• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    राजाको सिको गर्दै राष्ट्रपतिको सम्वोधनमा ‘मेरो सरकार’ !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २०, शुक्रबार (७ साल अघि)
    Presedent-Bidya-Devi-Bhandari-768x768

    Advertisement

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा सामाजिक सञ्जाल तातेको छ । तर, सरकारका नीति र कार्यक्रमलाई लिएर भने होइन ।

    राष्ट्रपतिले आफ्नो सम्वोधनमा बारम्बार ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेपछि यसमाथि बहस भएको हो । यसबाट राजतन्त्रकालको झल्को आएको धेरैले टिप्पणी गरेका छन् । जानकारहरुले पनि यो अभ्यास लोकतन्त्रमा नभएको बताएका छन् ।

    राजतन्त्रकालमा ‘श्री ५ को सरकार’ भन्ने गरिन्थ्यो । त्यसैले तत्कालीन श्री ५ अर्थात् राजाले यसलाई ‘मेरो सरकार’ भन्ने गर्थे । गणतन्त्र स्थापनापछि ‘श्री ५ को सरकार’ को ठाउँमा ‘नेपाल सरकार’ भन्न थालियो । त्यसपछि राष्ट्रपतिले सम्वोधन गर्दा ‘मेरो सरकार’ भन्ने गरेका थिएनन् ।

    प्रथम राष्ट्रपति डा. रामवरण यादव र त्यसपछि विद्या भण्डारीले पनि अघिल्लो वर्षसम्म ‘यस सरकार, संघीय सरकार वा नेपाल सरकार’ भन्ने गरेका थिए । तर, यसपालिको नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले पहिलोपटक ‘मेरो सरकार’ भनेकी हुन् ।

    नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन मात्र गर्ने हुन् । सबै मन्त्रालयहरुसँगको समन्वयमा प्रधानमन्त्री कार्यालयले यो भाषण फाइनल गर्छ । यसलाई क्याबिनेट वैठकबाट पारित गरेर राष्ट्रपतिलाई हस्तान्तरण गरिएको हुन्छ । यसको भाषागत सुद्दता हेर्ने अवसर राष्ट्रपति र उनको टिमसँग हुन्छ । त्यसैले राष्ट्रपतिको जानकारी बिना यो शब्द प्रयोग भयो भन्न मिल्दैन ।

    पूर्वराष्ट्रपति डा. रामवरण यादवका प्रेस सल्लाहकार रहेका पत्रकार राजेन्द्र दाहाल राष्ट्रपतिले संसदमा वाचन गर्नुअघि राम्ररी अध्ययन गर्ने गरिएको बताउँछन् ।

    उनले अनलाइनखबरसँग भने, ‘अहिलेको प्रचलन मलाई थाहा भएन । तर, म सल्लाहकार हुँदा राष्ट्रपति ज्यूले नीति तथा कार्यक्रम वाचन गर्नुअघि पटक-पटक पढ्नुहुन्थ्यो । हरेक शब्दहरुको लेखाजोखा गर्नुहुन्थ्यो ।’

    उनले आफूलाई सम्झना भएसम्म डा. यादवबाट ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग नभएको बताए ।

    ‘कतै झुक्किएर वा चिप्लिएर त्यस्तो भनिएको भए अलग कुरा । तर मेरो सम्झनामा ‘मेरो सरकार ‘भन्ने गरिएको थिएन । राजाले जसरी राष्ट्रपतिले त्यस्तो भन्न पटक्कै मिल्दैन । यो गलत अभ्यास हो ।’ उनले भने ।

    प्रधानमन्त्रीका सल्लाहकार भन्छन्-‘मेरो सरकार’ अन्तर्राष्ट्रिय अभ्यासकै निरन्तरता

    यसैवीच, राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा प्रयोग गरेको ‘मेरो सरकार’ शब्दप्रति सामाजिक सन्जालमा नकारात्मक चर्चा भइरहेका बेला सरकारले सोच बिचार गरेरै सो शब्द सम्बोधनमा राखेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताएका छन् ।

    संवैधानिक राष्ट्रपति हुने छिमेकी भारतदेखि कार्यकारी राष्ट्रपति हुने अमेरिका लगायतका देशको अभ्यासलाई समेत हेरेर मेरो सरकार भन्ने ‘कस्मेटिक शब्द’ राखिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. भट्टराईले अनलाइनखबर लाई बताए । उनले सामाजिक सन्जालमा ‘नबुझी टिप्पणी गर्ने’हरुलाई अन्तर्राष्ट्रिय अभ्यास हेर्न आग्रह गरे ।
    अनलाइनखबरसँग कुरा गर्दै उनले भने-राष्ट्र प्रमुखले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन पनि हामीले अन्तर्राष्ट्रिय अभ्यासहरुबाटै लिएका हौं । संवैधानिक हुन् वा कार्यकारी राष्ट्र प्रमुखले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा -माइ गभर्मेन्ट) मेरो सरकार भन्ने प्रचलन छ । हामीले ती सबै अभ्यास हेरेर सोच बिचार गरेरै सो शब्द राखेको हो ।

    भारतका राष्ट्रपति रामनाथ कोविन्दले पछिल्लो पटक त्यहाँको संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा हिन्दीमा ‘मेरी सरकार’ र अंग्रेजीमा माइ गभर्मेन्ट भनिएको छ । प्रधानमन्त्री कार्यालयको टिमले अमेरिका, भारत, बेलायत र जापान लगायत अन्तर्राष्ट्रिय प्रचलन हेरेर सो शब्द राखिएका भट्टराईले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution