



कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको शिव मन्दिर नजिकै एउटा टहरो छ। टहरो प्रवेश गर्नुअघि गेटमा लेखिएको छ, राष्ट्रिय आविष्कार केन्द्र। बोर्ड छिचोल्दै त्यो सानो अस्थायी टहरोभित्र प्रवेश प्रवेश गर्दा देखिन्छ, युवा काममा व्यस्त भएको दृश्य।

कोही ल्यापटपमा प्राविधिक काम गरिरहेका, कोही निर्माण कार्य गरिरहेका। समूह–समूहमा रहेका उनीहरु आ–आफ्नै सुरमा व्यस्त छन्। ५ हजार २ सय वर्गफिट क्षेत्रफलको टहरो बीचमा बसेर महावीर पुन ल्यापटपमा घोत्लिरहेछन्। उनी कुनैबेला नजिकैका युवालाई केही अह्राउँछन्। कुनैबेला प्रासंगकि सूचना बाँड्छन्।

विश्वविद्यालयहरु अनुसन्धानमा अघि बढ्न सकेनन्। उनीहरुको योगदान देशको आविस्कारका लागि लगभग शून्य छ। यही अवस्थामा महावीरको ‘ड्रिम प्रोजेक्ट’ आविस्कार केन्द्र केही नयाँ गर्दैछ। भविष्यमा यो कहाँसम्म फैलिन सक्ला? उनी भन्छन्, ‘नेपालको विज्ञान र प्रविधि अनुसन्धानको क्षेत्रमा यो एउटा राम्रो काम गर्ने विश्वविद्यालय हुन सक्छ।’
एक वर्षअघि बनाएको ४ कोठा र एक हलसहितको टहरो केन्द्रका लागि अहिले साँघुरो भएको छ। त्यही भएर अहिले फलामको ट्रस्ट हालेर ४ वटा कोठा थप्ने तयारी हुँदैछ। सुरुमा महावीरलाई काम ‘कति नै होला र’ भन्ने लागेको रहेछ। काम थपिँदै जाँदा एक वर्षमै केन्द्रलाई ठाउँ अभाव भएपछि थप गर्न लागिएको उनले सुनाए।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१