वैवाहिक समारोहमा वेडिङ फोटोग्राफरबाट समारोह झल्काउने, मानिसका हाउभाउ र विवाहित जोडीका रमाइला पलहरुका फोटोको अपेक्षा गरिन्छ । तर एक बदमास फोटोग्राफरले जसले झन्डै सय ओटा भड्किला तस्बिर खिचेकै कारण कानुनी उल्झनमा फस्नु परेको छ ।
बेलायतको बोलिङटनका स्टेफ र पउल अनविनको विवाहमा फोटो खिच्न आएका वेडिङ फोटोग्राफर डेबिड किलकोर्सले ९६ ओटा तस्बिरमा विवाहमा आएका महिलाका व*क्षस्थल, क्लीभेज र नि*तम्बका क्लोजअप तस्बिर मात्रै खिचेकै कारण कानुनी उल्झनमा फसेका हुन् ।
स्टेफका अनुसार डेबिडले आफ्नी सहायकका वक्ष*स्थल र नि*तम्बका मात्रै फोटो पाएकी छन्
डेबिडले बाँकी एघार ओटा तस्बिरमा मात्रै दुलही स्टेफका तस्बिर उतारेको विदेशी सञ्चारमाध्यले लेखेका छन् । अझ तस्बिरमध्ये एक तृतीयांश तस्बिर फोकस आउट छन् । तस्बिरमा उनले दुलहीका सासू र ससुरालाई समेटेका छैनन् ।
लले फोटोग्राफर डेबिडलाई तस्बिरको क्षतिपूर्ति गर्न लगाएका छन् । ‘तस्बिरले त मेरो टाउको नै दुखाइदिए । हामीले उनले खिचेका एक हजार छ सय छत्तीस फोटो पायौं जसमध्ये पाँच सय उन्साठी फोटो फोकस आउट थिए,’ नव दुलही स्टेफले भनिन् । स्टेफका अनुसार डेबिडले आफ्नी सहायकका वक्ष*स्थल र नि*तम्बका मात्रै फोटो पाएकी छन् । उनले भनेकी छन्, ‘एक दुईटा भए त बेहो*सी भन्नु हुन्थ्यो यो त नियोजित नै हो ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१