• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

२

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

३

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

४

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

५

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

६

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

७

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

८

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

९

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

१०

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

११

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१२

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    काठमाडौं आइन सिम्रन , भन्छिन म गलत छैन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ ६, शुक्रबार (७ साल अघि)
    simran

    Advertisement

    स्टान्ड अप कमेडीको नाममा दुई चार ‘अश्लिल’ शब्द भनेर अहिले चर्चामा आएकी विराटनगरकी सिम्रन पाण्डे केही समयपछि अमेरिकामा हुनेछिन् । उनले अंग्रेजी भाषा परिक्षा आइइएलटिएसमा सात स्कोर गरेकी छिन् र दुई कलेजको अफर लेटर पनि पाइसकेकी छिन् । त्यही आइइएलटिएसको तयारीका लागि काठमाडौंमा कोठामा एक्लै बस्दा सिम्रनले जीवनमा ठूलाठूला युटर्न भोगिन् ।

    उनको ‘ब्रेकअप’ भयो र त्यही ब्रेकअपका कारण उनी युट्युबमामात्र होइन, सामाजिक सन्जालमा पनि भाइरल भइरहेकी छिन् ।

    उनको नाममा बनिरहेका छन्, दर्जनौँ ट्रोलहरु । र, यसको कारण हो, उनको स्टान्ड अप कमेडीको भिडियो छोटो समयमा नै निकै धेरै हेरिनु । कामको सिलसिलामा झापामा रहेकी सिम्रनसँग हामीले पहिलो प्रश्न गर्यौँ, ‘खासमा तपाईंको भिडियोमा कमेडी चाहिँ कहाँनेर छ ?’ एकैछिन अकमकाइन् सिम्रन । यो प्रश्नलाई थाँती राखेर हामीले उनलाई सहज होस् भन्नका लागि अर्को प्रश्न गरिहाल्यौँ, ‘अहिले त भाइरल हुनु भएको छ, कस्तो लागिरहेको छ ?’ ‘मैले सोचेको त थिइनँ, यस्तो हुन्छ भनेर,’ उनी हाँसिन्, ‘मान्छेले मन पराउँदा त खुसी लागेको छ, तर त्यही कुरामा क्यारेक्टरलाई जज गरेका छन्, त्यसले चाहिँ दुखी बनाएको छ ।’

    त्यसपछि उनले जोडिन्, ‘म आफैंलाई अचम्म लागिरहेको छ, भिडियोको सन्दर्भ लिएर नकारात्मक आलोचना भइरहेको छ । मान्छेहरु त मेरो आलोचना पो गरिरहेका छन् ।’ तर, आलोचना भयो भनेर सिम्रन चिन्तित छैनन् । ‘समर्थन गर्ने पनि त छन्,’ उनले भनिन् । तर, के कमेडी भनेको त्यस्ता शब्द बोल्नु हो ? हामीले फेरि यो प्रश्न दोहोर्यायौँ । ‘साथीभाइबीच सेयर हुने सामान्य कुरालाई त मैले बोलेकी छु,’ उनले भनिन्, ‘यो समाज दुई शब्दमा अल्झिएर यति ठूलो इस्यु बनाइन्छ होला भन्ने मैले सोचेकी पनि थिइनँ ।’

    भिडियोमा जुन कन्फिडेन्सका साथ सिम्रनले कमेडी गरेको दाबी गरिरहेकी छिन्, त्यो कन्फिडेन्स उनको पहिलो भिडियो भएकाले होइन । ‘त्यसअघि पनि ५ वटा अरु पर्फमेन्स गरिसकेकी थिएँ,’ उनले भनिन् । खासमा सिम्रन ब्रेकअपको पीडा बोकेर काठमाडौंमा बसिरहेकी थिइन् । त्यहीबीच उनलाई सुरक्षा मल्लले सुझाइन्, ‘गएर कमेडी सर्कलमा अडिसन दिनु नि ।’ सिम्रन गइन्, छानिइन् । त्यसपछि उनको छैटौँ प्रस्तुति कमेडी सर्कलले युट्युबमा राख्यो । सायद योबीच उनको कन्फिडेन्स निकै बढेको थियो, अहिले भाइरल भइरहेको उनको भिडियोमा उनले सहजै पचाउन नसकिने अनेक शब्द प्रयोग गरेकी छिन्, रिलेसनसिप र ब्रेकअपको नाममा ।

    ‘हेर्नुस्, त्यस्तो कुरा अन्तर्राष्ट्रिय सोहरुमा पनि प्रयोग हुन्छ, यहाँ मैले प्रयोग गरेकाले मात्र इस्यु बनाइएको हो,’ उनले भनिन्, ‘यही कुरा केटाले भनेको भए हाँस्ने, मैले भन्दा आलोचना गर्नु पर्ने भन्ने होइन ।’ उनले नेपाली घरघरमा भारतीय कमेडियन कपिल शर्माको सो सहजै हेरिन् तर एउटा ग्रुपलाई टार्गेट गरेर आफूले गरेको कमेडीमा आलोचना गर्नु पर्ने कुनै कारण नरहेको बताइन् । ‘यो कमेडी मैले मेरो बुबाआमालाई सुनाउन त पक्कै गरेको होइन,’ उनले भनिन्, ‘हामी साथीभाइबीच जुन शब्द प्रयोग गर्छौँ, त्यही शब्द कमेडीमा भन्दा किन आपत्ति हुनु पर्यो र ?’

    ‘त्यस्ता शब्द प्रयोग नगरेका कमेडी नै छैनन्,’ उनले भन्दाभन्दै यो वाक्यलाई सच्चाइन्, ‘हो, सबैले त्यही आशयका कुरा र शब्द प्रयोग गर्छन्, सबैको आआफ्नै शैली हुन्छ । कसैले घुमाएर प्रयोग गर्छन्, कसैले सोझै ।’ उनी आफूले भोगेको कुरा र आफूले जनरलाइज गरेर त्यो कुरा ल्याएकाले त्यसलाई कसैले पनि अन्यथा लिन नहुने तर्कमा अडिग भइन्, ‘अब मैले भनेका कुरा कसैले आफ्नो जीवनसँग रिलेट गर्यो भने त्यो कमेडी भइहाल्यो नि, त्यति बेला जो पनि हाँस्छ ।’ अनि आफूले पर्फम गर्दा पनि ‘मास’बाट राम्रै हाँसो पाएको उनले जिकिर गरिन् । सिम्रनलाई आफूले गर्नै नहुने कुरा भएको भए कमेडी सर्कलले भिडियो नै अपलोड नगर्ने तर्कमा विश्वास छ । तर, कमेडी सर्कलका प्रायः भिडियोमा कमेडीको नाममा यस्तै उच्छृङ्खल बोलीलाई प्रश्रय हुन्छ, अरु स्टान्ड अप कमेडीका नाममा पनि कमेडी कम उच्छृङ्खलता ज्यादा हुन्छ नि भन्ने प्रश्नलाई सिम्रनले यत्तिकै टारिन् । ‘त्यस्तो होइन, हामी साथीसाथीबीच बोलिरहँदा जे बोल्छौँ,’ उनले बारम्बार भनिन्, ‘त्यही कुरा कमेडीका लागि भन्न किन नहुने ?’

    https://youtu.be/rc3Uf6-L808

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिन्यो, क्यूएफएक्समा ‘छक्का पञ्जाभन्दा धेरै शो

  • गायक बिजय गुरुङको पछ्यौरी गित सार्वजनिक  (भिडियो सहित ) 

  • ‘धोकेबाज हौ तिमी’ भन्दै गीत गाउने गायिका परिन धोकामा

  • भोलि नवलपुर महोत्सवमा लोक गायक पशुपति शर्मा र रुपा राना मगर आउने


  • Advertisement

    समाचार
  • १

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • २

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ३

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ४

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ५

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ६

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ७

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ८

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ९

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • १०

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution