• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

२

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

३

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

४

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

५

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

६

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

७

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

८

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

९

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

१०

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

११

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१२

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    रवि लामिछाने भन्छन्: ‘अनलाइन खबर डट कमले किन बारम्बार मेरो बितेको कुरा कोट्याउँछ ?’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १४, शनिबार (६ साल अघि)
    रबब

    Advertisement

    काठमाडौं। पत्रकार शालिकराम पुडासैनी प्र करणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेले अनलाइन खबर डट कमप्रति आ पत्ति जनाएका छन् । अनलाइन पोर्टल अनलाइन खबर डट कम आफुवि*रुद्ध लागिपरेको भन्दै लामिछानेले आ*पत्ति जनाएका हुन् ।

    उनले सामाजिक सञ्जाल मार्फत एक टिप्पणी लेख्दै अनलाइन खबर डट कम आफुवि*रुद्ध हात धोएरै लागेको आ*रोप लगाए । अनलाइन खबरले बारम्बार आफ्नो वितेका कुरा कोट्याउने गरेको भन्दै रविले लेखेका छन्, ‘अनलाइन खबर डट कम बारम्बार मेरो बितेको कुरा कोट्याउँछ । कहिले ४ वटा बिहे भन्छ, कहिले अमेरिकाको घरको पैसा दिएन भनेर लेख्छ, कहिले छोरीहरूलाई हेरेन भन्छ । न मसँग वास्तविकता सोध्छ। एकोहोरो आ*रोप छाप्छ। बितिसकेको जीवनबारे मैले आजीवन जवाफ दिएर बस्ने ?’

    रवि पूर्व पत्नी इशाका विभिन्न समाचार प्रकाशित गर्दै आएको थियो । त्यस्ता समाचारहरूप्रति आ*पत्ति जनाउँदै रविले कुनै पनि विषयमा समाचार बनाउनुपुर्व आफुलाई पनि सोध्न आग्रह गरेका छन् ।

    यस्तो छ उनले लेखेको स्टाटसः

    एक जरुरी टिप्पणी:
    अन्लाईन खबर डट कम बारम्बार मेरो बितेको कुरा कोट्याउछ। कहिले ४ वटा बिहे भन्छ, कहिले अमेरिकाको घरको पैसा दिएन भनेर लेख्छ, कहिले छोरिहरुलाई हेरेन भन्छ। न म सङ वास्तविकता सोध्छ। एकोहोरो आरोप छाप्छ। बितिसकेको जीवन बारे मैले आजिवन जवाफ दिएर बस्ने? सम्पादक अरुण बराल जी, मलाई थाहा छ, तपाईं जनाआस्था बाट पत्रकारिता गर्न शुरु गर्नु भएको ब्यक्ती हो।तपाइँको आदर्श जनआस्था होला र जनआस्थाका सम्पादक तपाइँका गुरु होलान। के तपाईंले मेरो करियर आफ्ना गुरुलाई गुरु दक्षिणा दिने बाचा नै गर्नु भएको हो र?मैले ईशाजीलाई कति पैसा कसरी उपलब्ध गराए, मैले दिएको पैसा घरको किस्ता तिर्न प्रयोग भयो कि अन्यत्र प्रयोग भयो भन्ने कुरा मलाई सोध्नुस न।हिजो राती सम्मपनि म मेरि छोरी सङ कुरा गरि रहेको छु। ईशाका दाइसङ २ हप्ता अघि भेटेकै छु। मेरो जिम्मेवारी मलाई थाहा छ, बहुत राम्ररी। भावनात्मक नाता हुनेले आफ्ना सन्तानका पिताको बारम्बार सार्वजनिक बेईज्जती गर्दैन।

    समस्या भए सल्लाहमा घरमै टुङ्गो लगाउछ। म हिरासतमा हुँदा ईशा जी केही पत्रकाकारहरुलाई मेरो वि8रुद्धमा घरको पैसाको नतिरेको, छोरीहरुलाई नहेरेको लगायतका सिकायत गर्न ब्यस्त हुनु हुन्थ्यो, आज फेरि किन रङ फेर्नु भएको हो उहाले थाहा छैन। सायद केहि वाह वाही को लोभ लागेर हुन सक्ला । ईशाजी हिजो पनि आफ्नै दुनियाँमा खुशी हुनु हुन्थ्यो आज पनि उहाँ अमेरिकामा आफ्नै दुनियाँमा रमाइरहनु भएको छ।अरुण जीको अन्लाईन खबरले आज अमेरिकाको घरको पैसा तिरेन भनेर समाचार लेखेछ, पहिला पनि चौथो सम्बन्ध भनेर हेडलाईन बनाएको थियो। कस्को कति वटा सम्बन्ध भनेर गन्ने इक्छा भए मलाई भेट्नु होला सम्पादक ज्यु,जिब्रो टोकेर फर्किनु हुनेछ।

    कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन। अब यहि खबरमा थप मसला हालेर नागरिकको शुक्रवार भन्नेले लेख्छ। त्यसपछि उहाँहरुको नेट्वोर्कका सारा अनलाइनमा जान्छ। यति धेरै किन पछि लाग्नु हुन्छ? तपाईको सम्पादकिय क्षमता मेरा वि*रुद्ध नै खर्चने हो आजीवन ? अब यस्को जवाफ कति कुशलताका साथ लेख्नु हुन्छ होला। अनि यति भनेकोमा मैले कुन आपत बेहोर्नु पर्ने हो, त्यो थाहा छैन । अर्को कुरा, भावनात्मक नाता नमरेको भए आफ्ना सन्तानका बाबू हिरासतबाट छुट्ना साथ केहीले उचाल्दैमा बदनाम गराउनु पर्ने के हतारो आइलाग्यो ईशाजीलाई ? के यी सब कुराका लागि उपयुक्त मौका यहि थियो ? मैले गलत गरे कानुन छैन ? छोरीहरुको अधिकार समेत उहाँ आफैले लिन खोज्नु भएकोले सो अधिकार सुरक्षित गर्न कानुनी बाटोको खोजी भैरहेको मात्र हो जुन कुरा उहाँलाई, उहाँका दाईलाई र मेरा छोरिहरुलाई थाहा छ।

    कानुनी रुपम टुङ्गो लागेको सम्बन्धलाई पटक पटक उचालेर आफ्ना गुरु खुशी पार्ने काम बन्द गर्नुस अरुण बराल जी । कार्यक्रम निर्माणमा गल्ती भए, कन्टेन्टमा कुरा गरौ। पारपाचुके भैसकेकी महिलालाई उचाल्न बन्द गरौ र महिलाले पनि मिडिया बाजी बन्द गरौ। वास्तविकता त्यो होइन जुन भनियो र लेखियो । हैरान गर्ने पनि सिमा हुन्छ। कोहि देश भरी मुद्धा हाल्ने अभियानमा लाग्ने, कोहि पुराना कुरा उचाल्ने!! सरहरुको अरु काम छैन होला, तर प्लिज मलाई यति धेरै दु:ख नदिनुस। हामी सबै आ-आफ्नो संसारमा खुशी छौ। ईशा जी अमेरिकामा खुशी साथ बसिरहनु भएको छ, म आफ्नो नयाँ जिवनमा खुशी छु, छोरिहरुसँग प्राय हरेक दिन कुरा हुन्छ। तपाईंलाई चाहिँ अब के चाहियो । म आजबाट कार्यक्रम शुरु गर्दैछु। त्यसमा चाहिँ केही भए लेख्नु होला। नत्र पुराना र टुंगो लागेका मुद्दा उठाएर कायरताको उदाहरण नदेखाउनु होला। यो अपिल ईशा जी, अरुण जी लगायतका जीहरुलाई । धन्यवाद।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार विश्लेषण सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • घटिया काम नभई दौलत हुदैन ?

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्


  • Advertisement

    समाचार
  • १

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • २

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ३

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ४

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ५

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ६

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ७

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ८

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ९

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • १०

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution