काठमाडौं, ८ भदौ । चितवनको कंगारु होटलमा झु*न्डि*एको अवस्थामा मृ*त भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी प्रकरण जति लम्बिदै गैरहेको छ त्यति नयाँ नयाँ तथ्य सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा पुडासैनीले गर्लफ्रेन्डसँग भेट्न श्रीमतीको आँखा छलेर छुट्टै कोठा लिएको अर्को तथ्य भेटिएको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो । महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ ।
पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, शेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको वडाध्यक्ष उत्तम अधिकारीले जानकारी दिए । प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन । घरबेटी गोमा न्यौपानेले पुडासैनी कोठामा केटी लिएर कहिलेकाहीँ मात्रै आउने गरेकोबताइन् । पुडासैनीले कोठा भाडामा लिँदा आफू कलेज पढ्ने र काम गर्ने भएकाले कहिलेकाहीं बस्ने बताएका थिए । पछि घरधनीले पत्रकार भएको थाहा पाएका थिए ।
कोठा खोज्न पुडासैनी एकजना केटी लिएर आएको न्यौपानेले बताइन् । ‘कोठा खोज्न आउँदा एकजना केटी साथी थिई,’ न्यौपानेले भनिन्, ‘को हो, सोधिएन ।’ कोठा खाली भएकाले भाडामा दिएको उनले बताइन् । पुडासैनीले दुई महिनादेखिको भाडासमेत तिर्न बाँकी छ । उनले प्रतिमहिना चार हजार रुपैयाँ तिर्दै आएका थिए ।
यो पनि हेर्नुहोस्ः रविलाई सफाई दिएर भिडियो लिक गर्ने एसपी मल्ललाई कारबाहि हुनुपर्छ । सर्वोच्च अदालतका वकिलको अभिब्यक्ति
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१