
काठमाडौ। निर्मला प्रकरणका एक चर्चित पात्र कंचनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेको भन्ने कुराले अहिले समाजिक संजाल तातेको छ। एउटा तस्बिर अहिले समाजिक संजालमा भाइरल भएको छ । तस्बिरमा भण्डारी जस्तै देखिने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर जााँदै गरेको जस्तो देखिन्छ । उक्त तस्बिर सेयर गर्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले अहिले खेम भण्डारी पक्राउ परेको भन्दै सेयर गरिरहेका छन्।
तस्बिर भाइरल भएपछि पत्रकार भण्डारीले एक स्टाटस लेख्दै आफु पक्राउ नपरेको र अहिले घरमै आराम गरिरहेको स्पष्ट पारेका छन् । यस्तो छ उनको स्टाटस:
“हल्लाको पछाडि नलागौं । शान्त रहौं । म घरमा आरमा आराम गरिरहेको छु । सरकारले मलाई गिरफ्तार गर्ने मुर्खता गरिहाल्यो भने देखा जायगा ।”
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१