• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    रवी, कागजीरुपमा सम्वन्ध अन्त्य भए पनि भावनात्मक सम्वन्ध नष्ट हुन समय लाग्दोरहेछ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १६, सोमबार (६ साल अघि)
    ri

    Advertisement

    हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु । रवि लामिछाने मैले २५ वर्ष सहयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका बाबु पनि हुन् । हाम्रो डिभोर्सपछि दुई छोरीहरुको एक्लो अभिभावकत्व मेरो काँधमा आएको छ । डिभोर्सपछि हाम्रो बाटो अलग(अलग भयो । उनले नेपालमा नयाँ संसार बसाले । म अमेरिकामा छोरीहरुको सहारामा र उनीहरुलाई सहारा दिएर बाँचिरहेकी छु ।

    डिभोर्सका क्रममा रविले मसित केही कागजी र केही मौखिक प्रतिवद्धताहरु गरेका थिए । त्यसअनुसार अमेरिकामा रहेको घरको मासिक किस्ता भुक्तानी गर्ने जिम्मेवारी उनले लिएका थिए । तर, उनले नियमित रकम नपठाएपछि तीन महिना अगाडि बैंकले घर लिलामीको नोटिस निकाल्यो । त्यसपछि उनले पठाएको केही पैसा र म आफैंले बाँकी रकम जोहो गरेर बैंकको किस्ता क्लियर गरेँ । आगामी दिनमा उनले प्रतिवद्धता पूरा गर्नेछन् भन्ने विश्वास लिएकी छु । अन्यथा, मैले पनि कानूनी उपचारको खोजी गर्नुपर्ने हुन सक्छ । रवि पक्राउ परेको खबरले अमेरिकामा हामी आमाछोरी चिन्तित बन्यौं । खासगरी ठूली छोरी निकै दुःखी थिइन् । मलाई पनि ननिको लाग्यो ।तर, यतिबेला नेपालमा रविलाई अर्को संकटले घेरेको छ । आत्महत्या दुरुत्साहनजस्तो गम्भीर मुद्दा लागेर पक्राउ परेर हालै पाँच लाख धरौटीमा रिहा भएका छन् । मुद्दाको फैसला भएको छैन ।

    कागजीरुपमा सम्वन्ध अन्त्य भए पनि भावनात्मक सम्वन्ध नष्ट हुन समय लाग्दोरहेछ । सायद मैले आफ्नो मनबाट उनलाई पूर्णरुपमा निकाल्न सकेकी थिइनँ । त्यसैले उनलाई यो विपत्ति आइलाग्दा म बेचैन बनेँ । तर, सिक्काको अर्को पाटो पनि उत्तिकै संवेदनशील थियो । अर्को पाटोमा मजस्तै एक स्त्रीको सिउँदो पुछिएको थियो । र, उनका श्रीमानले मर्नेबेलामा रुँदै(रुँदै आफूलाई आत्महत्या गर्न विवश तुल्याएको भनेर रविको नाम लिइरहेका थिए । भिडियो हेरेपछि म निकै सोचमा परेँ । रवि हिरासतबाट निस्के पनि दोषमुक्त भएका छैनन् । म चाहन्छु( अदालतले चाँडोभन्दा चाँडो यस विषयलाई किनारा लगाओस् र वास्तविक तथ्यलाई बाहिर ल्याओस् । के धेरै मानिसहरुका लागि भगवान बनेको रविबाट कसैलाई आत्महत्यासम्म धकेल्ने दानवीय कर्म भयो होला ? मैले अझै पत्याउन सकेको छैन ।

    यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको हुनाले अन्तिम निचोड निकाल्ने उसैको जिम्मेवारी हो । एउटा भिडियोलाई मात्रै आधार मानेर पक्कै पनि प्रहरीले र अदालतले निर्णय लिँदैन होला । भिडियोमा दिइएको वयान कति सत्य हो भनेर पत्ता लगाउने अन्य प्रमाणहरु जुटाइएलान् । र, अन्त्यमा सत्यता बाहिर आउला । म त यति मात्रै कामना गर्छु कि भिडियोमा बोलिएको कुरा सत्य सावित नहोस र रवि निर्दोष प्रमाणित होउन् । तर, मेरो कामनाले भन्दा पनि रविलाई उनकै कर्मले जोगाउने हो । यदि गलत काम गरेका छैनन् भने नखाएको विष पक्कै नलाग्ला । यदि शालिकरामले लगाएको आरोप सत्य ठहरियो भने रविका हजारौं प्रशंसकजस्तै म पनि निराश हुनेछु ।

    भिडियोमा रविमाथि मृ’त’क शा’लि’करा’मले लगाएको अर्को आरोपले पनि मलाई उत्तिकै स्तब्ध बनाएको छ । रविले सिधा कुरा कार्यक्रम चलाउँदा मानिसहरुबाट करोडौं रकम असुल गरेको आरोप मृ’तकले लगाउनुभएको छ । मैले २५ वर्ष रविसँग दाम्पत्य सम्वन्धमा रहेको अनुभवका आधारमा भन्नुपर्दा उनी यसअघि आफ्नो काममा जहिले पनि इमान्दार र प्रतिवद्ध थिए । अमेरिकामा रहँदा पनि धेरै नेपालीलाई निस्वार्थ सहयोग गरेका हुन् । सिधा कुरा जनतासँग मार्फत पनि थुप्रैको उपकार गरेको सुनेकी छु । तर, उनीमाथि उनकै पूर्वसहकर्मीले पैसा खाएको आरोप लगाइरहँदा त्यसले मलाई अचम्म बनाएको छ । रविबाट यस्तो काम भयो होला भन्ने विश्वास लाग्दैन ।

    एउटा श्रीमतीका रुपमा मलाई रविलाई दिएका चोटहरु असंख्य होलान् । त्यो सम्झनेबेला अहिले होइन । रवि हिरासतबाट निस्के पनि दोषमुक्त भएका छैनन् । म चाहन्छु( अदालतले चाँडोभन्दा चाँडो यस विषयलाई किनारा लगाओस् र वास्तविक तथ्यलाई बाहिर ल्याओस् । शालिकरामकी पत्नी सम्झनाले न्याय पाउन् । यदि निर्दोष भए रविले पनि न्याय पाउन् । हिजो बुवाको मुख हेर्ने दिन । अघिल्ला वर्षमा छोरीहरु यस दिन कति उत्साहित हुन्थे । मेरा छोरीहरुका पितालाई ‘फादर्स डे’ को शुभकामना छ । आफ्नो संसारमा भुलेर छोरीहरुलाई बिर्सियौ भने पनि छोरीहरुले तिमीलाई कहिल्यै भुल्न सक्ने छैनन् । किनकी एकपटकको बाबु सधैंको बाबु हो । ‘पूर्वश्रीमान’ भनेजस्तो ‘पूर्वबाबु’ वा ‘पूर्वछोरी’ कहिल्यै हुँदैन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बिशेष रिपोर्ट सम्बन्धि थप
  • युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

  • वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

  • सामुदायिक वन अधिकारका लागि इतिहासमै कमजोर भुमिकामा : महासंघ

  • वन उद्यम विकासको माध्यमबाट हरित अर्थतन्त्र निर्माणमा स्थानीय सरकारको भूमिका


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution