, ‘र, कहिलेकाहिँ बिजुली चम्किँदै चट्याङ पर्दै गरेको डरलाग्दो क्षण, बादल जम्मा भएर बर्षा हुँदै गरेको कालो आकाश र हिउँ नै हिउँ झर्दै गरेको सेताम्य धर्ती जहाजबाटै देख्न पाउँछु।’

    प्रकृतिसँग त्यसरी पौंठेजोरी खेल्दै यात्रु र जहाजलाई गन्तब्यमा सधैं सकुशल अवतरण गराउनसक्नु पक्कै लरतरो काम होइन, जो उनी कुशलतापूर्वक पूरा गरिरहेकी छन्।तर, यो सफलता र जिम्मेवारी एकैपल्ट मिलेको होइन, बर्षौंको अध्ययन, अथक मेहनत र कहिले नडगमगाउने आत्मविश्वासले आर्जन भएको हो। कामनाको ‘पाइलट बन्ने’ रहर बुझ्न पोखरा फर्कौं।यो उनी ४/५ बर्षकी छँदाको कुरा हो।नर्सरी कक्षामा दोस्रो हुँदा बुवाले घरमा सानो ‘पार्टी’ गरेको रहेछ।छतमा बसेर खानेकुरा खाँदै गर्दा पोखराबाट जोमसोमतर्फ जाँदै गरेको हवाईजहाज नजिकैबाट उडेछ।

    ‘बुवा, यो कसले उडाउँछ ?’ कामनाको प्रश्न।‘यो पाइलटले उडाउँछ’ बुवाको उत्तर। त्यसपछि कामनामा छतमा निस्किँदै दिनका दिन ‘पाइलट हुने’ बालहठ पलाएछ।त्यो कुरा कामनाले सम्झेकी छन् या छैनन्, बुवा ध्रुबले भने ‘छोरीको सफलतापछि बच्चैदेखि लुकेको हुटहुटी’का रुपमा त्यसलाई सम्झिरहेका छन्। त्यस्तै, कामनाले हजुरबुवा रुद्रनाथसँग ‘पाइलट हुने’ जिद्दी कसेको प्रसंग पनि रोचक रहेछ।पोखराबाट काठमाडौं जाँदा हो या काठमाडौंबाट पोखरा, ४/५ बर्षकी उनी हजुरबुवाको काखमा थिइन्।त्यसबेलाका हवाईजहाजमा ककपिट खुल्लै हुने। पछाडिका यात्रुले पाइलटलाई सजिलै देख्नसक्ने।

    त्यसैको फाइदा लिँदै नातिनी र हजुरबुवावीच संवाद भएछ,‘ती अगाडिका मान्छे को हुन् ? कामनाको प्रश्न ।‘ती जहाज उडाउने पाइलट हुन्’ हजुरबुवाको जवाफ। हजुरबुवासँग हवाइयात्रा गरेको त्यही दिनदेखि ‘पाइलटै भएर छोड्छु’ भन्ने जिद्दी गरेकी उनले त्यो बालहठ कहिल्यै छोडिनन्।चाहे परिवारमा कोही हवाई क्षेत्रमा लागेको र जानकारै किन नहोस्, चाहे त्यसबेला नेपालमा सजिलै पाइलट हुनसक्ने अवस्था किन रहोस्। ‘मेरो जिन्दगीमा पाइलट हुनेबाहेक कुनै बिकल्प नै थिएन, त्यो जसरी पनि भएरै छोड्नुथ्यो’ सन् २००२ मा परिवारसहित क्यानडा आएकी कामनाले सुनाइन्, ‘जसका निम्ति परिवारको फुल्ली सपोर्ट त भयो नै, आफूले गर्ने मेहनत र परिश्रममा पनि कुनै अल्छी गरिनँ।’

    एसएलसीको तयारी चल्दै गर्दा क्यानडा आएपछि कामनाले ग्रेड ९ बाट मिसिसागाको एउटा स्कुलमा पढाइ सुरु गरिन्।त्यहाँबाट १२ छिचोलेपछि उनी सेनेका कलेज भर्ना भइन्– ४ बर्षे फ्लाइट डिग्री कोर्समा।लक्ष्य निश्चित थियो– पाइलट हुने।घर सल्लाह गरेपछि कलेज छान्न समय लागेन।
    ‘ब्राम्प्टनको घरबाट बसमा डेढ घण्टा जान, डेढ घण्टा आउन लाग्थ्यो, हिउँ पर्दा होस् या झरी-पानी बर्सिदा प्रायः क्लास बंक गरिनँ’ कामनाले लक्ष्यप्रतिको लगनशिलता सम्झिइन्, ‘भर्ना भएकामध्ये ६५ देखि ७० प्रतिशतले हिम्मत हारेर पढाई छोड्थे, मैले त्यसो गरिनँ, किनकि मैले पाइलटै हुनुथ्यो।’

    सन् २००९ मा फ्लाइट डिग्री सकेपछि उनले आफू अध्ययनरत् त्यही सेनेका कलेजमा ‘फ्लाइट इन्सटक्टर’को जागिर पाइन्।हवाईजहाज उडाउन विधिबारे कक्षा कोठामा पढाउनुपर्थ्यो भने पढाएको कुरा जहाज उडाएर व्यवहारमा सिकाउनुपर्थ्यो। सिकाउनेक्रममा कलेजको एउटा जहाज दुर्घटना भएछ।उनले होइन, अरु नै कसैले उडाइरहेको।त्यो घटनापछि ‘जोखिमपूर्ण काम’ भनेर बीचमै पढाई छोड्ने धेरै भएछन्।तर, उनले कुनै पनि काम सयमा सय प्रतिशत सुरक्षित नहुने निर्क्यौल गर्दै त्यता ध्यान दिइनन्।

    ‘म इन्सटक्टर रहेकै बेला दुई नेपालीमूलका विद्यार्थी भर्ना भएका थिए, तर त्यस्ता घटनाहरु देखेर बीचमै छोडे’ कामनाले अनुभव सुनाइन्, ‘भाग्नुथ्यो भने मलाई पनि कति हो कति बहाना थिए, तर मैले पाइलटै हुनुथ्यो जो भागेर सम्भव थिएन, संघर्ष नै गर्नुपर्थ्यो।’ दुई बर्षपछि उनको वायोडाटामा एक हजार घण्टा उडान अनुभव थपियो।आफूले पढ्दा र विद्यार्थीलाई सिकाउँदा उनले त्यति समय आकाशमा बिताएकी थिइन्।त्यसै आधारमा उनी सन् २०११ म ‘कार्गोजेट’ कम्पनीमा सेकेण्ड अफिसर भइन्।

    त्यसक्रममा बोइङ ७२७ मा उनी रात रातभर उडेर क्यानडा र अमेरिकाका विभिन्न शहर पुग्थिन्।एक बर्षपछि त्यही विमानमा फस्ट अफिसर अर्थात् को–पाइलट भएर उडान भर्थिन्।सामान ढुवानी गर्ने हवाईजहाज भएकाले त्यो राती राती उडाउनुपर्थ्यो। उनी रोकिनेवाला थिइनन्, जो अनुभवलाई आधार बनाउँदै अझ माथि पुग्न आतुर थिइन्।सन् २०१३ देखि १६ सम्म उनले स्काई रिजनल एअरलाइन्समा काम गरिन्।त्यसपछि एअर क्यानडा एक्सप्रेसमा।सबैतिरको उडान अनुभव २५ सय घण्टा पुगेपछि उनी दुई बर्षदेखि एअर क्यानडामा ‘क्याप्टेन’को जिम्मेवारीमा पुगेकी हुन्।

    ‘लक्ष्य त अझ ठूलो जहाज लामो दूरीमा उडाउने नै हो, अहिले पाएको जिम्मेवारी पनि ठूलो र चुनौतीपूर्ण हो’ जसजति सबै स्टाफमा बाँडिने तर केही छिरिक्क भए अपजसजति आफ्नोमा आइपर्ने क्याप्टेन–कर्मबारे उनले भनिन्, ‘लामो दूरीमा उडान भर्न यी सबै अनुभव आवश्यक छन्, त्यसै अन्तिम लक्ष्यमा पुगिन्न।’कामनालाई त्यो अन्तिम लक्ष्य चुम्न अब मुस्किल नपर्ला। उनका, हुनेवाला पति सेथ मोफट् पनि पाइलटै हुन्, जो एअर क्यानडामै छन्।उनीहरुवीच इन्गेज्मेन्ट भइसकेको छ।आगामी नोभेम्बरमा विवाह हुँदैछ।सेथ नेपालमा विवाह गर्ने इच्छा राख्दैछन्।त्यो अझै टुंगो छैन तर उनी ‘पोखरा गएको खण्डमा कामलाग्ने’ सोचेर प्याराग्लाइडिङसमेत सिक्दैछन्।

    नेपालमा सिभिल इञ्जिनियर रहेका ध्रुब ‘नजिकका शुभचिन्तकको सल्लाहमा छोराछोरीको भविष्यकै लागि’ क्यानडा सरेका थिए।त्यसबेला ‘इन्जिनियरजस्तो मान्छे विदेश गयो’ भनेर कुरा काट्नेको कमी थिएन।अहिले तीनै सन्तानको प्रगति देख्दा ध्रुबलाई ‘जे भयो राम्रै भयो’ लाग्छ।
    ‘छोरी क्याप्टेन हुँदा खुसी त छँदैछु, निश्चित लक्ष्य बनाई मेहनत गरे सफल भइन्छ भन्ने कुराको पनि साक्षी भएको छु’ टोरन्टोमा सरकारी नोकरी गर्ने उनले भने, ‘छोरीले देखेको सपनामा हामीले मलजल गरिदियौं, सपनाको आकार फैलाउँदै उनी अझ अघि बढ्दै गइन्।’
    क्यानडाको नेपाली समुदाय कामनाको सफलताप्रति गौरव गर्दैछ।

    डेढ दशकदेखि टोरन्टो कर्मभूमि बनाएका एनआरएनए क्यानडाका पूर्वअध्यक्ष अनिल थापा भन्छन्, ‘विदेश बस्ने नेपालीलाई हेर्ने जुन संकुचित दृष्टि छ, त्यसलाई कामनाले गलत सावित गरिदिइन्।विदेशमा सफल हुने नेपाली पुस्ता यसैगरी बढ्नुपर्छ।’ उड्डयन क्षेत्रमा महिला पाइलटलाई बढी चुनौतिपूर्ण हुने उल्लेख गर्दै पूर्वपाइलटसमेत रहेका थापाले ‘कामनाको सफलता चानचुने कुरा नभएको’ बताए। पाँच हजार घण्टा उडान अनुभव बटुलिसकेकी कामना बचेखुचेको समयमा पोखरा बस्ने ८४ बर्षीय हजुरबुवालाई आकाशबाट खिचेका फोटा पठाउँछिन्, जसको काखमा लुटपुटिँदै उनले ‘पाइलट हुने’ सपना देखेकी थिइन्। कामनाले मुहारमा खुसी ल्याउँदै भनिन्, ‘ती फोटा देख्दा सबैभन्दा खुसी हजुरबुवा नै होइसिन्छ।’

    घर बसेका बेला यी कास्कीकी छोरी, क्यानडाकी क्याप्टेन नेपाली परिकार बनाउन रुचाउँछिन्।उनले बनाउने मःम हुनेवाला पति सेथले एकपल्टमै २० वटासम्म खाइदिन्छन् रे।अनि, स्कटल्याण्डबाट सन् १९९७ मा क्यानडा आएका सेथको नेपाली परिकारप्रतिको रुचि र नेपाल प्रेम सुनाउँदै कामनाले एउटा चाहना राखिन्, ‘क्यानडाबाट एक न एक दिन आफैं विमान उडाएर काठमाडौं पुग्ने धोको छ।’
    त्यो धोको छिट्टै पूरा होस्, कामनालाई शुभकाना।-अमेरीकानेपालबाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    पत्रपत्रिका सम्बन्धि थप
  • कोरोना भाइरस प्रकोपः कोरियाको डेगुमा ८ हजार नेपाली त्रासमा, कम्पनीले भन्यो घर जाउ

  • हेडसरको आत्माले विद्यार्थी बेहोस ! भुत भगाउन विद्यालयमा पुराण लगाउने तयारी

  • तटबन्ध निर्माण भारतले रोक्यो

  • गण्डकी संसदभित्रै यौनहिंसा


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution