• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विषम परिस्थितिको सामना यसरी गरौँ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ चैत्र १२, बुधबार (६ साल अघि)
    Mycolourpicture

    Advertisement

    लक्ष्मीप्रसाद पंगेनी

    अहिले विश्वसमुदाय कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । यो महामारीबाट विश्वभर १५ हजार भन्दा बढीको ज्यान गैसकेको छ । करिव ४ लाख सङ्क्रमित छन् भने एक लाख भन्दा बढी उपचार पछि घर फर्किएको छन् । हाम्रै छिमेकी देश चीनको बुहान शहरबाट फैलिएको भनिएको यो कोरोना भाइरसको असर सबै भन्दा धेरै असर युरोपियन मुलुक इटालीमा परेको छ । इटालीमा मात्रै ५५ सय भन्दा बढीको ज्यान गैसकेकोछ । भनिन्छ, जब चीनमा यो भाइरसको संक्रमण फैलियो त्यति बेला युरोपियन मुलुकहरुले यसलाई खासै महत्व दिएनन् । चीन एक्कै यो समस्यासंग मुकाबिला गर्यो । चीनमा करिव ८० हजार जना सङ्क्रमित भएकोमा करिव ३२ सय जनाको मात्रै मृत्यु भएको छ । अहिले चीनमा यो महामारी नियन्त्रणको नजिक आएको छ भने अन्य देशमा फैलिरहेको पाइन्छ । हालसम्म यो महामारीको औषधि बनि नसकेको कारण मानिसहरुलाई यसले आतंकित बनाएको छ । विश्व स्वास्थ्य संगठन लगायत विश्वका वैज्ञानिकहरु यो रोगको औषधीको खोजीमा छन् । विभिन्न परिक्षण भैरहेको छ । तथापि सफलता हात परिसकेको छैन । चिकित्सक तथा विज्ञहरुले शरीरको रोगसंग लड्न सक्ने प्रतिरोधात्मक क्षमता वृद्धि, आत्मबल वृद्धि, सरसफाईमा जोड, पौष्टिक खानेकुरामा जोड, जीवनशैलीमा परिवर्तन जस्ता सुझावहरु यो रोगसंग लड्ने उपायहरुको रुपमा प्रेषित गरेको पाइन्छ ।
    नेपाल पनि यो भाइरसबाट प्रभावित भैसकेको छ । हालसम्म दुई जनामा संक्रमण देखिएको छ भने यो लेख तयार पार्दासम्म कसैको पनि मृत्यु भैसकेको छैन । अझै पनि हामी सुरक्षित नै छौं । तथापी सुरक्षात्मक उपाय भने अबलम्बन गर्न नितान्त जरुरी छ । अहिले नेपाल सरकारले चैत्र ११ देखि २१ गतेसम्म ’लक डाउन’ अर्थात अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरि निषेधाज्ञा जारी गरेको छ गरेको छ । यो समयमा सबै नेपाली आफ्नै घरमा सुरक्षित बस्नुपर्ने हुन्छ । यो निषेधाज्ञा नेपालीको, नेपालीद्वारा नेपालीहरु कै लागि हो भनेर बुझ्नु पर्छ । अति जरुरी काममा बाहेक घर बाहिर निस्कनु हुन्न । कसैको घरमा पाहुना लाग्न वा कतै घुम्न पनि निस्कन हुँदैन । यदि तपाइँ सिमा नाकाबाट स्वदेश आउंदै हुनुहुन्छ भने सरकारले तोकेको निश्चित ’क्वारेन्टाइन’ स्थलमा निश्चित समय बस्नु पर्छ । भागेर अन्यत्र जाने प्रयास गर्नु हुँदैन । सरकारले हाम्रै लागि यो काम गरेको भएर बुझ्नुपर्छ । सरकारलाई सहयोग गर्नु नागरिकको मुख्य भूमिका पनि हो । अहिले सरकारलाई विरोध गर्ने बेला होइन ।
    सारा नेपाली आफ्नै घरमा सुरक्षित रहने प्रयास गरिरहेका अबस्था छ । सरकार र सम्बन्धित निकायले पनि कोरोना भाइरसबाट बच्ने उपाय र सावधानीका विषयमा प्रचारप्रसार गरि जनचेतना फैलाईरहेका छन् । अब हामी नागरिकहरुले पनि नागरिक कर्तव्य पालना गरि सरकारी निर्देशन पालना गर्नुपर्छ । यस विषम परिस्थितिलाई सामना गर्न हामी सबैको पहल र साथ सहयोग आवश्यक पर्दछ । हामीले कोरोना भाइरसका सम्वन्धमा सामान्य जानकारी लिनुपर्छ तर अनावश्यक हल्लाको पछि लाग्नु हुँदैन । यो एक किसिमको भाइरस (सुक्ष्म जीवाणु)को आक्रमणबाट हुने रोग हो । यो भाइरस पशुपंक्षीबाट मानिसमा सरेको भनिएको छ । यो भाइरसको संक्रमण भएपछि शुरुमा सुख्खा खोकी लाग्ने, १००.४ फरेन हाइट भन्दा बढी तापक्रममा ज्वरो आउने, श्वासप्रश्वास प्रक्रियामा असर पार्ने, कडा किसिमको निमोनिया हुने जस्ता लक्षणहरु देखिने बताइएको छ । यद्यपी रगत परिक्षण नगरी लक्षण कै भरमा यकिन गर्न भने सकिदैन । यसको लागि हामी आफै सजग हुन जरुरी छ । भिडभाडमा जान हुँदैन । मास्क अनिवार्य लगाउनुपर्छ । व्यक्तिगत सरसफाइमा अत्यन्त ध्यान दिनुपर्छ । सात्विक अर्थात् शाकाहारी भोजनको सेवन गर्नुपर्छ ।
    कोरोना भाइरस सङ्क्रमितमध्ये ९० प्रतिशत उपचारपछि घर फर्केका छन् । त्यसैले यो रोग लाग्ने वित्तिकै सबै सङ्क्रमित सबै मर्दैनन् । त्यसैले आत्मबल बढाउनुस् । शारिरिक सक्रियता बढाउनुसु । सकारात्मक बन्नुसु । समस्यालाई सामान्यरुपमा लिनुस् । जस्तै विपत आउँछ, जान्छ, विगतमा भूकम्प आयो अनि गयो तर सुरक्षाको पूर्व तयारी भने गर्नुपर्छ । एउटै घटनालाई बारम्बार मस्तिष्कमा दोहोर्याईरहंदा यसले झन् असर पार्नसक्छ । नियमित सरसफाईमा ध्यान दिउँ । शरीरलाई सक्रिय राखौं । यसको लागि योग, ध्यान, प्राणायाम, व्यायाम गरौँ । नियमित उमालेको मन तातो पनि पिउने गरौँ । यसका साथै तुलसी, कागती, मरिच, अदुवा, बेसार, ज्वानो, जिम्मु आदिको काँडा वा झोल बनाएर पिउन सकिन्छ । पोषिलो भनिने खानेकुरा खाँदैमा एकाएक हाम्रो शरीरको प्रतिरोधात्मक शक्ति बढ्ने होइन । तिनीहरुलाई मिलाएर नियमित सन्तुलित किसिमले सेवन गर्नुपर्छ । विश्वमा मानिस खान नपाएर होइन खान नजानेर रोगी भएका छन भन्ने कुरो बुझौं ।
    प्रकृतिलाई दोहन होइन, यसको संरक्षण र प्रवर्धन गर्दै यसको सदुपयोग गरौँ । प्रकृतिका सबै जीवजन्तु, प्राणीको उत्तिकै महत्व र अस्तित्व छ । यिनको संरक्षण गरौँ । अहिले मानिसले आधुनिकताको नाममा जे पनि गर्ने अनि जे पनि खाने गरेका छन् । यो धर्तीमा पाइने सबै जीवलाई बाच्ने अधिकार छ । हाम्रो स्वार्थको कारण तिनीहरुलाई मार्न र खान हुन्न भन्ने कुरा बुझ्नुपर्छ । जथाभावी र जे पायो त्यही खाए कै कारण आज मानिसले यो महामारी खेप्नु परेको हो । साना भुसुनादेखि ठूलाठूला जीवजन्तु तथा वनस्पति पारिस्थितिक प्रणाली सन्तुलन राख्न उत्तिकै महत्वपूर्ण छन् । प्राकृति माथि विजय प्राप्त गर्दै गर्दा जलवायु परिवर्तन र यसको असर संगसंगै आएको छ । विकास र आविष्कार मात्र गरेर हुँदोरहेनछ । जब हामीले हाम्रो जीवनशैली र व्यवहारलाई नाटकीय परिवर्तन गर्न सक्दैनौ, यस्ता समस्याहरु बारबार रोहोरिरहने छन् । एड्स रोग कसरी आयो ? सास भाइरस कसरी आयो ? प्लेग रोग कसरी आयो ? जीका भाइरस कसरी आयो ? इबोला भाइरस कसरी आयो ? डेंगु कसरी आयो ? मलेरिया, दादुरा रोग कसरी आए ? मानिस मानसिक रोगबाट किन पिडित छ ? मानिस तनाबमा किन छ ? क्यान्सर रोग कसरी आयो? मधुमेह, उच्च रक्तचाप, मुटुरोग कसरी आयो ? यस्ता रोगहरु अनगिन्ति छन् । के यस्ता रोग आफै आए ? के यी रोग प्रकृतिमा पहिल्यै थिए ? यस्ता रोगहरु हाम्रै विवेकहीन क्रियाकलाप, व्यवाहार, आहार, विहार र जीवनशैलीबाट आएका हुन् । विज्ञानले गरेका कतिपय चमत्कार र विकास मानव समुदायको हित विपरित छन् भने किन प्रशय दिएको ? पोलिथिन अर्थात् प्लास्टिक प्रकृति र मानवजातिलाई हानिकारक छ भने किन उत्पादन जारी राखेको ? कुनै पनि देश आणविक हतियारले सुरक्षित हुन्छ भन्ने सोचाई कोरोना भाइरसले गलत सावित गरिदिएको छ । जीवजन्तुको मासु खाएर बलियो हुने मान्यता गलत भएको छ । मानिसले खाने भनेको सात्विक अर्थात् प्राकृत आहार नै हो । सोच्ने बेला आएन र ?
    केही पौष्टिक खानेकुरा खाँदैमा शरीरको रोगसंग लड्ने प्रतिरोधात्मक शक्ति आज कै मितिबाट एकाएक बढ्ने होइन । अहिले मानिसहरु शरीरको प्रतिरोधात्मक शक्ति बढाउने उपायको खोजीमा छन् । विभिन्न संचारमाध्यम र विज्ञहरुले विभिन्न स्वास्थ्य सुझाव पनि दिइरहेको पाइन्छ । शरीरको प्रतिरोधत्माक शक्ति बढाउन पहिला स्वस्थ वातावरण चाहिन्छ । त्यसपछि मिसावट र विषादीरहित सन्तुलित खाना आवश्यक पर्दछ । नियमित कम्तिमा एक घण्टा पसिना आउने गरि बिहान शारीरिक व्यायाम गर्नुपर्छ । के हामीले यो कुरा हाम्रो जीवनमा नियमित अवलम्बन गर्न सक्छौं त ? हामी आजका आधुनिक र व्यस्त मानिस । सबै काम प्रविधिले गर्छ । खानेकुरा ’रेडीमेड’ छ । घरमा बनेको खाना मन पर्दैन । ठोस(मासु), तरल(मादक पदार्थ), ग्यास(धुम्रपान) युक्त अप्राकृतिक खाना मनपर्छ । यसले हाम्रो शरीरको प्राकृतिक संरचनालाई बिगारिदिन्छ । शरीरको प्रतिरोधात्मक शक्ति क्षीण हुँदै जान्छ । अनि हामीले सामान्य रोगसंग पनि प्रतिवाद गर्न सक्दैनौ । यसको लागि ब्रोइरल कुखुरालाई हेरे पुग्छ । यो कुखुरालाई सबै थोक दिइन्छ तर यो बलियो हुँदैन ।
    ढिलो भएको छैन । आजैबाट शुरु गरौँ । शरीरको प्रतिरोधात्मक शक्ति वृद्धि गर्ने किसिमको आहार विहारको अवलम्बन गरौँ । सरकारको अनुरोधलाई पालना गरौँ । अनावश्यक हल्लाको पछि नलागौं । अध्ययात्मिक हुनुहुन्छ भने भगवान सर्वव्यापी छनु, घरबाटै प्रार्थना गर्नुस् । जबसम्म हामीले हाम्रो आधुनिक र पाश्चात्य जीवनशैलीलाई त्याग्दैनौ, तबसम्म समस्या रहिरहन्छ । आफ्नो व्यवहार र जीवनशैलीलाई परिवर्तन गर्दै समस्यासंग जुध्ने प्रण गरौँ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बिशेष रिपोर्ट सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • उ मर्यो रे ?

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution