• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देशभरका फार्मेसी भद्रगोल, नियमन र अनुगमनमा सरोकारवालाको बेवास्ता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ २१, मंगलबार (७ साल अघि)
    17309643_1225803817538758_2497244212162174733_n

    Advertisement

    अञ्जु तामाङ

    काठमाडौँ– औषधि भण्डारणका लागि औसतमा २५ देखि ३० डिग्रीको तापक्रम आवाश्यक पर्छ । त्यसमाथि ओस नभएको र सुख्खा ठाउँमा औषधि राख्नुपर्ने हुन्छ । तर के बिरामीले सेवन गर्ने औषधि यस्तो न्यूनतम मापदण्डभित्रकै हुन्छन् त रु यो प्रश्नप्रति धेरैको ध्यान पुग्ने गरेको छैन ।

    तपाईं हामी सबैले देख्ने गरेका छौँ, ‘अधिकांश फार्मेसी जस्ताको छाना भएका सटर, एक तले घर, घाम लाग्दा सबै औषधि घामले तात्ने र पानी पर्दा भिज्ने गरेका दृश्य प्रशस्तै देखिन्छन् । जानकारहरुका अनुसार धेरैजसो औषधि ३० डिग्रीभन्दा माथि तापक्रम भएको खण्डमा त्यस्तो ठाउँमा राखेको औषधि विग्रँर्दै जाने सम्भावना हुन्छ ।

    भण्डारण गर्दा केही घण्टाका लागि गर्मीमा औषधि राख्दा समस्या नभए पनि सधैँ गर्मीमा राख्ने औषधि बिग्रन्छन् ।

    सहरी क्षेत्रमा औषधि व्यवस्थापनमा केही हदसम्म राम्रो भए पनि समग्र नेपालको फार्मेसीको अवस्था हेर्ने हो भने एक तल्ले भवन, जस्ताको छाना भएको घर र फार्मेसीको भित्रसम्म नै घाम पुगिरहेका भेटिन्छन् ।

    युवराज भुसालले फार्मेसी सञ्चालन गरेको लामो समय भयो । उनी फार्मेसी क्षेत्रलाई व्यवसायभन्दा पनि सेवामूलक ठान्छन् । विश्व स्वास्थ्य सङ्गठनको नीति नियम अनुसार नेपालको औषधि भण्डारणका लागि फार्मेसी नचलेको उनको तर्क छ ।

    नेपाल फार्मेसी सङ्घका महासचिवसमेत रहेका भुसाल भने फार्मेसीको भण्डारण तत्काल सुधार गर्न नसके पनि घामको किरण छेकिने गरी कालो सिसा राख्ने, पर्दा राख्ने र घाममा राख्दा नबिग्रने औषधिलाई घाममा राख्ने हो भने औषधि भण्डारणमा देखिएको समस्या केही कम हुने बताउँछन् ।

    औषधि उत्पादनदेखि उपभोक्तासम्म कसरी सुरक्षित तरिकाले औषधि पु¥याउने भन्ने कुरालाई डब्लूएचओको नीतिमा उल्लेख छ । जस्ताको छाना भएको ठाउँमा फार्मेसी पसल राख्नै हुँदैन, त्यति मात्रै होइन घाम लाग्ने ठाउँमा पनि फार्मेसी पसल राख्न मिल्दैन । तर घाममा औषधि राख्दा औषधिको बट्टाको कलर नै डिस्कलर भइसकेको पाइन्छ । यसले गर्दा यसरी राखिएका औषधिमा फिजिकल र केमिकल प्रपोर्टीमा परिवर्तन हुने सम्भावना हुन्छ । अर्थात यस्तो औषधि बिरामीले खाँदा काम नगर्ने र रोग निको नहुने भुसाल बताउँछन् ।

    नेपाल फार्मेसी सङ्घका महासचिवसमेत रहेका भुसाल भने फार्मेसीको भण्डारण तत्काल सुधार गर्न नसके पनि घामको किरण छेकिने गरी कालो सिसा राख्ने, पर्दा राख्ने र घाममा राख्दा नबिग्रने औषधिलाई घाममा राख्ने हो भने औषधि भण्डारणमा देखिएको समस्या केही कम हुने बताउँछन् ।

    घामबाट जोगाउनुपर्ने औषधि जोगाउन सकिएन भने त्यो औषधिले बिरामीको स्वास्थ्यमा प्रतिकूल असरसमेत गर्नसक्छ । उदाहरणका लागि रेबिजको सुई लगाउँदा पनि पछि रेबिज हुनसक्ने सम्भावना हुन्छ ।

    नागरिक पनि सचेत हुन आवश्यक

    यसबारे सर्वसाधारणमा पनि चेतना हुन जरुरी छ । आफूलाई डाक्टरले कुन औषधि प्रेस्क्रिप्सन गरेको छ रु कस्तो ठाउँबाट औषधि किनिदैछ रु औषधिको प्रयोग मिति, औषधिले गर्ने काम र फार्मेसीबाट औषधि किनेर लगेपछि कहाँ राख्नेजस्ता कुरामा ध्यान दिन जरुरी छ । धेरैजसोले आफूले प्रयोग गर्ने औषधि किनेर लगेपछि जताततै राख्ने गरेको समेत पाइन्छ ।

    साथै औषधि सेवन गर्ने नागरिक आफैले पनि औषधि खाएपछि राम्रोसँग बिर्को लगाउने, बालबालिकाले नभेट्ने ठाउँमा राख्ने र प्रत्यक्ष घामले औषधि नभेट्ने ठाउँमा राख्नुपर्ने हुन्छ । एउटै घरमा अन्य सदस्य पनि बिरामी छन् भने आआफ्नो औषधि थाहा हुनेगरी फरक फरक ठाउँमा राख्नुपर्दछ । कुनै घामबाट जोगाउनुपर्छ भने कुनै औषधि चिसोमा राख्नुपर्ने भुसालको सुझाव छ ।

    अहिले नेपालका धेरै मधुमेह बिरामी इन्सुलिनमा ९सुईबाट दिने० भर पर्नुपर्ने अवस्था छ । तर इन्सुनिलाई कोल्चेन मेन्टेन गर्नुपर्ने हुन्छ । मधुमेहका बिरामीले घरमा लगेको इन्सुलिनको कोल्चेन मेन्टेन गर्न सकेको छैन भने त्यो औषधिको प्रभावकारिता कम हुन्छ, जसले गर्दा मधुमेह घट्नेको साटो बढ्दै जान्छ । मधुमेह कन्ट्रोल नहुने बिरामीको निधन हुने सम्भावनासम्म हुन्छ । त्यसैले यस्ता औषधि प्रयोग गर्ने बिरामीलाई सानो आयुस ज्याकेट किन्न लगाउनुपर्ने पनि उनको सुझाव छ ।

    नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष दीपक दाहाल भन्छन्, ‘कुनै पनि औषधिको प्रयोग गर्ने अन्तिम मितिसम्म पनि परीक्षण गर्दा औषधिको दक्ष सायक्लिनिङ कम्तीमा ९५ प्रतिशतदेखि बढीमा १ सय ५ प्रतिशतको बीचमा हुनुपर्छ ।’

    सरकारले औषधि भण्डारणका लागि निति निर्माण नगरेको भने होइन । तर बनाएको नीति प्रभावकारी कार्यान्वयन हुन नसकेको नेपाल औषधि व्यवसायी उत्पादक सङ्घका अध्यक्ष दाहालको गुनासो छ ।

    तर तापक्रम धेरै भएको ठाउँमा राखेको औषधिको दक्षसायक्लिनिङ ९५ भन्दा तल झर्ने सम्भावना हुन्छ र जति औषधिले काम गर्नुपर्ने हो, त्यति काम नगर्ने उनी बताउँछन् । जस्तै औषधि आन्द्रामा कुन भागमा गएर कतिखेर घुल्ने हो रु रगतमा कसरी जाने जस्ता कुरालाई समावेश गरिएको हुन्छ तर औषधि भण्डारण सही नभएको खण्डमा नकारात्मक असर पनि पर्न सक्छ ।

    उदाहरणका लागि हामीले खाएको औषधि १५ मिनेटभित्र ८५ प्रतिशत रगतमा गइसक्नुपर्छ । तर घाममा राखेको औषधि प्रयोग गरेको छ भने ८५ को ठाउँमा ७० प्रतिशत मात्रै रगतमा पुगने सम्भावना हुने उत्पादक सङ्घका अध्यक्ष दाहाल बताउँछन् ।

    सरकारले औषधि भण्डारणका लागि निति निर्माण नगरेको भने होइन । तर बनाएको नीति प्रभावकारी कार्यान्वयन हुन नसकेको नेपाल औषधि व्यवसायी उत्पादक सङ्घका अध्यक्ष दाहालको गुनासो छ ।

    यता औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले नेपालमा औषधि भण्डारण खासै समस्या नभएको बताउँछन् । देशभर २१ हजार औषधि व्यवसायीहरु भएको र उनीहरुलाई औषधि भण्डारणमा ध्यान दिनुपर्ने विषयमा तालिम दिँदै आएकाले समस्या रहेको बताए ।

    ‘आईसीयूमा प्रयोग गरिने औषधि फ्रिजमा राख्नुपर्ने हुन्छ । केही औषधिहरु ४० देखि ५० डिग्रीसम्मको तापक्रममा पनि राख्न मिल्छ’ अध्यक्ष श्रेष्ठले रातोपाटीसँग भने । नेपालमा आयात गरिएको औषधि नेपालको भन्दा पनि बढी तापक्रम भएको देशमा बन्ने भएको हुँदा भण्डारणमा खासै समस्या नहुने अध्यक्ष श्रेष्ठको दाबी छ ।

     

    ratopati.com बाट साभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बिशेष रिपोर्ट सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • घटिया काम नभई दौलत हुदैन ?

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution