• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र ६, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

२

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

३

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

४

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

५

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

६

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

७

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

८

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

९

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

१०

घट्यो सुनचाँदीको मूल्य

११

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

१२

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सत्य कि तथ्य

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन ३, बुधबार (२ साल अघि)
    T-pandey-copy

    Advertisement

    ठाकुर प्रसाद पाण्डे
    सत्य प्राकृतिक हो भने तथ्य कृतिम हो । सत्य ब्रहमाण्ड हो भने, तथ्य सिमित व्यक्तिको नतिजा हो । सत्य सुली हो भने तथ्य क्षणिक सिहसान हो । सत्यले दिर्घकाली शान्ति मिल्छ भने तथ्यले अर्को तथ्य नआउँदा सम्म मात्र हो । सत्यलाई बाहिरबाट बुझ्दा कठिन, जटिल, पिडा देखिन्छ तर स्वयम का लागि निर्धक्क, प्रष्ट, गर्व, आत्मसन्तुष्टी प्राप्त गर्दछ । शुक्ररातले सत्यको पक्षमा निरन्तर आफ्नो अडान कायम गर्दा हेमलक विष पिउनु परेको थियो तर उनलाई आत्मग्लानि, पिडा, पश्चताप भएन आन्नदले निदाइरहेका थिए । शिष्यहरु बरु गुरु प्रतिको मायाले अन्तिम समयमा भेट गर्न आउँदा कुनै पिडा, पश्चताप बिना मस्त निदाएको देखेर छक्क परेका थिए । सत्यको पक्षमा बोल्दा क्राइष्ट झुण्डीन प¥यो । ग्यालिलियोलाई पागलको संज्ञा दियो । तसर्थ सत्यमा लाग्नेलाई सत्ता शक्तिका मालिकले पागल र बौलाहाको व्यवहार गरिन्छ । तसर्थ सत्य जन्म मृत्यु हो भने तथ्य त्यसलाई घटबढ गराउने मानव निर्मित बस्तु र सेवा हो । सत्य साध्य हो तथ्य केवल साधन मात्र हो । सत्य मान्छे भित्रको अन्तस्करणमा हुन्छ तर प्रस्फुटन हुदा तथ्यको आधार लिएर लेपन लगाउने गर्दछन । सुर्य उदाउने अस्ताउने नियमित प्रक्रिया हो भने मानिसले त्यसलाई तथ्याड्ढमा राखेर गते, बार, महिना र वर्षको रुपमा तथ्याड्ढको संख्यामा राखेर आफ्नो उमेरको हिसाब गर्छ । तर उसले दिनलाई घटाउन र हटाउन नसकेर उसको उमेरलाई तथ्याड्ढमा मात्र राखेर उमेर बढाएको भनेर गर्व गर्छ तर सत्य त हिजो पनि त्यहि छ र आज पनि त्यहि छ । भने तथ्यले अल्पकालिन रमाइलो उम· र आनन्द समेत मिल्छ र पछी गएर पश्चतापको आगोले पिल्सिन्छ भने सत्यले पहिला कठिन, अभाव, पिडा, एक्लोपन, असाहाय जस्तो देखिन्छ भने पछि उसलाई सवैलाई भन्दा आनन्द, सुख, भयमुक्त हुन्छ । जस्तै गौतम बुद्ध दरबारमा रहदा पनि तथ्यको हिसाबले बहुमुल्य सम्पत्ति, अलासिन सुख थियो । पत्नी, पुत्र हुदा पनि तथ्यलाई शान्ति दिएन रातिको समायमा ज·ल पस्दा पनि कति पिडा, भोक, निन्द्रा, भय यि सबैका बावजुद एक छिन मृत्यु नजिक पुगे जस्तो भएपनि अन्तमा दिव्य ज्ञान प्राप्त पछि जो सत्य प्राप्त भएपछि जिवनमा सबैभन्दा आनन्दको अनुभुतिको क्षण भयो । तसर्थ तथ्य बाहिरी लेप हो भने सत्य यथार्थ भित्र रहस्य हो जुन प्राप्तीको लागि बाहिरी लेप पखाल्नु पर्छ । तिमी जे हौ जस्तौ हौ त्यहि र त्यस्तै गर बाहिरी जलप र श्रृ·ारले सत्य चिन्न बुझ्न, अनुशरणको लागि असम्भव छ ।
    तिमी तिम्रो शरिरको मालिक हौ । तिम्रो शरिर तिमीले संचालन गर्ने हो । आफ्नो  जिवन आफ्नो तरिकाले जिउन सक्नु पर्दछ । तिमी जहिले पनि आफ्नो भन्दा अर्काको विषयमा चिन्ता गर्छौ आफ्नो अन्तस्करणको विकास भन्दा अर्काको विकास र विनाशमा समय समर्पित र शब्द खर्चन्छौ अन्तमा तिमीले सोचे जस्तो रोजे जस्तो, खोजे जस्तो प्राप्ती नभएपछि तिमी फगत पश्चतापको रापमा सुक्न बाध्य छौ । त्यतिबेला तिमीसँग पश्चतापको पिडा बाहेक केही हुदैन जुन तिम्रो परिवारको लागि होस, तिम्रो भौतिक सम्पत्ति आर्जनको लागि होस, वा तिमीले काम गर्ने संघसंस्था होस यि सबै तिम्रो बल, वैश, विचार, समय प्रशस्त खर्च सकेका हुनेछौ अब तिमीसँग न बल छ, वैश छ , न स्वास्थ्य, न विचार छ समय समेतले नेटो काटी सकेको छ अब खाली विगतको पश्चताप र वर्तमानको पिडा, अभाव, हिजोको लगानी र अहिलेको ग्लानीको कारणबाट बुझेको तथ्यले साथ सहयोग छाडेपछि एक्लो जिवन, विरक्त्तीएको मन, पिढीको बाँस, अड्कलिएको गाँस नै तिम्रो जिवनको कर्मको उपलब्धी मानेर सत्य प्रति गरिएको घमण्डको सजाय भोग्नुको विकल्प छैन । तिमी मैदानमा हारेर फेरी जित्न सक्छौ तर मनबाट हारेर कहिल्यै जित्न सक्दैनौ ।
    एकपटक दार्शनिक शुक्ररातसँग एउटा शिष्यले सोधेछ गुरुवर म जिवनलाई सफल बनाउने इच्छा छ के गर्नु पर्दछ भनेर जिज्ञासा राखेछ । गुरुले हुन्छ भन्छु भनेर हिडदै गए अतिपर गएपछि यो खोला तरेपछि म तिमीलाई भन्छु भनेर खोला तर्न हात समाएर तर्न थाले खोलाको बिचमा पुगेर गुरुले चेलाको घाटीमा समातेर पानीमा डुबाएछन उ एकछिन डुबाएर टाउको उठायो । उठाउदा निकै कठिन भएको अवस्था थियो गुरुले सोधनु भयो कस्तो भयो ? के सोच्यौ भनेर पश्न गर्दा शिष्यले भन्यो गुरुले मलाई यस्तो किन गर्नु भयो भनेर आश्चर्य माने र मलाई निकै पिडा भयो कसरी टाउको पानीबाट बाहिर निकाल्ने भन्ने कुरा मात्र सोचे भनेर भनेपछि गुरुले पनि तिमी सफल हुनलाई जसरी पानीमा बाहिर निस्कने उपाए बाहेक केहि सोचेका थिएनौ त्यसरी सफलताको उद्देश्य राखेर त्यो बाहेक अरु तिमीले सोच्नु हुदैन तिम्रो अर्जुन दृष्टि हुनु आवश्यक छ भनेर सम्झाएका थिए ।
    खोलाको पानी र मानिसको मन पनि स्थिर रहदैन जसरी तिमी नुहानको लागि खोलामा जान्छौ, कपडा खोल्छौ र नुहाउन शरिर भिजाउन पानीमा डुबुल्की मार्छौ अनि बाहिर शरिर मिच्न र साबुन लगाउन बाहिर आउछौ र फेरी मयल, साबुन पखाल्न खोलामा पस्छौ त्यतिबेला तिमी सुरुमा नुहाएको पानी धेरै अगाडी पुगीसकेको हुन्छ अहिले पखाल्ने पानी अर्को पानी हो । फेरी तिमी कपडा धुन्छौ फेरी पानी अगाडीको पानी अगाडी नै गइसकेको हुन्छ । तिमीले धोएको पानी फेरी अर्कै हो । यसरी तिमीले खोलामा बगेको पानी पटक–पटक एउटै नभए जस्तै मानिसको व्यवहार, स्वभाव आचरण, दृष्टीकोण विचार समेत पटक–पटक परिवर्तन भइरहेको हुन्छ । बिहान भेट गरेको मानिसको स्वभाव शान्त, र्धैय, नम्र, हुनसक्छ तर त्यहि मानिसलाई दिउसो बाहिर अन्त कतै भेट्दा निश्चय पनि फरक पाउन पाइन्छ, अफिसियल समस्या, व्यवहारिक कठिनाई दुःखद समाचार, लगायतका कारण पनि दिउसो उसको व्यवहार, नम्रता, प्रस्तुती लगायतका विषयमा अन्तर पाइन्छ । यस्तो परिवर्तनको अवस्था मानिसको जिवन भरिनै प्राय महशुस गर्न सकिन्छ । यसका लागि उमेर, समय अवस्था संगत, पारिवारिक तथा शारिरीक अवस्था प्राय मुख्य छन । बाल्यकालको स्वभाव, आचरण, भावनाहरु किशोर अवस्था हुदै युवक र वृद्धमा पुग्दा निकै फरक पाइन्छ । कतिपय अवस्थामा पदिय भूमिका दायित्व जिम्मेवारीको कारणले पनि हिजोको व्यवहार स्वभाव आचारण र दृष्टीकोणमा अन्तर पाइन्छ । तसर्थ मानिसले चाहेर र पनि हिजोको सम्वन्ध, व्यवहार, आचरण, दृष्टीकोण समेत एउटै राख्न सक्दैन यो मानविय उमेर, समय, अवस्था, व्यवस्था, परिस्थिती लगायत विषय नै बढी जिम्मेवार छन् । जसरी खोलाको पानी निरन्तर बगिरहन्छ र नया पानी आइरहन्छ । हामी बालक हुने खेल्ने खेल, बोल्ने शब्द, गर्ने व्यवहार, स्वतन्त्रता, आनन्दलाई वृद्ध अवस्थामा सम्झीदा त्यो समय निकै रमाइलो लाग्छ । तत्कालिन जिवन सत्य छ तर पछिका दिनहरु प्राय देखावटी, अनुसरण र अनुकरणको प्रभावले हाम्रो जिवनलाई क्षणिक तथ्यको सहायताबाट सत्य प्रतिको व्यवहारलाई लुकाउने भएकै कारण जिवन आडम्बरी, वनावटी र औपचारिकताबाट सत्य ओझेलमा परेको छ ।
    (लेखक ः नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन्।)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    विचार विश्लेषण सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • २

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ३

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ४

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ५

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ६

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ७

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ८

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ९

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • १०

    घट्यो सुनचाँदीको मूल्य

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution