काठमाडौं । यातायात व्यवस्था विभागले ट्याक्सी सेवालाई गुणस्तरीय बनाउन नयाँ मापदण्ड तयार पारेको छ। प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पुर्याइएको छ। मन्त्रिपरिषदबाट निर्णय हुन भने बाँकी छ। नयाँ मापदण्ड अनुसार ट्याक्सीमा न्यूनतम् १२ सय सीसीको क्षमता तोकिएको छ। हाल आठ सय सीसीसम्मका ट्याक्सीलाई मान्यता दिइएको छ।
नयाँ मापदण्डमा साधारण, डिलक्स र सुपर डिलक्स गरी तीन प्रकारले वर्गीकरण गरिएको छ। ट्याक्सी वर्गीकरणले फरक– फरक भाडादर कायम गर्ने छ। जसले गर्दा सस्तो र महँगो भाडा तिर्न सक्नेहरूले आफ्नो रोजाइमा प्रयोग गर्नसक्ने विभागका सूचना अधिका री तीर्थराज खनालले बताए। ट्याक्सीमा सामान राख्न पनि सहज हुनेगरी मापदण्ड तोकिएको छ। साथै, भित्र बढी खुला स्पेस हुनुपर्ने छ ।
इन्जिन क्षमता र ग्राउन्ड क्लियरेन्स कम हुँदा सामान्य खाल्टाखुल्टीमा वा कच्ची सडकमा ट्याक्सीलाई असहज हुने भएकाले थप मापदण्ड तोकिएको विभागको भनाइ छ। एसीका साथै यात्रुमैत्री सिट हुनुपर्ने छ। ट्याक्सीमा सुरक्षा फिचर्स पनि अनिवार्य गरिनेभएको छ। हरेकले स्मार्ट प्रविधि जडान गर्नुपर्ने छ। हाल विभागले नयाँ ट्याक्सी दर्ता रोकेको छ। ट्याक्सी २० वर्ष चलाएपछि पुनः सोही नम्बर प्लेटमा सट्टा दर्ता भने गरिएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१